ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरगंजमा सुरक्षाकर्मीसहित ३४ जनामा कोरोना पुष्टि : ५० बेडको अस्पतालमा ६२ जना सङ्क्रमितहरुको उपचार


एबीसी न्यूज
श्रावण १४, २०७७ बुधबार  १ : ११ बजे

वीरगञ्ज १४ साउन। पर्सा जिल्लाको वीरगञ्जमा थप ३४ जनामा नोबेल कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पिसिआर ल्याबमा गरिएको परिक्षणमा थप ३४ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

नारायणी अस्पतालको पीसीआर ल्याबमा २ सय ७४ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो । नयाँ थपिएका सङ्क्रमित २ देखि ६५ वर्ष उमेरका रहेका छन् भने नेपाल प्रहरीका प्रहरी जवान, नेपाली सेनाका सैनिक र कैदीबन्दीमासमेत सङ्क्रमण दिएको छ।

‘२ देखि ६५ वर्ष उमेरका ३४ जनामा कोरोना संक्रमण देखिएको छ, जसमध्ये ५ जना बालबालिका र १० जना महिला छन्,’ डा. उपाध्यायले भन्नुभयो । क्वारेन्टिनमा बस्दै आएका, कन्ट्याक्ट ट्रेसिङ र पेड पिसिआर परिक्षण गराएकाहरुमा पनि सङ्क्रमण दिएको देखिएको उहाले बताउनुभयो ।

सङ्क्रमितमध्ये २० जना वीरगञ्ज महानगरपालिकावासी रहेका छन् । उनिहरु वीरगञ्ज महानगरपालिकाको वडा नं ९, ५, ४, ११ श्रीपुर, आदर्शनगर, बेल्वा, भिस्वा, सिर्सियाका बासिन्दा हुन् । त्यसैगरी नेपाली सेनाका १ जना, नेपाल प्रहरीका ३ जना, कैदीबन्दी ६ जना, कारागारका कर्मचारी २ जना, स्वास्थ्यकर्मी १ जना र आफैंले पैसा तिरेर पीसीआर परीक्षण गराएका १ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको डा उदयनारायण सिंहले बताउनुभयो ।

उहाले वीरगञ्जमा सञ्चालित कोभिड अस्थायी अस्पताल गण्डकमा सिमित बेड भएकोले थपिएका सङ्क्रमितहरुलाई अस्पताल भर्ना गर्न नसकिएको बताउनुभो । यसअघि थपिएका ४८ जना सङ्क्रमितपनि होम आइसोलेसनमा बस्दै आएका छन् ।

‘थप आइसोलेसनको व्यवस्था नहुँदा थपिएका नयाँ सङ्क्रमित घरमै बस्न बाध्य छन्,’ मेसु डा. उपाध्यायले भन्नुभयो , ‘छिट्टै आइसोल्सन व्यवस्था नभए स्थिति गम्भीर हुनसक्छ ।’ होम आइसोलेसनमा सङ्क्रमितहरु बस्दा सङ्क्रमण फैलन जोखिम थप बढ्ने चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् ।

होम आइसोलेसनमा मापदण्ड पूरा नहुँदा परिवारजनमा समेत सङ्क्रमणको जोखिम बढ्ने जनरल फिजिसियन डा. घनश्याम यादवले बताउनुभयो । वीरगंज स्थित रहेको गणडक कोभिड हस्पिटल जम्मा ५० बेड क्षमता भएको गण्डक कोभिड अस्थ्यायी अस्पतालमा हाल ६२ जना सङ्क्रमितहरुको उपचार चलिरहेको अस्पतालका इन्चार्ज डा. उदय नारायण सिंहले बताउनुभयो ।

जसमध्ये पाँच जना आईसीयुमा छन् भने आठ जनालाई त्रिजुद्ध स्कुलको क्वारेन्टिनमा राखिएको छ । त्यसैगरी पाँच जना पर्सागढीको क्वारेन्टिनमा, ३ जना सखुवाप्रसौनीको क्वारेन्टिनमा र १ जना ठोरीको क्वारेन्टिनमा राखिएका छन् । वीरगञ्ज वाहेक जिल्लाका अन्य पालिकाहरुले आइसोलेसन बनाउँन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

बर्दिवास मेडिकल कलेज खारेज : बालेनको गृह जिल्ला महोत्तरीमा आगो !

सम्बन्धित

रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश

ओलीको रिहाइको माग गर्दै आज तेस्रो दिन पनि एमालेको प्रदर्शन: नेतृत्वमा चार सचिव

कोशीका सांसदहरूसँग प्रधानमन्त्रीले लिए क्षेत्रगत समस्याको ब्रिफिङ

ब्रिज कोर्स हटाउने निर्णयबाट मन्त्रालय ब्याक भएको हो ?

पक्राउ परेका पूर्वमन्त्री खड्का पनि अस्पताल भर्ना

ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीश मेघराज र कुमारको इजलासमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com