ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिनदिनै रेकर्ड कायम : अमेरिकामा एकैदिन एक लाख २० हजारभन्दा बढीमा कोरोना संक्रमण


एबीसी न्यूज
कार्तिक २१, २०७७ शुक्रबार  १० : १८ बजे

काठमाडौँ, २१ कात्तिक । अमेरिकामा  कोरोना भाइरसको संक्रमणले दिनदिनै रेकर्ड कायम राखेको छ । अमेरिकामा बिहीबार मात्रै कम्तीमा एक लाख २१ हजार ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै बिहीबार मात्र एक हजार एक सय ८७ जनाको मृत्यु भएको विश्वविद्यालयले जनाएको छ । अमेरिकामा एकैदिन एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको यो दोस्रो दिन हो । यसअघि बुधबार अमेरिकामा एक लाख २ हजार ८ सय ३१ जनामा कोरोना देखिएको थियो । अमेरिकामा कोरोनाको पहिलो केस देखिएयता पहिलो पल्ट बुधबार एकैदिन ६ अंकमा संक्रमित भेटिएका हुन् । त्यस्तै बुधबार एक हजार ९७ जनाको कोरोनले मृत्यु भएको थियो ।

विज्ञहरुले जाडो सुरु भएसँगै कोरोना संक्रमण बढ्न सक्ने चेतावनी दिइरहेका बेला अमेरिकामा दिनदिन संक्रमणले रेकर्ड कायम गरिरहेको छ। शुक्रबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९६ लाख ६ हजार ५ सय २ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३४ हजार ९ सय ११ रहेको छ । त्यस्तै कोरोना पुष्टि भएकामध्ये ३७ लाख ८१ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

अमेरिकापछि दोस्रो स्थानमा रहेको भारतमा संक्रमितको संख्या ८३ लाख ६४ हजारभन्दा बढी पुगेको छ । भारतमा कोरोनाले एक लाख २४ हजार ३ सय १५ जनाको मृत्यु भएको छ भने ७७ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौँ–६ : प्रतिष्ठाको लडाइँ कि शहरी मतदातामाथि निर्णायक परीक्षा?

बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा चन्द्रकला पौडेललाई तोक्ने निर्णय

सम्बन्धित

काठमाडौँ–६ : प्रतिष्ठाको लडाइँ कि शहरी मतदातामाथि निर्णायक परीक्षा?

डिस्कर्ड (असहमति) को बोर्ड

ग्रोकबाट बनेका यौनिक एआई तस्बिरहरूको कारण एलन मस्कको एक्समाथि युरोपेली अनुसन्धान

प्रचण्डलाई प्रेसर दिने रुकुम पूर्व : ३४ हजार ७७२ मतदाताको वडागत तथ्यांक सार्वजनिक !

बालेनको दोहोरो मापदण्ड : ‘मेयर हुँदा सुकुम्बासी हटाउन डोजर चलाए, अहिले भूमि आयोगलाई दोष थोपर्दै छन् ‘

मार्क टली र नेपाल : दक्षिण एसियाका साक्षीको नेपाली पक्षहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com