ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाबाट एकैदिन ५ जनाको मृत्यु , देशभर संक्रमितको संख्या २१ हजार ३ सय ९० पुग्यो


एबीसी न्यूज
श्रावण २१, २०७७ बुधबार  ६ : ४७ बजे

काठमाडौं, २१  साउन । कोरोना भाइरसको संक्रमणबाट नेपालमा एकैदिन पाँच जनाको मृत्यु भएको छ । पर्सा र मोरङमा दुई–दुई जना र काठमाडौंमा एक जनाको मृत्यु भएको हो ।यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६३ पुगेको छ । पर्सामा दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१५ भिश्वाका ४६ बर्षीय पुरुष र पोखरिया नगरपालिका–८ कि १८ बर्षीया युवतीको मृत्यु भएको हो ।

वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालमा उपचारका क्रममा ४६ बर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताउनुभयो । २० गते स्वास्थ्यमा समस्या भएपछि राति साढे १० बजेतिर अस्पताल भर्ना भएका उनमा खोकी र ज्वरो थियो । अक्सिजन दिँदा पनि स्वास्थ्यमा सुधार भएन र विहान मृत्यु भयो ।
यस्तै १९ गते मृत्यु भएकी पोखरिया नगरपालिका–९ कि १८ वर्षीया युवतीमा कोरोना संक्रमाण पुष्टि भएको छ । झाडावान्ता भएपछि उनलाई सोमबार नेशनल मेडिकल कलेज लगिएको थियो । तर इमर्जेन्सीमा पुग्नासाथ चित्किसकले मृत घोषणा गरे ।

स्वाब संकलन गरेर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उपाध्यायले जानकारी दिनुभयो। मृतकको घर पोखरिया–८ जगतपुर हो । उनी बिरामी हजुरआमाको स्याहारका लागि पोखरिया–९ सिमरवारी स्थित मामा घरमा बस्दै आएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चन्द्र सिंहले बताउनुभयो । मोरङमा कोशी अस्पताल, विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका विराटनगरका पुरुष र अस्पताल ल्याउनेक्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासका अनुसार बुधबार दिउँसो दुबै जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

रंगेली नगरपालिका– ८ दर्बेसाका ४५ वर्षीय पुरुषको भने बुधबार बिहान अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि विराटनगर ल्याउने क्रममा बिहान १०ः३० बजे मृत्यु भएको थियो । कोरोनासँग मिल्ने लक्षण भएकाले स्वाब संकलन गरेर कोशीको प्रयोगशालामा परीक्षण गर्दा संक्रमण पुष्टि भएको छ । बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत कोभिड–१९ को संक्रमितको पनि मृत्यु भएको छ ।

सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । मनमोहन अस्पतालबाट बलम्बु रिफर भएकी उनलाई कोरोना संक्रमण भएको १९ गते पुष्टि भएको थियो । उनलाई उनलाई निमोनियाका साथै स्क्रब टाइफससमेत भएको थियो ।

यसैवीच अहिले देशभरी जम्मा ५ हजार ९ सय २५ जना संक्रमित उपचाररत रहेका छन । जसमा प्रदेश नम्बर १ मा ३ सय ३४, प्रदेश नम्बर २ मा २ हजार ४ सय २७, बागमती प्रदेशमा ७ सय १६ र गण्डकी प्रदेशमा २ सय ६३ जना संक्रमित उपचाररत रहेका छन । प्रदेश नम्बर ५ मा ३ सय ३५ , कर्णाली प्रदेशमा २ सय ९५ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ५५ जना उपचाररत रहेको प्रवक्ता डा. गौतमले बताउनुभयो ।

काठमाडौं उपत्यका भित्रिने विभिन्न नाकाहरुमा गरिएको परीक्षणमा ४० जनामा कोरोना पोजेटिभ देखिएको छ । उपत्यका भित्रिने साँगु, नागढुंगा र फर्पिङ नाकाबाट १० हजार ८ सय ५३ नमुना संकलन गरिएकोमा नागढुंगामा १६, साँगामा १३ र फर्पिङमा ११ जना गरी ४० जना जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताउनुभयो ।

मंगलबार नेपालमा थप २ सय ५९ जना संक्रमित थपिएका छन । ७ हजार ६ सय ८७ वटा पीसीआर परीक्षणमा मंगलबार २ सय ५९ जनामा पाजेटिभ देखिएको हो । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । आजसम्म पीसीआर विधिबाट ४ लाख ६ हजार ५ सय वटा परीक्षण भएका छन ।

मंगलबार ६५ जना संक्रमित उपचारपति निको भएर घर फर्किएका छन । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार २६ पुगेको छ । मंगलबार देशभरीका क्वारेन्टिनमा १० हजार ४ सय ५२ जना  रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

सम्बन्धित

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री पोखरेललाई

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

बालेनलाई प्रधानमन्त्री बनाउन पाउँदा गर्व लागेको छ, आलोपालो हुँदैन– रवि लामिछाने

कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

बालुवाटार निवासमा बालेनले गरे पूजा (तस्वीरहरू)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com