ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माछापोखरी वरपर छाडिएको करेन्ट लागेर भरतपुरमा दुई जनाको मृत्यु


एबीसी न्यूज
भाद्र १५, २०७७ सोमबार  १० : ४९ बजे

चितवन, भाद्र १५ । माछापोखरी वरपर छाडिएको करेन्ट लागेर भरतपुरमा दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–८ सल्यानीटोलमा रहेको माछापोखरीमा सोही वडाको आदिवासी टोल बस्ने लगभग ३५ वर्षका नवराज दराई र निरबहादुर राना मगर मृत फेला परेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यो माछापोखरी नवलपुर गैंडाकोटका चुडामणि शर्मालगायतको रहेको प्रहरीले जनाएको छ ।

‘माछा चोरी हुन थालेपछि पोखरी वरपर करेन्ट छोड्ने गरेको भन्ने बुझेका छौं । मृतकहरु पोखरीसँग सम्बन्ध भएका व्यक्तिहरु हैनन् भन्ने छ । एउटाको हातमा माछा मार्ने जाल नै थियो । अर्काले तार नै समाएको थियो । गाउँलेहरुले देखेपछि बिहान सात बजेतिर प्रहरीलाई खबर गरे,’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सूर्य थापाले भन्नुभयो। शवलाई पोस्टमार्टम गर्न भरतपुर अस्पताल ल्याइएको उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी सोधपुछका लागि माछा पोखरीका मालिकमध्ये दुई जनालाई पनि प्रहरी कार्यालय ल्याएको उहाले जानकारी दिनुभयो । चितवनमा केही महिनाअघि भरतपुर महानगरपालिका–१५ मा रहेको एउटा माछापोखरीमा रातको समयमा माछा चोर्न आएको भन्दै रोक्न खोज्दा खुकुरी हानाहान भएको थियो । त्यो बेला पोखरीधनीको टाउकोमा गम्भीर चोट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

सुरक्षा निकायको समन्वय अभाव र मिथ्या सूचनाको डढेलोः भदौ २३–२४ को ‘राष्ट्रिय क्षति’

भदौ २४ गते सरकारी, व्यापारिक र निजी भवनमा आक्रमण गर्ने को थिए ?

पहिल्यै लीक भएपछि कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्री बाध्य

सामाजिक सञ्जालमा पेट्रोल बमको छलफल, सुरक्षा निकायलाई थाहै भएन

सुकुमबासी बस्तीमा डोजर चलाउन बन्द गर्न माग

ठमेलमा अनैतिक क्रियाकलापमा संलग्न २० विदेशी महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com