ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जटिल बन्दै अवस्था : संक्रमणदर उच्च एकैदिन ५ हजार बढीमा कोरोना संक्रम ( कहाँ कति विस्तृत विवरण सहित)


एबीसी न्यूज
आश्विन २४, २०७७ शनिबार  ५ : ३५ बजे

काठमाडौं, २४ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८ जना कोभिड १९ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ८ जना मानिसमा कोभिड १९ संक्रमण पुष्टि भएको बताउनुभयो । त्यस मध्ये काठमाडौं उपत्यकामा २ हजार ६ सय ७२ जना संक्रमित भएका छन् । जसमा काठमाडौंमा २ हजार १ सय जना, भक्तपुरमा २ सय ३ जना र ललितपुरमा ३ सय ६९ जना रहेका छन् । यससँगै नेपालमा कुल सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ पुगेको छ । हालसम्म नेपालमा कुल संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ । जसमध्ये निको भएर घर फर्किनेको संख्या ७४ हजार २ सय ५२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा निको भई घर फर्किनेको संख्या १ हजार २ सय २९ जना रहेको प्रवक्ता गौतमले बताउनुभयो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेहरुको संख्या ६ सय १४ पुगेको छ ।
संस्थागत आइसोलेसनमा १३ हजार ६ सय ५४ जना रहेको पनि प्रवक्ता गौतमले बताउनुभएको छ । जसमध्ये प्रदेश १ मा १ हजार ४ सय ७७, प्रदेश २ मा ५ सय ९ जना, बागमती प्रदेशमा ९ हजार १ सय ३ जना, गण्डकी प्रदेशमा ६ सय २५ जना, लुम्बिनी प्रदेशमा १ हजार २ सय ७२ जना, कर्णाली प्रदेशमा ५ सय ५४ जना र सुदूरपश्चिम प्रदेशमा १ सय १४ जना संक्रमितहरु रहेका छन् ।

त्यस्तै होम आइसोलेसनमा रहने संक्रमितको संख्या १७ हजार १ सय ६४ जना रहेको छ । जसमध्ये प्रदेश १ मा २ हजार १ सय ६४ जना, प्रदेश २ मा ५ सय ७९ जना, बागमती प्रदेशमा ११ हजार २ सय ६ जना, गण्डकी प्रदेशमा ५ सय ८० जना, लुम्बिनी प्रदेशमा १ हजार ५ सय ८४ जना, कर्णाली प्रदेशमा ४ सय ११ जना र सुदूरपश्चिम प्रदेशमा ६ सय ४० जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १९ हजार ३ सय २० जनाको पीसीआर परीक्षण भएको पनि प्रवक्ता गौतमले बताउनुभयो । यससँगै हालसम्म कुल ११ लाख ६४ हजार ५ सय ५७ पीसीआर परिक्षण भएको छ ।

आज देशभर कुल ४ हजार ६ सय ८६ जना क्वारेन्टाइनमा रहेको पनि प्रवक्ता गौतमले बताउनुभयो । जसमध्ये प्रदेश १ मा ४ सय ४१, प्रदेश २ मा १ सय २८ जना, बागमती प्रदेशमा ३ सय ९६ जना, गण्डकी प्रदेशमा ६ सय ११ जना, लुम्बिनी प्रदेशमा १ हजार ५ सय ७ जना, कर्णाली प्रदेशमा ४ सय ४२ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार १ सय ६१ जना मानिसहरु क्वारेन्टाइनमा रहेका छन् ।

मन्त्रालयले चाडपर्वको समयमा सावधानी अपनाउन पनि आग्रह गरेको छ । धार्मिक कार्यक्रममा सहभगि हुँदा बढीमा २५ जना मात्रै भेला हुन पाउने डा. गौतमले बताउनुभयो । सतहहरु, देवि देवताका मुर्तिहरु र धेरै व्यक्तिले प्रयोग गर्ने समग्री नछुन पनि मन्त्रालयको सुझाव छ । पैसाको कारोबार विद्युतिय माध्यमबाट गर्न पनि मन्त्रालयले भनेको छ ।

ज्वरो, खोकि वा स्वासप्रस्वासको समस्या भएका व्यक्तिहरु, ६० वर्षभन्दा बढी उमेरका व्यक्ति, १२ वर्ष भन्दा कम उमेरका बालबालिकाहरु, गर्भवती तथा सुत्केरी महिलाहरु, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, मधुमेह, क्यान्सर, मुटुरोग, उच्चरत्ततचाप, मिर्गौला, कलोजो सम्बन्धी समस्या भएका, दम लगायत अन्य स्वास प्रस्वास सम्बन्धी समस्या भएका व्यक्तिहरु, अंग प्रत्यारोपण गरेका व्यक्तिहरु, सरिरमा मेडिकल उपकरणहर राखेका व्यक्तिहरु, हालसालै सर्जरी गरेका व्यक्तिहरु र पछिल्लो १५ दिन भित्र सबै प्रकारका रोगको उपचारबाट निको भएका व्यक्तिहरु उच्च जोखिममा रहेकोले घर परिवार भन्दा बाहिरको भेलामा सहभागि नहुन पनि प्रवक्ता गौतमले अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सम्बन्धित

ट्रम्प, सी र सामरिक शान्तिको पक्षमा: फरेन अफेयर्स

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

भारतको सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको कार्यालय ‘सिल’

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

पेन्टागनको पत्रकार प्रतिबन्ध असंवैधानिक ठहर : अमेरिकी अदालतको ठूलो फैसला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com