ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरगंजमा सुरक्षाकर्मीसहित ३४ जनामा कोरोना पुष्टि : ५० बेडको अस्पतालमा ६२ जना सङ्क्रमितहरुको उपचार


एबीसी न्यूज

वीरगञ्ज १४ साउन। पर्सा जिल्लाको वीरगञ्जमा थप ३४ जनामा नोबेल कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पिसिआर ल्याबमा गरिएको परिक्षणमा थप ३४ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

नारायणी अस्पतालको पीसीआर ल्याबमा २ सय ७४ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो । नयाँ थपिएका सङ्क्रमित २ देखि ६५ वर्ष उमेरका रहेका छन् भने नेपाल प्रहरीका प्रहरी जवान, नेपाली सेनाका सैनिक र कैदीबन्दीमासमेत सङ्क्रमण दिएको छ।

‘२ देखि ६५ वर्ष उमेरका ३४ जनामा कोरोना संक्रमण देखिएको छ, जसमध्ये ५ जना बालबालिका र १० जना महिला छन्,’ डा. उपाध्यायले भन्नुभयो । क्वारेन्टिनमा बस्दै आएका, कन्ट्याक्ट ट्रेसिङ र पेड पिसिआर परिक्षण गराएकाहरुमा पनि सङ्क्रमण दिएको देखिएको उहाले बताउनुभयो ।

सङ्क्रमितमध्ये २० जना वीरगञ्ज महानगरपालिकावासी रहेका छन् । उनिहरु वीरगञ्ज महानगरपालिकाको वडा नं ९, ५, ४, ११ श्रीपुर, आदर्शनगर, बेल्वा, भिस्वा, सिर्सियाका बासिन्दा हुन् । त्यसैगरी नेपाली सेनाका १ जना, नेपाल प्रहरीका ३ जना, कैदीबन्दी ६ जना, कारागारका कर्मचारी २ जना, स्वास्थ्यकर्मी १ जना र आफैंले पैसा तिरेर पीसीआर परीक्षण गराएका १ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको डा उदयनारायण सिंहले बताउनुभयो ।

उहाले वीरगञ्जमा सञ्चालित कोभिड अस्थायी अस्पताल गण्डकमा सिमित बेड भएकोले थपिएका सङ्क्रमितहरुलाई अस्पताल भर्ना गर्न नसकिएको बताउनुभो । यसअघि थपिएका ४८ जना सङ्क्रमितपनि होम आइसोलेसनमा बस्दै आएका छन् ।

‘थप आइसोलेसनको व्यवस्था नहुँदा थपिएका नयाँ सङ्क्रमित घरमै बस्न बाध्य छन्,’ मेसु डा. उपाध्यायले भन्नुभयो , ‘छिट्टै आइसोल्सन व्यवस्था नभए स्थिति गम्भीर हुनसक्छ ।’ होम आइसोलेसनमा सङ्क्रमितहरु बस्दा सङ्क्रमण फैलन जोखिम थप बढ्ने चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् ।

होम आइसोलेसनमा मापदण्ड पूरा नहुँदा परिवारजनमा समेत सङ्क्रमणको जोखिम बढ्ने जनरल फिजिसियन डा. घनश्याम यादवले बताउनुभयो । वीरगंज स्थित रहेको गणडक कोभिड हस्पिटल जम्मा ५० बेड क्षमता भएको गण्डक कोभिड अस्थ्यायी अस्पतालमा हाल ६२ जना सङ्क्रमितहरुको उपचार चलिरहेको अस्पतालका इन्चार्ज डा. उदय नारायण सिंहले बताउनुभयो ।

जसमध्ये पाँच जना आईसीयुमा छन् भने आठ जनालाई त्रिजुद्ध स्कुलको क्वारेन्टिनमा राखिएको छ । त्यसैगरी पाँच जना पर्सागढीको क्वारेन्टिनमा, ३ जना सखुवाप्रसौनीको क्वारेन्टिनमा र १ जना ठोरीको क्वारेन्टिनमा राखिएका छन् । वीरगञ्ज वाहेक जिल्लाका अन्य पालिकाहरुले आइसोलेसन बनाउँन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com