ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यका प्रवेशमा कडाइ : कोरोनाको संक्रमण रोक्नको लागि चारओटा टोली परिचालन


एबीसी न्यूज
श्रावण ३२, २०७७ आईतबार  ६ : २९ बजे

काठमाडौं, ३२ साउन ।  उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रशासन कार्यालयबाट जारी आदेशको प्रभावकारी कार्यान्वयन गराउन अनुगमन टोलि खटिएको छ । उपत्यकाका तीन ओटा जिल्लामा जिल्ला प्रशासन कार्यालय, प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, स्वास्थ्यकर्मीको टोलि अनुगमनको लागि परिचालन भएको हो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले सवारी साधन साधनहरुमा जोरबिजोरको कार्यान्वयन, ठूला मल तथा सपिङ सेन्टर, सैलुन तथा व्यूटीपार्लरहरु खुले नखुलेको हेर्न चारओटा टिमले अनुगमन सुरु गरेको छ । साउन ३० गते प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जारी गरेको आदेश विपरित हुने कृयाकलाप रोक्न चारओटा अनुगमन समिति परिचालन भएको हो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले रेष्टुरेन्टहरुले निर्देशन पालना गरे नगरेको, भिडभाडको अवस्था, सामाजिक दुरी कायम भएको नभएको र मास्कको प्रयोग नभएमा कारवाही गर्ने अधिकार प्रदान गरेर चारओटा टिम सक्रिय भएर लागेको जानकारी दिनुभयो । उहाँले परिचालन भएको टिमले तत्कालै कारवाही गर्न सक्ने बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको निर्णयको परिपालन गर्ने बिषयमा अनुगमन गर्न र कोरोनाको संक्रमण रोक्नको लागि चारओटा टोली परिचालन भएको प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिनुभयो । टोलीमा जिल्ला प्रशासन कार्यालय, स्थानीय तहका प्रतिनिधी, जिल्ला प्रहरी कार्यालय ललितपुर तथा घरेलु तथा साना उद्योगका कर्मचारीहरुले चारओटा समुह बनाएर अनुगमन गरिरहेको प्रजिअ भट्टले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जारी गरेको आदेशको कार्यान्वयमा चारओटा टोली भक्तपुर जिल्लाभर परिचालन भएको सहायक प्रमुख जिल्ला अधिकारी एंव सूचना अधिकारी दुर्गादत्त ढकालले बताउनुभयो ।
उहाँले टोलीले साउन ३० गतेदेखि कार्य सुरु गरिसकेको बताउनुभयो । कोराना महामारीको जोखिम कम कसरी गर्न सकिन्छ भनेर टोलि परिचालन भैसकेको उहाँले बताउनुभयो । टोलीले सामाजिक दुरी कसरी कायम गराउन, जोर बिजोरको लागू गराउन, भिडभाडको अवस्थाको बारेमा अनुगमन गर्ने कार्य गरेको सूचना अधिकारी ढकालले जानकारी दिनुभयो ।

परिचालन भएको टोलीले दुई दिनमा मास्कको प्रयोग नगर्ने ३३८ जनालाई एक सय रुपियाँ जरिवाना गराएको बताउनुभयो । आदेश अवज्ञा गर्दै जोर विजोर नमान्ने ४७ ओटा दुई पाग्रे तथा ४६ ओटा चार पाग्रे सवारीहरुलाई दिनभर होल्ड गरेर राखिएको ढकालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

झण्डै दुई तिहाईको प्रधानमन्त्री बन्दै गरेका बालेनलाई चुनौती पनि दुई तिहाई

ट्रम्पले फेरि म्याद थपे : इरानले हर्मुज स्ट्रेट खोल्नैपर्छ, नत्र विद्युत् ग्रीडमा हमला

सम्बन्धित

झण्डै दुई तिहाईको प्रधानमन्त्री बन्दै गरेका बालेनलाई चुनौती पनि दुई तिहाई

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

बालेनले आज प्रधानमन्त्रीको शपथ लिँदै

ट्रम्पले फेरि म्याद थपे : इरानले हर्मुज स्ट्रेट खोल्नैपर्छ, नत्र विद्युत् ग्रीडमा हमला

चुनौतिहरूको चाङमा: कान्छा प्रधानमन्त्री !

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु – प्रधानमन्त्री कार्की

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com