ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु : आत्महत्याको प्रयास गर्दा घाइते भएकामा समेत कोरोना


एबीसी न्यूज

काठमाडौं, १५ असोज । मुलुकमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुबाट प्राप्त तथ्यांकअनुसार काठमाडौं र रुपन्देहीका तीन तीन जना, सुनसरीका दुई, मोरङ, सप्तरी, कपिलवस्तु र बाँकेका एक एक जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५०० नाघेको छ ।

ढुंगेधारा, काठमाडौंकी ३४ वर्षीया महिलाको मंगलबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । असोज ४ गते कोरोना संक्रमण पुष्टि भएका उनी श्वासप्रश्वासमा समस्या आएपछि १२ गते अस्पताल भर्ना भएकी थिइन् ।

काठमाडौंका ५४ वर्षीय पुरुषको बुधबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । ६ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी निमोनिया भएपछि बुधबार नै अस्पताल भर्ना भएका थिए ।

महिपी, काठमाडौंकी ८६ वर्षीया महिलाको मंगलबार शुक्रराज ट्रपिकल अस्पतालमा मृत्यु भएको छ । भदौ २९ गते अस्पताल भर्ना भएकी उनी श्वासप्रश्वासको समस्याबाट पीडित थिइन् ।

ओमसतिया गाउँपालिका–१, रुपन्देहीका ८५ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ । ७ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनलाई स्वास्थ्य समस्या भएपछि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । तर अस्पताल पुग्दा मृत्यु भइसकेका उनको मुटु, मिर्गौला र फोक्सोको समस्या थियो ।

बुटवल उपमहानगरपालिका–१०, रुपन्देहीका ७६ वर्षीय पुरुषको मंगलबार युनिभर्सल मेडिकल कलेज भैरहवामा मृत्यु भएको छ ।

१२ असोजमा आफैंले घाँटी रेटेर आत्महत्याको प्रयास गर्दा घाइते भएका उनको उपचारका क्रममा पीसीआर टेष्ट गर्दा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

देवदह नगरपालिका –११, रुपन्देहीका ५५ वर्षीय पुरुषको बुधबार कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि ११ असोजमा अस्पताल भर्ना भएका उनको मिर्गौलामा समस्यासमेत देखिएको थियो ।

इटहरी उपमहानगरपालिका ५, सुनसरीका ७३ वर्षीय पुरुषको बुधबार कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । कोरोना पुष्टि भएसँगै श्वासप्रश्वासमा समस्या बढेका उनलाई बुधबार नै अस्पताल भर्ना गरिएको थियो ।

हरिनगर गाउँपालिका–२,सुनसरीका ५० वर्षीय पुरुषको बुधबार नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि ९ असोजमा अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको थियो ।

जहदा गाउँपालिका९६, मोरङका ६० वर्षीय पुरुषको बुधबार कोशी अस्पताल कोभिड९१९ उपचार केन्द्रमा मृत्यु भएको छ । असोज ४ गते अस्पताल भर्ना भएका उनलाई श्वासप्रश्वास, उच्च रक्तचाप, मधुमेह, मोटोपनाको पुरानो समस्या थियो ।

राजविराज नगरपालिका–४, सप्तरीका ३९ वर्षीय पुरुषको बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको छ । यसैगरी बीपी प्रतिष्ठानमा उनी मधुमेह, उच्च रक्तचाप र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए ।

बुद्धभूमि नगरपालिका९१, कपिलवस्तुकी ५० वर्षीया महिलाको बुधबार भैरहवा मेडिकल कलेजमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि ५ असोजमा अस्पताल भर्ना भएकी उनी निमोनिया र मुटुका दीर्घरोगीसमेत थिइन् ।

नेपालगञ्ज उपमहानगरपालिका–१, बाँकेकी ३५ वर्षीया महिलाको बुधबार भेरी अस्पतालमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएर २ असोजमा अस्पताल पुगेकी उनी मधुमेह, हाइपोथाइराडिजम र उच्च उक्तचापको बिरामी थिइन् ।

बुधबार नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयले मृतकको संख्या ४९८ भनेको छ । यसमा रुपन्देहीका दुई, कपिलवस्तु, सुनसरी र बाँकेका एक९एक जनाको तथ्यांक समावेश गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com