ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेलम्ची दुर्घटनामा खानेपानी मन्त्रीलाई दोष किन ?


एबीसी न्यूज

काठमाडौं । लामो प्रतिक्षापछि राजधानीबासीको धारामा मेलम्चीको पानी आउनै लागेको बेला केहि दिन पहिले एउटा दुखद दुर्घटना भयो । जसले गर्दा मेलम्ची आयोजना र खानेपानी मन्त्रालयप्रति धेरैले आशंका, आरोप र प्रश्नहरु तेस्र्याए । यदि त्यो दुर्घटना नभएको भए अहिलेसम्म मेलम्चीको पानी काठमाडौ आउने प्रक्रिया धेरै अघि बढिसकेको हुने थियो ।

मेलम्चीको पानी परीक्षणको क्रममा भएको दुर्घटनामा दुई व्यक्तिको मृत्यु भयो र केहि घाइते पनि भए । तर यो घट्ना हुने बित्तिकै यसलाई राजनीतिकरण गर्ने प्रयास समेत गरियो । आयोजना निर्माणको क्रममा पूरै आयोजनाको कामको गुणस्तरमा समेत गम्भीर प्रश्न उठाइयो । र, यसको सम्पूर्ण दोषी र जिम्मेवार खानेपानी मन्त्री बिना मगर भएको भनेर केहि मिडियामा समाचारहरु पनि आए । बास्तवमा सो घटना हुनुको पछाडिको कारण के थियो ? मेलम्ची जस्ता सुरुङ मार्गका आयोजनामा यस्ताखाले दुर्घटना घट्नु स्वाभाविकै हो ? या यो हुनै नसक्ने घटना भएको हो ? कतिपयले यो खानेपानी मन्त्री बिना मगरले हतार हतारमा आफूले जस लिन पानी परिक्षणको कार्य चाँडो चाँडो गराएको आरोप पनि लगाए । काम ढिला हुँदा किन ढिलो भयो भनेर मन्त्रीमाथि बारम्बार प्रश्न उठाउनु र अर्कोतिर जस लिन हतार हतारमा काम सम्पन्न गर्न लगाएको भन्ने आरोपहरु पनि लगाईनु आफैंमा विरोधाभाष छ ।

खानेपानीको अभावमा बर्षौं बिताएका र वर्षौंदेखि मेलम्चीतिर आफ्नो आँखा सोझ्याएर बसिरहेका राजधानीबासीका लागि मेलम्चीको पानी ल्याउन हतार गर्नु या सम्बन्धित पक्षलाई प्रेसर दिनु के खानीपानी मन्त्रीको अपराध हो ? या त्यसो गर्नु स्वभाविक हो ? सो दुखद दुर्घटनाका कारण अव मेलम्चीको पानी पाउन राजधानीबासीले अरु कति समय प्रतिक्षा गर्नुपर्ने हो ? बास्तवमा परिक्षण गरिनु भनेको कमी कमजोरी पत्ता लगाउनका लागि नै हो । ताकि कहि कतै कमजोरी या प्राविधिक त्रुटी पाइयो भने त्यसलाई समयमै समाधान गर्न सकियोस् ।

कसरी भयो दुर्घटना ?

बास्तवमा दुर्घटना जहिले पनि आकस्मिक हुने गर्छ, नियोजित बाहेक । अहिलेसम्म प्राप्त सबै तथ्य अध्ययन गर्दा मेलम्चीमा भएको दुर्घटना पनि आकस्मिक नै हो । मेलम्चीको सुरुङ परीक्षण गर्ने क्रममा असार ३० गते अचानक आयोजनाको मुहानस्थल हेलम्बु गाउँपालिका वडा १ अम्बाथानस्थित १७ नम्बर गेट खुल्दा ईन्जिनियर सतिस गोईत सहित अन्य चार जनालाई पानीले बगाएको थियो । जसमध्ये ईन्जिनियर सतीश कुमार गोइतको दुर्घटनामा ज्यान गयो । मेलम्चीको पानी चाँडै उपत्यकाबासीको धारामा पु¥याउने पवित्र उद्देश्य राखेर गरिएको काममा अचानक धक्का लाग्न पुग्यो ।

पानीको भेलले बगाएका कारण सवारी चालक राधाकृष्ण थापामगर अझै बेपत्ता भएका छन् भने घटनामा घाईते भएका इञ्जिनियर शेखर खनाल र प्राविधिक पेमादोर्जे तामाङको उपचार भईरहेको छ । नेपाल र सशस्त्र प्रहरीको सहयोगमा सवारी चालक थापामगरको खोजी कार्य तीव्र पारिएता पनि हालसम्म कुनै सूचना प्राप्त हुन नसकेको अवस्था छ ।

