ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डब्ल्युटिओमा समस्या छ भने किन ठीक नगरेको ?


एबीसी न्यूज


अमेरिकाको चिनियाँ सामग्रीमा महसुल थोपर्ने कार्यले अन्तर्राष्ट्रिय व्यापारका नियमहरू उल्लंघन गरेको भन्ने विश्व व्यापार संगठनको नयाँ रुलिङले व्यावहारिक रूपले किञ्चित पनि प्रभाव देखाउनेछैन किनकि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ती नियम लागू गर्ने प्रणालीको धज्जी जो उडाइदिएको छ । जेहोस्, डब्ल्युटिओले जुन निष्कर्ष निकालेको छ, त्यो भने विचारणीय छ ।

नियममा आधारित विश्व व्यापार प्रणालीलाई भत्काउने राष्ट्रपति ट्रम्पको जुन प्रयास छ, त्यसलाई यो निष्कर्षले यस प्रणालीमाथि आक्रमणको एउटा अर्को कदमका रूपमा चित्रित गरेको छ । ट्रम्पको यो कदमले अमेरिका र उसका साझेदार सबैलाई नै हानि पुर्‍याइरहेको छ । समयक्रममा अझै बढी खती गर्दै जानेछ ।

अमेरिकाले बेइजिङका संदिग्ध व्यापार नीतिहरूको प्रतिक्रियास्वरूप सन् २०१८ मा कथित सेक्सन ३०१ अन्तर्गत महसुल वृद्धि गरेपछि चीनले डब्ल्युएचओमा यसबारे उजुरी गरेको थियो । महसुल लगाउँदा अमेरिकाले चीनले विदेशी प्रविधि अनधिकृत प्रयोग गर्ने गरेको तथा बौद्धिक सम्पत्तिको चोरी गरेको जस्ता आरोप लगाएको थियो ।

तर, विश्व व्यापार संगठनले विश्व व्यापारका प्रचलित नियमबमोजिम अमेरिका आफ्नो महसुल लगाउने कदमको पर्याप्त औचित्य प्रमाणित गर्न असफल भएको भनेको छ । यद्यपि, उसले कुनै परिणाम भने भोग्नुपर्ने छैन । किनकि अमेरिकाले डब्ल्युटिओको निष्कर्ष र रुलिङलाई या त पूरै बेवास्त गरिदिनेछ या निर्णयमा पुनरावलोकनका लागि डब्ल्युटिओको प्यानलसमक्ष अपिल गर्नेछ । तर, त्यस प्यानललाई अमेरिकाले नयाँ जुरी सदस्य नियुक्त रोकिदिएर पक्षघातमा पारेको छ । फेरि बदलामा चीनले पनि महसुलको हतियार उठाएकै छ, त्यो पनि नियमको उल्लंघन नै हो ।

अब डब्ल्युटिओका लागि अमेरिकाका व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजरको भूमिका के हुन्छ, धेरै कुरा त्यसैले निर्धारण गर्नेछ । उनले त डब्ल्युएचओको यो निष्कर्षले डब्ल्युटिओका नियमहरूको कुनै प्रयोजन छैन, यो संगठन चीनले खडा गरेका चुनौती मुद्दा उठाउन असफल छ भन्ने अमेरिकाको दाबीको नै पुष्टि गर्ने भनेका छन् । ‘यस प्यानल रिपोर्टले ट्रम्प प्रशासनले चार वर्षदेखि जे भनिरहेको छ, त्यसकै पुष्टि गर्छ । डब्ल्युटिओ चीनको हानिकारक प्रविधि अभ्यास रोक्न पूर्णतः असफल छ,’ उनले भनेका छन् ।

नियममा आधारित व्यापार प्रणाली र त्यसमाथि विराजमान डब्ल्युटिओको संगठनको सुधार नगरी नहुने भएको छ । अमेरिकाको प्रभावकारी नेतृत्वमा व्यापार पुनर्जीवित हुन र विश्व अर्थतन्त्र सुदृढ हुन सक्छ ।

वास्तवमा अधिकांश सरकार र व्यापार नीतिविद्हरू डब्ल्युटिओका नियममा सुधार आवश्यक रहेकोमा सहमत छन् । साथै, विकासको विनाशकारी राज्य पुँजीवाद चिनियाँ मोडलले यो प्रणालीलाई दबाबमा राखेकोमा पनि सहमत छन् । प्रश्नचाहिँ के हो भने यी परिवर्तनलाई सम्बोधन गर्न उनीहरू डब्ल्युटिओ प्रशासनको नेतृत्व किन गर्दैनन् रु विचार मिल्नेहरू एकठाउँमा आउनुको सट्टा यो प्रणालीलाई नै पूरै ध्वस्त बनाउने विकल्प नै किन छनोट गरेको रु

यो विश्व व्यापार व्यवस्था त्रुटिपूर्ण नै भए पनि आपसी आर्थिक फाइदाका लागि अमेरिका र उसका मित्रशक्तिले नै तयार गरेका हुन्, जुन अपेक्षा गरिएभन्दा बढी नै सफल भएको पनि हो । दशकौँसम्म अन्तर्राष्ट्रिय व्यापारको विस्तारले विश्वव्यापी आर्थिक वृद्धिलाई समर्थ बनाएको पनि हो ।

जसका कारण सहभागी हरेक मुलुकले आयमा वृद्धि साक्षात्कार गरे, जीवनस्तर र जीवनको गुणस्तर सुधारे । पक्कै पनि अहिले वृद्धि अवरुद्ध भएको छ । अधिकांश कामदार आफ्नो समुदायमा थोपरिएको आर्थिक परिवर्तनको लागत उठाउन लामो समयदेखि असफल छन् । तर, त्यो चुनौतीलाई सम्बोधन गर्ने सर्वोत्कृष्ट तरिका अधिक प्रभावी सामाजिक बिमा र परिवर्तनलाई अनुकूलन गर्न मद्दत नै हो । व्यापार र बढ्दो आयको पृष्ठभूमिमा, व्यापार र प्रतिस्पर्धाको विस्तार हुँदा त्यस्ता नीतिहरूको लागत पनि सस्तो नै पर्न जान्छ ।

नियममा आधारित व्यापार प्रणाली र त्यसमाथि विराजमान डब्ल्युटिओको संगठनको सुधार नगरी नहुने भएको छ । अमेरिकाको प्रभावकारी नेतृत्वमा व्यापार पुनर्जीवित हुन र विश्व अर्थतन्त्र सुदृढ हुन सक्छ । तर, ट्रम्प र उनका अधिकारी डब्ल्युटिओमा केवल तोडफोडका लागि बसेका छन् । उनीहरू यो प्रणालीको गुफामा पसेर त्यही क्षति देखाउँछन्, जो उनीहरू आफैँले गरेका हुन् र भन्छन्, ‘हेर्नुस् त, हामीले भनेकै थियौँ, यो भत्किन्छ भनेर ।’

ब्लुमबर्ग को सम्पादकिय नेपालीमा अनुवाद

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com