ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा थप १४ जना कोरोना सङ्क्रमितको मृत्यु


एबीसी न्यूज
आश्विन २५, २०७७ आईतबार  १२ : ४२ बजे

काठमाडौँ, २५ असोज । तीन जना बुटवलका र एक जना तिलोत्तमाका वृद्धवृद्धाको गएराति र आज बिहान ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी डाक्टर बिष्णु गौतमकाअनुसार बुटवल ११ की ६१ वर्षकी महिला, बुटवल १ का ७० वर्षका पुरुष, बुटवल ११ का ८४ वर्षका पुरुषको अस्पताल लैजाने क्रममा बाटोमै र रुपन्देही तिलोत्तमा ३ की ६६ वर्षकी महिलाको दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा ज्यान गएको हो ।

यस्तै धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा तीन जनाको ज्यान गएको छ । सुनसरीको दुहवीका ६४ वर्षका पुरुष र धनकुटाकी ६१ वर्षकी महिलाको आज बिहान ज्यान गएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार धरान–८ की एक महिलाको गएराति ज्यान गएको छ । यसैगरी बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१० ट्राफिक चोकका ८४ वर्षका पुरुष र कोहलपुर नगरपालिका वडा नम्बर ८ की ७१ वर्षकी महिलाको उपचारका क्रममा ज्यान गएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै भरतपुर महानगरपालिका वडा नं १ की ७५ वर्षकी वृद्धाको चितवन मेडिकल कलेज भरतपुरमा ज्यान गएको हो । दम, उच्च रक्तचाप र निमोनियासम्बन्धी समस्या भएकी उहाँको अस्ति पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो।

कोरोना संक्रमणबाट भरतपुर महानगरपालिका–२० का वडाध्यक्ष मणिलाल तामाङको निधन भएको छ । ६९ वर्षीय तामाङको भरतपुर अस्पतालमा उपचारको क्रममा आइतबार बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा। प्रमोद पौडेलले जानकारी दिनुभयो । असोज १४ गते पीसीआर परीक्षण गरिएकोमा १६ गते उनलाई कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई असोज २३ गते भरतपुर अस्पताल भर्ना गरिएको थियो । त्यसअघि उनलाई भरतपुरकै पुष्पाजली अस्पतालमा तीन दिन उपचार गरेर डिस्चार्ज गरिएको थियो ।

सुर्खेतमा ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

सुर्खेतमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा वीरेन्द्रनगर नगरपालिका–१०, की ६५ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएकोे प्रदेश अस्पतालका कोरोना फोकल प्रशन डा. नवराज केसीले जानकारी दिनुभयो ।

यसैगरी काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा १० दिनदेखि उपचाररत ५२ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । उनी जन्डिसकोसमेत बिरामी थिए ।

कैलालीमा कोरोना संक्रमित पुरुषको मृत्यु

कैलालीको धनगढी उपमहानगरपालिका–३ का ५२ वर्षीय एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।असोज १९ गते सेती प्रादेशिक अस्पतालमा स्वाब परीक्षण गराएका उनमा २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । तर, उनी २३ गते मात्रै अस्पताल भर्ना भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । गए राति करिब २ बजेर २५ मिनेटमा उनको मृत्यु भएको श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सम्बन्धित

ट्रम्प, सी र सामरिक शान्तिको पक्षमा: फरेन अफेयर्स

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

भारतको सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको कार्यालय ‘सिल’

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

पेन्टागनको पत्रकार प्रतिबन्ध असंवैधानिक ठहर : अमेरिकी अदालतको ठूलो फैसला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com