ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाको लक्षण यसरी थाहा पाउनुहोस : खोकी र ज्वरोभन्दा गन्ध र स्वाद गुमाउनु स्पष्ट लक्षण


एबीसी न्यूज

काठमाडौं, १६ असोज ।  अनुसन्धानहरूले सुझाए अनुसार कोभिड–१९ को लक्षण खोकी वा ज्वरोभन्दा गन्ध थाहा नपाउनु भरपर्दो सङ्केत हुनसक्छ। युनिभर्सिटी कलेज लण्डनले ५९० जना मानिसमा गरेको अध्ययन अनुसार यो वर्षको सुरुमा स्वाद र गन्ध गुमाएका ८० प्रतिशतमा कोरोनाभाइरसको एन्टिबडिहरू भेटिएको थियो।

एन्टिबडिहरू भएका ती व्यक्तिमध्ये ४० प्रतिशतमा कुनै लक्षण थिएन। यद्यपि, सामान्य लक्षण भएका मानिसमा मात्रै त्यस्तो अनुसन्धान गरिएको थियो।

गन्ध र स्वाद हराउनु कोरोनाभाइरस लागेको हुनसक्छ भन्ने प्रमाण एप्रिलबाट सुरु हुन थालेको हो र मे महिनाको मध्यबाट कोरोनाभाइरसको लक्षणको सूचीमा आधिकारिक रूपमा यी लक्षणलाई राखिएको थियो।

अहिलेको निर्देशिका अनुसार जसले गन्ध र स्वाद गुमाएको अनुभव गर्छ उसले कोरोनाभाइरसको परीक्षण गर्नुपर्छ र सेल्फ आइसोलेशनमा अलग्गै बस्नुपर्छ।

तर युनिभर्सिटी कलेज लण्डनकी अग्रणी लेखकरअध्ययनकर्ता प्राध्यापक रेचल ब्याटरह्यामले मुख्य लक्षणका रूपमा अझै पनि धेरै मानिसहरूले खोकी र ज्वरोलाई नै लिने गरेको बताइन्।

पाँचमध्ये चारजनामा एन्टिबडि

उनले एप्रिल महिनाको २३ तारिखदेखि १४ मे सम्म विगत चार सातादेखि स्वाद र गन्ध गुमाएका मानिसहरूलाई लन्डनमा एसएमएसमार्फत् आफ्नो अनुसन्धानमा सरिक गराइन्।

यी सबै मानिसमा एन्टिबडिको परीक्षण गरियो र पाँचमध्ये चारजनामा एन्टिबडि देखियो जसले उनीहरूमा पहिला कोभिड–१९ पोजिटिभ थियो भन्ने देखाउँछ।

त्यस्तो अध्ययनमा सहभागी व्यक्तिहरू सबैमा सामान्य लक्षण भएको र त्यो पनि गन्ध र स्वाद गुमाएका हुनुपर्ने नियम राखिएको थियो ताकि उनीहरू सबैले कोभिडका बिरामीको प्रतिनिधित्व नगरुन्।

तर यो अध्ययनले मानिसहरूलाई गन्ध वा स्वादमा आएको परिवर्तन हेर्न र त्यस्तो लागे आफूलाई अलग्गै राख्न महत्त्वपूर्ण छ भन्ने कुरालाई प्राथमिकता दिएको प्राध्यापक ब्याटरह्यामले बताइन्।

उनका अनुसार दैनिक प्रयोग हुने सामानहरू जस्तै अत्तर, दन्तमन्जन, कफीजस्ता कुराको गन्ध नपाएको महसुस गरे आफूलाई अलग्गै राख्नुपर्छ।

सबै कोरोनाभाइरसका बिरामीले गन्ध नपाएको महसुस गर्नैपर्छ भन्ने त छैन तर यदि गुमेको छ भने कोरोनाभाइरस भएको हुनसक्ने सम्भावना धेरै रहेको अनुसन्धानहरूले बताएका छन्।

सम्भावित खतरा

प्राध्यापक ब्याटरह्यामले व्याख्या गरिन्, मानिसले हेर्नुपर्ने भनेको चाहिँ रुघा नलागिकनै वा नाक बन्द नभइ गन्ध आउन छोडेको छ र छैन भन्ने हो।

कोभिड–१९ हुँदा भाइरसले नाको पछाडिपट्टी घाँटी र जिब्रोमा रहेका कोषिकाहरूलाई आक्रमण गर्ने भएकोले गन्ध नपाइने ठानिन्छ।

किङ्ग्स कलेज लन्डनका अनुसन्धानकर्ताहरू, जसले कोभिडका लक्षणको अध्ययन गर्ने एप चलाउँछन्, उनीहरूले यसअघि कोरोनाभाइरस भइ निको भएका ६० प्रतिशत मानिसले स्वाद र गन्ध गुमाएको अनुमान गरेका थिए।

यसलाई सामन्य लक्षण मानिए पनि र अस्पतालमै भर्ना हुनुपर्ने अवस्था नभए पनि प्राध्यापक ब्याटरह्यामले गन्ध थाहा पाउने शक्ति गुमाउने सम्भावित खतरा रहेको बताइन्।

त्यसमा धुवाँको गन्ध पत्ता लगाउन नसकिने, ग्यास लीक भएको थाहा पाउन नसकिने कुराहरू पनि पर्छन्। लामो समयसम्म बिरामी भए त्यसले मानिसको जीवनमा महत्त्वपूर्ण रुपमा असर गर्नसक्छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी श्रीमतीलाई कोरोनाभाइरस
कोभिड १९ विरुद्धको खोप उपलब्ध हुँदैमा जनजीवन छिटै सामान्य बन्ला ?

मानिसका अनुभव

हजारौँ मानिसले अनलाइनमा आफूले धुवाँको गन्ध थाहा पाउन छोडेको भन्दै चिन्तित अनुभवहरू सुनाएका छन्।

केहीले आफूहरूले निरन्तर रूपमा बासी फोहर को गन्ध अनुभव गरेको वा धातुको जस्तो स्वाद अनुभव गरेको बताएका छन्।

अन्यले चाहिँ भाइरस निको भइसकेको महिनौँसम्म पनि राम्ररी खानेकुराको स्वाद लिन नसकेको बताएका छन्। प्राध्यापक ब्याटरह्यामका अनुसार गन्धमात्रै गुमाउने र अन्य लक्षण नहुने मानिसको समूह अन्य मानिसका लागि  सबैभन्दा खतरनाक हुन्छन् किनभने उनीहरू सामान्य महसुस गर्छन् र सामान्य दैनिकीमा हुन्छन्। उनका अनुसार स्वाद र गन्धको कुरा सँगसँगै हुने भए पनि कोरोनाभाइरसबाट निको भएकाहरूमा गन्ध हराउनु वा कम हुनु स्वाद हराउनुभन्दा बढी सामान्य हो। उनको अध्ययन त्यतिबेला गरिएको थियो जतिबेला गन्ध र स्वाद नहुनुलाई लक्षणका रुपमा पहिचान गरिएको थिएन।

बिबिसीबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com