ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकाको निषेधाज्ञामा सहजीकरण : यातायातमा जोरविजोर लागू (पत्रसहित)


एबीसी न्यूज
भाद्र २४, २०७७ बुधबार  ८ : ५४ बजे

काठमाडौं, २२ भदौ ।   काठमाडौँ उपत्यकामा निषेधाज्ञाका कारण जनजीवन प्रभावित भएको निष्कर्ष निकाल्दै स्थानीय प्रशासनले आर्थिक गतिविधि सञ्चालनमा सहजीकरण गरेको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीले विभिन्न क्षेत्रका प्रतिनिधि, स्थानीय तहका प्रमुखको सुझाव तथा गृहमन्त्रालयसँगको परामर्शसहित जनजीवनलाई सहजीकरण गर्दै नयाँ आदेश जारी गरेको छ । सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को समेत अधिकार प्रयोग गरी उक्त आदेश जारी गरिएको हो ।

भदौ ३१ गते राति १२ बजेसम्म लागू हुने उक्त आदेशानुसार उपत्यकामा चल्ने सवारीसाधनमा जोरविजोर प्रणाली लागू गरिएको र व्यापार, व्यवसायमा केही चलायमान बनाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । तीनै जिल्लाका प्रजिअको संयुक्त बैठकपछि साँझ जारी गरिएको विज्ञप्ति अनुसार उपत्यका भित्रमा १६ सिट क्षमताभन्दा बढी क्षमताका सार्वजनिक यात्रुबाहक सवारी साधन सञ्चालन गर्न सकिने छ । भाडाका ट्याक्सीको हकमा चालकसहित तीन जना र परिवार भित्रमा ५ वर्ष मुनिका बालबालिका दुई जनासम्म राखी चलाउन सकिने छ ।

निजी सवारीसाधन (मोटरसाईकल स्कुटर समेत) स्वास्थ्य मापदण्ड पालना गरी भौतिक दूरी कायम गरेर सञ्चालन गर्न सकिनेछ । यात्रुबाहक सार्वजनिक यातायातका साधनहरु सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अनुरुप सामाजिक दूरी कायम हुने गरी एक लहरमा एक जना (कुल क्षमताको आधाबाट नबढ्ने गरी ) बस्ने व्यवस्था मिलाउनु पर्नेछ ।

यसरी सवारी साधन सञ्चालन गर्दा चालक, सहचालक तथा यात्रुले अनिवार्य रुपमा मास्क लगाउनु पर्नेछ । सवारी साधनको ढोका मै स्यानिटाइजरको व्यवस्था हुुनुपर्ने, सहचालकले पञ्जा लगाउनुपर्ने तथा सवारी साधन दैनिक निसङ्क्रमण गराएको हुनेपर्नेछ । सवारी साधन भने जोरविजोर प्रणालीअनुसार सञ्चालन गर्नुपर्ने छ, तर मालबाहक सवारीको हकमा भने जोरविजोर लागु हुने छैन ।

सार्वजनिक सूचनाअनुसार औषधि र पानीजन्य व्यवसाय चौविसै घण्टा सञ्चालन गर्न पाउने पुरानै व्यवस्थालाई कायम राखिएको छ । अन्य खाद्यवस्तु, दुध, तरकारी फलफूल, माछामासुका व्यवसाय विहान ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाउने छन् । यसअघि उक्त व्यवसाय साँझमा रोक लगाइएको थियो ।

तोकिएको मापदण्ड प्रयोग गर्दै विकास निर्माणसम्बन्धी पसल, व्यवसाय तथा ढुवानीका लागि सञ्चालन हुने छोटो दूरीका सवारी साधन मध्याह्न १२ बजेदेखि साँझ सात बजेसम्म सञ्चालन गर्न पाइने छ । सहकारी संस्थाहरु ११ देखि ३ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । सपिङ् मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसललगायतका पसल सोमबार, बुधबार र शनिबार मात्रै खोल्न पाइने छ । भाँडा, भान्साजन्य र सोही प्रकृतिका अन्य पसल आइतबार, मंगलबार र शुक्रबार सञ्चालन हुने छन् । फर्निचर र अटो मोवाइलसम्बन्धी पसल सोमबार र बुधबार मात्रै खोल्न पाइनेछ ।

फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी, ईलेट्रिकल्स, इलेक्ट्रोनिक्स, डिपार्टमेन्टल स्टोर विहान ११ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म खोल्न सकिनेछ । सवारी साधन सम्बन्धी वर्कसप विहान ८ देखि राति ८ सम्म सञ्चालन हुनेछ । टेक–अवे सेवा तथा होमडेलिभरी सेवा भने दिउँसो १२ देखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ । उद्योग कलकारखाना सञ्चालन गर्दा कामदार र कर्मचारीलाई आयोजनास्थलमै बस्ने, खाने व्यवस्था मिलाउन भनिएको छ । यस्तै स्वास्थ्य मापदण्ड पालना गरी अनलाईनन कक्षा र त्यस्ता सेवासँग मिल्ने सेवाहरु सञ्चालन गर्न सकिने छ । विदेश जाने व्यक्तिलाई आवागमनमा सहजीकरण गरिने छ ।

स्वाब परीक्षण गराएका व्यक्तिहरु रिपोर्ट नआउञ्जेल क्वारेन्टिनमा बस्नुपर्नेछ । कन्टयाक्ट ट्रेसिङमा परेका व्यक्तिसमेत स्वाब परीक्षण गरेका व्यक्तिको रिपोर्ट नआउञ्जेल क्वारेन्टिनमा बस्नुपर्ने छ । अत्यावश्यक वस्तु वा सेवा अन्तरगत पर्ने औषधि, खाद्यवस्तु, ईन्धन, खाना पकाउने ग्याँस, तरकारी फलफूल दुध, विद्युत, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आईसोलेसन, फोहरमैला व्यवस्थापन, अस्पताल जानेआउने विरामी, मृत्यु संस्कारका लागि अनिवार्य रुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइने छ । बैंक वित्तीय संस्था नेपाल राष्ट्र बैंकको मापदण्डअनुसारसञ्चालन हुने जनाइएको छ । उपत्यकामा भदौ ४ गतेदेखि निषेधाज्ञाको आदेश लागू गरिएको थियो ।

निषेध गरिएका गतिविधि

खुला स्थानमा भीडभाड, सभा लजुलुस गर्न गराउन, जात्रा, मेला, महोत्सव, भोजभतेर सञ्चालन गर्न, धार्मिक क्षेत्रमा दैनिक नित्य पूजा बाहेकका गतिविधि, बढी भिडभाड हुने उद्योग, कलकारखाना, व्यापार, व्यवसाय सञ्चालन गर्न निषेध गरिएको छ ।

यस्तै चाडपर्व लगायत धार्मिक तथा साँस्कृतिक कार्यक्रममा हुने जमघट, शैक्षिक संस्था सञ्चालन, सबै प्रकारका गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, व्यूटी पार्लर शैलुन, स्पा, स्वीमिङ पूल जीमखाना, समूहमा खोलिने खेल, पुस्तकालय चिडियाखाना तथा सङ्ग्राहलय सञ्चालनमा रोक लगाइएको पुरानै व्यवस्थालाई कायम गरिएको छ । व्यापार व्यवसायमा स्वास्थ्य मापदण्ड विपरित मजदुरहरुलाई ओसार पसारमा समेत रोक लगाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो

जेनजी आन्दोलन : आयोगको ठहर – सुरक्षा संयन्त्रको समन्वय अभाव र ढिलासुस्तीले ठूलो क्षति भयो (प्रतिवेदन पूर्णपाठ)

सम्बन्धित

पहिल्यै लीक भएपछि कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्री बाध्य

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो

जेनजी आन्दोलन : आयोगको ठहर – सुरक्षा संयन्त्रको समन्वय अभाव र ढिलासुस्तीले ठूलो क्षति भयो (प्रतिवेदन पूर्णपाठ)

‘हामीले शान्तिपूर्ण प्रदर्शन गरेका थियौं, तर भीडलाई रोक्न सकेनौं’ आयोजक सुदन गुरुङको आयोगमा दिएको पूर्ण बयान

जेनजी आन्दोलन : गुप्तचर र सुरक्षा निकाय पूरै ‘अन्धो’ रहेको आयोगको ठहर(पूर्णपाठ)

सामाजिक सञ्जालमा पेट्रोल बमको छलफल, सुरक्षा निकायलाई थाहै भएन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com