ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालुवाटारमा जारी नेकपाका दुई अध्यक्षबीचको छलफल सम्पन्न


एबीसी न्यूज

काठमाडौं, ८ असोज ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भएको छलफल सम्पन्न भएको छ । नेकपा सचिवालय बैठकले तय गरेको कार्यसुची बारेमा दुई अध्यक्षबीच छलफल भएको बताइएको छ ।

गत मंगलबार बसेको नेकपा सचिवालय बैठकले दुई अध्यक्ष र महासचिव विष्णुप्रसाद पौडेललाई १० दिनभित्र पार्टीको बाँकी साँगठिनक एकताको खाका बनाउने जिम्मेवारी दिएको थियो । सोही विषयमा केन्द्रित भएर दुई अध्यक्षबीच प्रारम्भिक छलफल भएको बालुवाटार स्रोतको भनाई छ ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार अध्यक्षद्वयबीचको छलफल केही बेर अघि सम्पन्न भएको छ । दुई अध्यक्ष मात्र सहभागी बैठकमा छलफल भएको विषयबारे विस्तृतमा बताइएको छैन ।

नेकपा सचिवालय बैठकले चारवटा कार्यसूची तय गरी बैठक शुरु गरेको थियो । असोज ६ गते बसेको सचिवालय बैठकले पार्टीको आन्तरिक साँगठनिक एकतालाई टुङ्गोमा पु¥याउने, संवैधानिक निकायको बाँकी रिक्त ठाउँमा पदपूर्ति गर्ने, मन्त्रिपरिषद पुनर्गठन गर्ने र विविध कार्यसूची तय गरेको थियो ।

मन्त्रिपरिषदको पुनर्गठनको गृहकार्य गर्न पनि सचिवालय बैठकले दुई अध्यक्षलाई जिम्मेवारी दिएको छ । मन्त्री नियुक्तिको जिम्मेवारी प्रधानमन्त्रीको भएपनि पार्टीको सल्लाह र परामर्शमा काम गर्ने पार्टीको सहमति अनुसार प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्ड र दलका वरिष्ठ नेताहरुसँग परामर्श गरेर त्यसको टुङ्गो लगाउने गृहकार्यमा रहनुभएको नेकापाका नेताहरुको बुझाई छ ।

करिब अढाई घण्टा चलेको आजको बैठकमा पनि मन्त्रि परिषद पुनर्गठनको विषयमा छलफल भएको हुनसक्ने अध्यक्षद्वयका सचिवालयका सदस्यहरुको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com