ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘अस्तव्यस्त व्यवसायलाई माथि उकास्ने मौद्रिक नीति चाहियो’– व्यवसायी (भिडियोसहित)


एबीसी न्यूज
असार २९, २०७७ सोमबार  २ : ०५ बजे

https://www.youtube.com/watch?v=xNxpSdSt6vM

काठमाडौ, २८ असार । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको ड्राफ्टको अन्तिम तयारी हुदैछ । कोभिड–१९ का कारण नेपालको अर्थतन्त्रमा बहुपक्षीय प्रभाव परिहेको अवस्थामा उद्योगी व्यवसायीका मागलाई सम्बोधन गर्नेगरी मौद्रिक निती बनाउन लागेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि निमित्त मौद्रिक नीति बनाउने कामलाई तिब्रता दिइरहेको छ । हरेक क्षेत्रबाट आएका सल्लाह र सुझावलाई मनन गर्दै अर्थतन्त्रलाई कसरी माथि उकास्न सकिन्छ भनेर राष्ट्र बैंकले छलफल र सुझाव लिइरहेको छ ।

नेपाल उद्योग व्यवसायी महासंघ वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा तीन महिनाको लकडाउन र अहिलेको आंशिक लकडानले अर्थतन्त्र पुरै बिरामी परेकोको बताउछन् । गोल्छाले बजेटले केही मात्रामा राहत दिएको भए पनि त्यति राहतले उद्योगी व्यवसायीलाई नपुगेको बताउनुभयो । अब आउने मौद्रिक निती उद्योगी व्यवसायीको लागि महत्वपुर्ण भएको उल्लेख गर्दै मोद्रिक नितीले अहिले राहत दिन सक्यो भने मात्र चाडौ रिकर्भर हुन सक्ने पुग्ने गोल्छाले बताउनुभयो ।

कोभिडको कारण सार्वजनिक यातायात, हवाई सेवा, पर्यटन होटल, रेस्टुरा“, मनोरञ्जन क्षेत्रका व्यवसाय मारमा छन् । अर्थतन्त्रलाई चलायमान बनाउने मुख्य सूचकहरु समस्यामा परिहेका कारण अब आउने मँैद्रिक नीति धेरैको आशा र भरोसाको बिषय समेत बनेको छ । थला परेको अर्थतन्त्रलाई माथि उठाउनका लागि मौद्रिक नीतिले साना उद्योगी, कृषि उद्योगीदेखि तल्लो स्तरका व्यवसायीहरुलाई समेत समेट्ने गरी आउनु पर्ने नेपाल चेम्बर अफ कमर्समा बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लको धारणा छ । उद्योगीले उद्योगमा लगानी गरेर स्वावलम्वी बन्ने मौद्रिक नीति आवश्यक रहेको मल्लले बताउनुभयो।

लकडाउनको कारण धेरै बैंकको व्याजदरले निजीक्षेत्रका उद्योगी ब्यवसायीहरु मर्कामा परिरहेका छन । बैंक तथा वित्तीय संस्थाबाट ल्याएको बैंकको किस्ता समेत तिर्न सकिरहेको छैनन् । बैंकहरुले उद्योगी व्यवसायीसंग ताकेता गर्न थालेका छन् । यस्ता समस्या समाधान गर्ने ढंगले मौद्रिक नीति आउनु पर्ने धैरै उद्योगीहरुको माग छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले अहिलेको अर्थतन्त्रको अवस्थालाई मौँद्रिक नीतिले सम्बोधन गर्ने आश्वासन दिनुभयो। आर्थिक पुनउत्थान गर्नेतर्फ केन्द्रित भएर मौद्रिक नीति ल्याउन राष्ट्र बैंक जुटेको भट्टको भनाइ छ । तरलतालाई सहजीकरण गरेर, ब्याजदरलाई एउटा तहमा राखेर अर्थतन्त्रलाई गतिशील बनाउने मैद्रिक नीति ल्याउने भट्टले बताउनुभयो । कोभिड–१९ को महामारीपछि अर्थतन्त्रमा देखिएको समस्यालाई कसरी पुरानै अवस्थामा ल्याउन सकिन्छ भनेर मौद्रिक नीतिमा जोड दिइएको भट्टले जोड दिनु भएको छ । विगत वर्षलाई हेर्ने हो भने बजारमा तरलताले अर्थतन्त्रमा उतारचढाव आउने गरेको थियो । जसको कारण कर्जा प्रवाह समेत प्रभावितको समस्या थियो तर अबको मौद्रिक नीतिले तरलता र ब्याजदरमा स्थिरता कायम राख्नु पर्ने व्यवसायीको माग छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

सम्बन्धित

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com