ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा अध्यक्ष प्रचण्ड दोस्रो पटक कोरोना आइसोलेशनमा


एबीसी न्यूज
भाद्र १५, २०७७ सोमबार  २ : ०७ बजे

काठमाडौं १५ भदौ । नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्ना सुरक्षाकर्मीममा देखिएको कोरोना संक्रमणका कारण दोस्रो पटक आइतबारदेखि आइसोलेशनमा बस्नु भएको छ ।

प्रचण्डको निजी सुरक्षामा खटिएका थप ३ जना सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएपछि प्रचण्ड पनि थप स्वास्थ्य सुरक्षाका लागि आइसोलेशनमा बस्नु भएको हो दुई हप्ता पहिले पनि प्रचण्डको सुरक्षामा रहेका ६ जना सुरक्षाकर्मीमा कारोना पोजेटिभ देखिएपछि प्रचण्ड परिवारनै एकान्तवासमा बस्नु भएको थियो । आइतबारदेखि भने प्रचण्ड परिवार आफ्नै निवासमा आइसोलेशनमा बसेका छन् । प्रचण्ड परिवारका अन्य कोही पनि सदस्य तथा सहयोगीलाई कोरोना पोजेटिभ देखिएको छैन ।

पछिल्लो पटक पार्टीको कार्यदलले बुझाएको प्रतिवेदनमाथि दुई अध्यक्षकाबीचमा सघन छलफल गरी ठोस प्रस्ताव बनाएर भदौ १८ गते सचिवालय बैकठ बस्ने तय भएको थियो ।

आइतबार पनि दुई अध्यक्षले वान अन वान छलफल गर्ने कार्यतालिका रहेको थियो । प्रचण्डले आइतबार विहान मात्र आफ्ना थप ३ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ रिपोर्ट आएको थाहा पाएपछि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई तीन दिन आइसोलेशनमा बसेपछि मात्र दुई जनाबीच छलफल गर्नु उचित हुने बताएको खुमलटार श्रोतले बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलको गत फागुनमा दोस्रो पटक मृगौला प्रत्यारोपण गराइएको थियो । कोरोना संक्रमणका लागि मृगौला र मुटु रोगसम्वन्धी विरामीहरु बढी जोखिममा रहने हुनाले मृगौलाका विरामी प्रधानमन्त्रीसंग केही दिनपछि मात्र छलफल गर्ने प्रचण्डले निर्णय गरेका हुन् ।

नेकपा सचिवालयको बैठक गत १३ गते बस्ने भनिएकोमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा कोरोनाबाट आशंकित रहेका कारण सचिवालयको बैठक १८ गतेसम्म सरेको थियो । पछि दुवै जनाको रिपोर्ट नेगेटिभ आएको बताइएको छ । थप केही मन्त्रीहरुमा पनि कोरोना पोजेटिभको आशंका भएकाले आइतबारको मन्त्रिपरिषद्को बैठकमा समेत चर्चा भएको थियो ।

नेकपा उच्च स्रोतका अनुसार सम्भवत १८ वा १९ गते दुई अध्यक्षबीच सघन छलफल भएपछि मात्र सचिवालयको बैठक र स्थायी समितिको बैठक हुने बताइएको छ । महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय पार्टीमा उत्पन्न समस्या समाधान कार्यदलले गत ६ गते दुई अध्यक्षलाई आफ्नो प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदन सार्वजनिक पनि भइसकेका कारण सत्तारुढ दलभित्रको विवाद समाधान भएको मानिएको छ ।

तर पछिल्लो समय कोरोना संक्रमण देशभर र राजधानीमा समेत तीव्र रुपमा बढेकाले स्वास्थ्य जोखिम भने झन बढ्न पुगेको छ । आइतबारको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यको ख्याल गरेर जनताको पक्षमा काम गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भुकम्प पिडितलाई राहतदिने

ओलीको कडा निर्देशन: “सांसदहरूले पार्टीको लाइन बोल्नुपर्छ, व्यक्तिगत डम्फु होइन”

सम्बन्धित

तौल घटाउने औषधिको अर्को सीमारेखाः एकपटकको जीन थेरापी

स्तनपानका फाइदाहरू शिशुहरूमा मात्र होइन, क्यान्सर उपाचारमा उपयोगी

बीएमआईको सट्टा एक नयाँ विकल्प  शरीर गोलाई सूचकांक (BRI)

ओमान नामिबियासँग १०९ रनमै अलआउट

कोरोनाको नयाँ भेरियन्टबाट कसरी जोगिने ? विज्ञ के भन्छन् ?

वीर अस्पतालमा ७ सय शय्या निःशुल्क गर्ने सरकारको निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com