ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पीसीआर परीक्षणको शुल्क घट्यो : संक्रमितलाई रिफर गर्दा मृत्यु भए रिफर गर्ने जिम्मेवार


एबीसी न्यूज
भाद्र १४, २०७७ आईतबार  ५ : १३ बजे

काठमाडौं, १४ भदौ । काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पत्ता लगाउन गरिने प्रयोगशाला परीक्षणको शुल्क घटाएको छ । मन्त्रालयले पीसीआर टेष्टको शुल्क ४ हजार ४ सय रुपैयाँ तोकिएको सहायक प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिनुभयो । उसअघि पीसीआर परीक्षणका लागि मन्त्रालयले नै ५ हजार ५ सय रुपैयाँ शुल्क तोकेको थियो ।

मापदण्डमा परेकाहरुको मात्र निःशुल्क टेष्ट

सरकारले गर्ने निःशुल्क कोरोना परीक्षणका लागि नयाँ मापदण्ड तोक्ने तयारी मन्त्रालयको छ । सहायक प्रवक्ता अधिकारीका अनुुसार अब संक्रमितको निकट सम्पर्कमा आएका, लक्षण देखिएका र अग्रभागमा काम गर्नेहरुको मात्र निःशुल्क परीक्षण गर्ने तयारी भइरहेको छ ।

यसैवीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित बिरामीलाई विना समन्वय रिफर गर्दा यदि सो बिरामीको ज्यान तलमाथि भएमा रिफर गर्ने अस्पताल नै जिम्मा लिनपर्ने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा कतिपय अस्पतालहरुले समन्वय नगरि, स्वास्थ्यकर्मीलाई साथमा नलगाई संक्रमितलाई रिफर गरिरहेको गुनासो आएको र यसो गर्दा बिरामीको ज्यान तलमाथि भए सोको जिम्मेवार रिफर गर्ने अस्पतालको नै हुने बताउनुभयो ।  उहाँले संक्रमितलाई रिफर गर्दा कोभिड डेलिकेटेड अस्पतालमा वेड भए र नभएको सुनिश्चित गर्न उहाँले सबै अस्पतालाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भुकम्प पिडितलाई राहतदिने

ओलीको कडा निर्देशन: “सांसदहरूले पार्टीको लाइन बोल्नुपर्छ, व्यक्तिगत डम्फु होइन”

सम्बन्धित

ओलीको कडा निर्देशन: “सांसदहरूले पार्टीको लाइन बोल्नुपर्छ, व्यक्तिगत डम्फु होइन”

प्रचण्डको सन्देश: “रचनात्मक काममा साथ, गल्तीमा खबरदारी”

सुरक्षा निकायको समन्वय अभाव र मिथ्या सूचनाको डढेलोः भदौ २३–२४ को ‘राष्ट्रिय क्षति’

अबुधाबीमा क्षेप्यास्त्र अवशेष खस्दा २ जनाको मृत्यु, ३ घाइते

नवनिर्वाचित सांसदहरूले लिए शपथ (फोटो फिचर)

शपथअघि सांसदहरूको प्रतिबद्धता: “जिम्मेवारी बढेको महसुस”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com