ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने प्रतिवेदन कसले बनाएको हो पहिचान गरी कारवाही गछौं – परराष्ट्रमन्त्री


एबीसी न्यूज
असार १५, २०७७ सोमबार  २ : १२ बजे

काठमाडौं, १५ असार । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने प्रतिवेदन कसले कहाँ बनाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताउनुभएको छ ।

राष्ट्रियसभामा समय लिएर बोल्दै मन्त्री ज्ञवालीले चीनसँग हुँदै नभएको सीमा विवादका विषयमा भ्रमक प्रतिवेदन कहाँबाट सार्वजनिक भयो भन्ने विषयमा अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले तथाकथित प्रतिवेदनसँग सम्बन्धित व्यक्तिको पहिचान गरी कारवाहीको दायरामा ल्याइने बताउनुभयो । भारतसँग सीमा विवादका कारण पश्चिमको त्रिदेशिय सीमा स्तम्भ कायम नभएको बाहेक चीन सँगै कुनै ठाउँमा पनि सीमा समस्या नभएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘कसरी प्रायोजित ढंगले समाचारहरु आए ? दुई देशको सम्बन्धलाई गम्भिर प्रभाव पार्ने यस्ता खालका फेक न्यूजहरु कसरी कुन कारखानाबाट आए ? कसरी सर्कुलेट भए ? भन्ने कुराहरु गम्भिर रुपमा लिएका छौँ । त्यो सो कल्ड प्रतिवेदन कहाँ उत्पादन भयो भन्ने कुराको खोजी गरिरहेका छौ । तथाकथित स्रोतसँग सम्बन्धित व्यक्तिलाई कानूनी कारवाहीमा ल्याउने छौँ ।’’

भौगोलिक विकटताका कारण ३७ र ३८ नम्बर सीमा रेखा निर्माण नगर्ने सहमति दुबै देशबीच बनेको उहाँले बताउनुभयो । अहिले सगरमाथाको उचाई घोषणा गर्ने तयारी नेपालले गरिरहँदा चीनले पनि नापेकोले दुबै देशबीच कुराकानी भइरहेको उहाँले बताउनुभयो । सन् २००६ भन्दा अगाडी ५७ र ६२ सीमा स्तम्भ हराएपनि त्यसपछि भएको संयुक्त निरीक्षणका क्रममा फेला परेको उहाँले बताउनुभयो ।

मन्त्री ज्ञवालीले गोरखाका रुई गाउँमा चीनले अतिक्रमण गरेको भन्ने विषयमा पनि स्पष्टिकरण दिनुभएको छ । सांसद प्रमिला कुमारीले रुई गाउँ नेपालको भएको प्रमाणित हुने दस्तावेज नेपालसँग भएपनि चीनले दावी गरिरहेको विषयमा के हो भन्दै प्रश्न गर्नुभएको थियो । मन्त्री ज्ञवालीले सीमाकंन हुनुभन्दा अगाडीको समयमा नै सानागाउँ र रुई गाउँका स्थानीयले लेक बेसी गर्ने गरेको उल्लेख गर्दै सीमाकंन भएपछि स्थानीयको स्वइच्छाले नै रुई गाउँका बासिन्दाहरु चीनतिर गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सानागाउँ र रुई गाउँमा परम्परादेखी नै औपचारिक सीमाकंन भएको अवस्थासम्म लेक बेसी भनेजस्तो खर्क बसाउने चलन थियो । सीमा छुट्याउने कुरा भएपछि सीमा स्तम्भ निर्माण गरेपछि त्यती बेला १ सय १० घर परिवारलाई तपाईहरु कतातिर रहने हो भनेपछि ६० ले उतातिर रुई (चीनतिर) र ४० यता (नेपाल) सामागाउँ तिर रहनेगरी बसोबास रोजे । पहिले देखि रहेका कागजातहरु कायमै रहेपनि त्यसले ठूलो कानूनी झमेला भएन् ।

जबरजस्ती कतैबाट अतिक्रमण भएको प्रश्न होइन् । स्वइच्छाले सीमा तोकेपछि कतातिर बस्ने भनिएको हो ।’’ मन्त्री ज्ञवालीले नेपाल भारतसमस्या कुटनीतिक वार्ता नै समाधान हुने बताउनभुएको छ । भारतसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गर्दै उहाँले वार्ताका लागि उपयुक्त समयको पर्खाइमा रहेको बताउनुभयो । मन्त्री ज्ञवालीले सीमा विवाद समाधान गरेर मात्रै विश्वासमा आधारित घनिष्ठ सम्बन्ध भारतसँग कायम गर्न सकिने बताउनुभयो । सीमा विवादको विषयले अन्य दुई देशको सामाजिक, आर्थिक सम्बन्धमा असर पार्न नहुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरान युद्ध : इरानको इस्पात उद्योगमाथि आक्रमण, क्षेत्रीय तनाव तीव्र

ओली-देउवाको छत्रछायाँमा भट्टको ‘कमिशन साम्राज्य’ जगदम्बाको ४५ करोडबाट ३ अर्ब ८१ करोडसम्मको विरासत (विस्तृत)

सम्बन्धित

प्रधानमन्त्रीको अफिसियल फोटो एक दिनमा दुईपटक जारी , के हटाइयो ?

दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

प्रहरीले जाँच गर्दा भागेका युवा कालीगण्डकीमा हाम फालेर बेपत्ता

लेबननमा भएको आक्रमणमा तीन जना शान्ति सैनिकको मृत्यु

कांग्रेस विभाजनको बाटोमा

संविधान संशोधनका लागि कार्यदल गठन, सदको दुवै सदनको अधिवेशन चैत १९ गते बोलाउन सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com