ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ३ करोड ३८ लाख नाघ्यो


एबीसी न्यूज

काठमाडौं, १४ असोज । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ३८ लाख पुगेको छ । पछिल्लो विवरणअनुसार अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वका २ सय १५ मुलुकका गरी ३ करोड ३८ लाख ३७ हजार ७ सय ८ पुगेको छ ।

यो समाचार तयार गर्दा सम्म १० लाख १२ हजार ५ सय ७८ जना कोरोना संक्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार ८ सय ४३ जनाको मृत्यु भएको छ ।

विश्वभरका संक्रमितमध्ये २ करोड ५१ लाखभन्दा बढी संक्रमित कोरोनासँगको लडाइँ जितेर घर फर्किसकेका छन् ।

पछिल्लो २४ घण्टामा थप २ लाख ८७ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विश्वमा सबैभन्दा संक्रमित हुने राष्ट्रममा संयुक्त राज्य अमेरिका छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र ४४ हजारभन्दा बढी संक्रमित थपिएका छन् । हालसम्म अमेरिकामा संक्रमितहरूको संख्या ७४ लाख ६ हजारभन्दा बढी पुगेको छ भने २ लाख १० हजारभन्दा धेरैले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

यस्तै भारतमा कोरोना संक्रमितको संख्या अमेरिकापछि बढी छ । भारतमा पछिल्लो २४ घण्टामा ८० हजार ५ सय बढी संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ६२ लाख २३ हजार ५१९ पुगेको छ । त्यस्तै यहाँ हालसम्म ९७ हजार ५ सय २९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

भारतपछि कोरोना संक्रमितको संख्या बढी हुने देशमा ब्राजिल छ । ब्राजिलमा कूल संक्रमितको संख्या ४७ लाख ८० हजार ३१७ पुगेको छ भने पछिल्लो २४ घण्टामा ३१ हजारभन्दा बढी संक्रमित थपिएका छन् । ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४३ हजार पुगेको छ ।

कोरोनाको खोप विकास गरेको दाबी गरेको राष्ट्र रसियामा संक्रमितको संख्या ११ लाख ६७ हजार ८ सय ५ पुगेको छ । यस्तै यहाँ २० हजार ५ सय ४५ जनाले ज्यान गुमाएका छन् भने ९ लाख ५२ हजार ३९९ जना संक्रमित निको भइसकेका छन् ।

रसियामा पछिल्लो २४ घण्टामा थप ८ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एसियाली मुलुक भारतमा कोरोना संक्रमितको संख्यामा तीव्र रुपमा बृद्धि भएको छ । भारतपछि धेरै संक्रमित देखिएको देशमा क्रमशः इरान, बंगलादेश, इराक, साउदी अरेबिया लगायत छन् । एसियाली मुलुकमा हालसम्म १ करोडभन्दा बढी संक्रमित भएका छन् भने पछिल्लो २४ घण्टामा मात्र १ लाख २५ हजार ९ सय ९१ जना संक्रमित थपिएका छन् ।

एसियाली मुलुकमा निको हुनेको संख्या ८८ लाख ११ हजार २१४ रहेको छ भने १ लाख ९२ हजार ८६६ जनाले ज्यान गुमाएका छन् ।

नेपालमा कोभिड–१९ संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४९१ पुगेको छ । मंगलवार साँझसम्मको अपडेट अनुसार नेपालमा ५५ हजार ३७१ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २० हजार ३ सय ९६ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com