ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महामारीको स्वरुप हेरेर सार्वजनिक यातायात सञ्चालन – मन्त्री नेम्वाङ


एबीसी न्यूज
भाद्र २७, २०७७ शनिबार  ६ : ५६ बजे

काठमाडौँ, भदौ २७ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोरोना नियन्त्रण, रोकथाम तथा उपचारसँग सम्बन्धित मन्त्रालय र निकाय सँगको समन्वयमा सार्वजनिक यातायात सञ्चालनबारे निर्णय गरिने बताउनुभएको छ ।

असोज १ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्न पाउनुपर्छ भने चार बुँदे माग राखी शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुगेका यातायात व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधि सँगको भेटमा मन्त्री नेम्वाङले सो कुरा बताउनुभएको मन्त्रालयले जनाएको छ ।
उहाँले यो महामारी कुन रूपमा अगाडि बढ्छ, त्यसलाई हेरेर सरकारले निर्णय गर्छ ।

यस विषयमा मेरो मन्त्रालयले मात्र निर्णय गरेर हुँदैन । सिङ्गो सरकारले नै निर्णय गर्नुपर्छ भन्नुभयो । यातायात व्यवसायी र मजदुरले राखेको राहतबारे मन्त्रालयले एक्लै निर्णय गर्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो । लामो समयदेखि सार्वजनिक यातायात बन्द रहेको अवस्थामा व्यवसायी र मजदुरको माग जायज रहेको बताउनुहुँदै मन्त्री नेम्वाङले सार्वजनिक यातायात सञ्चालनबारे मन्त्रालयले चाँडै नै कोरोनासँग सरोकार राख्ने मन्त्रालय र सम्बन्धित निकायसँग छलफल गर्ने जानकारी दिनुभयो ।

असोज १ गतेबाट अन्तर जिल्ला यातायात खुला गर्नुपर्ने, उपत्यकामा १६ सिटभन्दा कम क्षमताका सवारी पनि चलाउन पाउनुपर्ने, सवारीको आयु तोकेर दर्ता तथा नवीकरण गर्ने निर्णय खारेज गर्नुपर्ने लगायत माग यातायात व्यवसायी र मजदुर सङ्गठनको रहेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्र कर्माचार्यले असोज १ गतेबाट सरकारले सवारी साधन सञ्चालन गर्न दिनुपर्ने माग राखेको बताउनुुभयो । उहाँले यातायात सञ्चालनमा आउन नसक्दा व्यवसायी र मजदुरलाई राहत दिनुपर्ने बताउँदै यस्तो नभएको अवस्थामा आफूहरू सामूहिक निर्णय गरेर अगाडि बढ्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो

जेनजी आन्दोलन : आयोगको ठहर – सुरक्षा संयन्त्रको समन्वय अभाव र ढिलासुस्तीले ठूलो क्षति भयो (प्रतिवेदन पूर्णपाठ)

सम्बन्धित

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

पहिल्यै लीक भएपछि कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्री बाध्य

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो

जेनजी आन्दोलन : आयोगको ठहर – सुरक्षा संयन्त्रको समन्वय अभाव र ढिलासुस्तीले ठूलो क्षति भयो (प्रतिवेदन पूर्णपाठ)

‘हामीले शान्तिपूर्ण प्रदर्शन गरेका थियौं, तर भीडलाई रोक्न सकेनौं’ आयोजक सुदन गुरुङको आयोगमा दिएको पूर्ण बयान

जेनजी आन्दोलन : गुप्तचर र सुरक्षा निकाय पूरै ‘अन्धो’ रहेको आयोगको ठहर(पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com