दुर्घटना हुनु र त्यसमा कसैको ज्यान जानु ज्यादै नै दुखद कुरा हो । दुर्घटनाको खास कारण के थियो ? सम्बन्धित मन्त्रालयले यसको छानविन गरिरहेको छ । र सायद केहि दिनपछि नै त्यसबारेमा सत्य तथ्य बाहिर आउने छ । विज्ञसहितको टिमले छानविन गरिरहेकाले त्यस सम्बन्धमा धेरै टिप्पणी गर्नुको अर्थ छैन । यो घटनाले आयोजनामा केहि ढिलाई अवश्य भएको छ तर पनि आयोजनाले आफ्नो काम सुचारु नै राखेको छ । दुर्घटनामा ज्यान गुमाएका इन्जिनियर गोइतको परिवारमा परेको पिडा र क्षतिलाई हामीले त महशुस मात्रै गर्न सक्छौं । तर त्यो अपुरणीय क्षतिले परिवारलाई बहुतै ठूलो पिडामा पारेको छ । यस्तो अवस्थामा उनीहरुको परिवारको पिडामा सम्बन्धित पक्षले मल्हम लगाउने प्रयास गर्न जरुरी छ । र,उनको परिवारलाई आवश्यक क्षतिपुर्ति या अरु के गर्न सकिन्छ त्यो गर्नै पर्छ । केही दिन अघि खानेपानी मन्त्री बिना मगरले मृतकका परिवारलाई क्षतिपूर्ति र बीमाको रकम उपलब्ध गराउन आयोजना र ठेकेदार कम्पनीलाई निर्देशन दिईसक्नुभएको छ ।

यस्तो छ प्राविधिक पाटो

विज्ञहरुका अनुसार राष्ट्रिय गौरवको मेलम्ची आयोजनामा घटेको दुखद घटनालाई प्राविधिक पाटोबाट पनि हेर्नुपर्छ । हाल आयोजना निर्माणको जिम्मेवारी लिएको सिनो हाइड्रोले सुरुङ परीक्षणको काम अघि बढाएको अवस्थामा त्यो दुर्घटना भएको हो । जुन ठाउँमा दुर्घटना भयो, त्यसको निर्माण जिम्मेवारी सब कन्ट्रयाक्टरको रुपमा भारतीय कम्पनी प्रेसिजन इन्प्राटेकले लिएको थियो । आयोजनामा भएको कामको परीक्षणको अवस्थामा दुर्घटना भयो । परीक्षण भनेकै काम कस्तो भयो, कमजोरी केही छ कि भनेर पत्ता लगाउनका लागि गरिने कार्य हो ।

यहाँ त्यही कमजोरी पत्ता लगाउने क्रममा दुर्घटना भयो । धेरैले दुर्घटना बाँध फुटेर, नट बोल्ट फुस्केर भएको जस्ता अनेक खाले प्रचार गरिरहेका छन् । तर, यसका प्राविधिक पाटाहरुलाई केलाएर दुर्घटना यसरी भएको हो भनेर स्पष्ट पार्नेभन्दा पनि विभिन्न अनावश्यक विषय जोडेर प्रचार गरिएको छ ।

दुर्घटनाबारे विज्ञ प्राविधिक र जानकारहरुबाट मात्र आधिकारिक धारणा आउन सक्छ र अहिले भएका गल्ती कमजोरीहरु सुधारेर अघि बढनुको विकल्प छैन । यसको लागि सिनो हाइड्रो, प्रेसिजन, कन्सल्ट्यान्टको रुपमा रहेको स्पेनिस परामर्शदाता ईप्टिसाले थप अध्ययन र जोखिम न्यूनीकरणका लागि अध्ययन गरिरहेको छ । तर, आकस्मिक दुर्घटनालाई मन्त्री र मन्त्रालयसँग मात्रै पुर्वाग्रही ढंगले जोडेर आयोजनालाई थप ढिलाईतर्फ धकेल्न खोजिएको छ ।

दुर्घटनालाई न्युनीकरण गर्दै मेलम्चीको काम आज सकिएको अवस्थामा पुगेको छ । मेलम्चीको काम सकिएर पानी परीक्षण गर्ने क्रममा जुन किसिमको दुर्घटना भयो त्यो घटनाले मन्त्रालय र आयोजना सबैलाई स्तब्ध बनाएको छ । दक्षिण एसियाकै सबभन्दा ठूलो टनेलका रुपमा मेलम्चीको टनेललाई लिने गरिएको छ । यति ठूलो टनेल निर्माणको काम सम्पन्न भएर आज काठमाडौं उपत्यका बासीको घर घरमा पानी आउने स्थितिमा अचानक भएको यस किसिमको दुर्घटनालाई मन्त्रालयले निकै गम्भीर रुपमा लिएको छ । आगामी दिनमा यस्तो दुर्घटना नहोस् भनेर मन्त्री मगरले आयोजनाका ईन्जिनियर, प्राविधिक लगायतका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

सुरुङ इन्जिनियरहरुका अनुसार सुरुङमा पानीको बहावबाट हुने दुर्घटना, पहाड फुटाउँदा , टनेलभित्रको पानी हटाउँदा , ढुंगा खसेर हुने , प्राविधिक गडबडीको कारण हुने धेरै प्रकारका दुर्घटनाहरु हुन सक्छन् । मेलम्चीको पछिल्लो दुर्घटना भने प्राविधिक गडबडीको क्रममा भएको दुर्घटना मान्नुपर्ने विज्ञहरुको मत छ । यसो भन्दैमा दुर्घटना हुनु सही भन्ने कुनै पनि दृष्टिकोणसँग सहमत हुन सकिन्न । तर, यो दुर्घटनालाई अनेक राजनीतिक र विविध रंग पोतेर जसरी प्रचार गरिएको छ, त्यो चाहि पक्कै पनि न्यायोचित नहोला ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com