ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मलाई त कसैले HAPPY BIRTHDAY भन्नु भएन– छोरी उषाको मर्मस्पर्शी सम्झना


एबीसी न्यूज

काठमाडौं । आइतवार अर्थात असार १४ गतेका दिन जन्म जयन्ती मनाइरहँदा भण्डारी जीवित हुँदा कसैले जन्मदिनको शुभकामना नदिएको प्रशंग उल्लेख गर्दै जननेता भण्डारीकी छोरी उषा किरणले आफ्नो वुवाको जन्म दिनलाई यसरी सम्झेकी छन् ।

राष्ट्रपतिबाट वृक्षरोपण काठमाडौँ, १४ असार : राष्ट्रपति विद्यादेवी भण्डारीबाट जननेता मदन भण्डारीको ६९औँ जन्मजयन्तीका अवसरमा आइतबार अपराह्न शीतलनिवास परिसरमा वृक्षरोपण । सो अवसरमा उहाँले समी, तेजपातलगायत फलफूलका बोट रोप्नुभएको थियो । तस्वीर : राष्ट्रपतिको सचिवालय

 

मदन जन्मजयन्तीको पृष्ठभूमि –
“सानी छोरी निशाको जन्मदिनको प्रसंग पार्दै २०४९ साल असार १५ गते २०४८ सालको चुनावमा उहाँसंग हिंड्ने ८/१० जना साथीहरूलाई खाना खान बोलायौं । छोरीलाई जन्मदिनको शुभकामना दिने क्रम चलिरहेको बेला उहाँले हाँस्दै भन्नुभयो, ‘हिजो मेरो पनि जन्मदिन थियो नि ? मलाई त कसैले HAPPY BIRTHDAY भन्नु भएन।’ त्यतीबेला जन्मदिनको त्यति चर्चा हुँदैन थियो । हामीलाई एक अर्काको जन्मदिन थाहा थिएन । यो अघि जन्मदिनको प्रसंग उठेको थिएन, अर्कों बर्ष भनेर मैले सोंच, तर अर्को बर्ष २०५० साल जेठमा त्यो घटना घट्यो, २०५० असार १४ गते उहाँको ४१औ जन्मजयन्तीमा घरमा ४१ वटा गमलामा बिरुवा रोपेर जन्मजयन्ती मार्क गरें । अर्को साल ४२ औ जन्मजयन्तीमा ति बिरुवाहरू नेकपा (एमाल) को कार्यालयको प्रांगणमा सारेर असार १४ मार्क गरें।”– विद्यादेवी भण्डारी

निरन्तरता
यसपछि हरेक बर्ष बैचारिक छलफल, सामाजिक कार्यक्रमहरू (रक्तदान, बृक्षारोपण आदि गर्दै असार १४ गते मदन जन्मजयन्ती मनाईदै आइएको छ । त्यसो त मदन जन्मजयन्ती observe/mark गर्ने कुराले पनि आलोना criticism नपाएको होइन् । कम्युनिष्ट नेताको पनि जन्मजयन्ती मनाउँछन् र !? यो राम्रो काम होइन भनेर आमालाई ब्यंग्य, कटु बचन बोलिए । तर आमा प्रष्ट हुनुहुन्थ्यो । यहीं नेपालमा विश्वका कम्युनिष्ट नेताहरू कार्ल माक्र्स, लेनिन र माओको जन्मजयन्ती मनाउन हुने । तर आफ्नो नेताको जन्मजयन्ती मनाउन नहुने ? त्यसैले त्यस्ता हल्का टिकाटिप्पणी र कटु वचनको वास्ता नगरी उहाँले मदन जयन्ती मार्क गर्ने सिलसिला जारी राख्नु भयो । र मदन भण्डारी फाउन्डेसनले निरन्तरता दिएको छ ।
६९औं जन्मजयन्ती–
यसपाली कोरोना महामारीले गरेर स्थिति प्रतिकुल छ त्यसैले हामी (मदन भण्डारी फाउन्डेशनले) बिगतमा जस्तो बैचारिक कार्यक्रम र ठुला भेला आयोजना गरेका छैनौं । तर, रेडियो, टेलिभिजन, छापा र अनलाइन मिडियाबाट जननेताको विचारको बारेमा चर्चा कार्यक्रम हुँदैछ । ति कार्यक्रमका श्रोता र पाठक र दर्शक भएर यसपालीको असार १४ गते जन्मजयन्तीमा सहभागी हुन यहाँहरूलाई अनुरोध गर्दछु भन्दै उषा किरणले आफ्नो फेसबुक पेजमा लेखेकी छन् ।

धर्मपत्नी तथा राष्ट्रपति विद्यादेवी भण्डारीले भण्डारीको ६९औँ जन्मजयन्तीका अवसरमा शीतल निवास परिसरमा आइतबार अपराह्न वृक्षरोपण गर्नुभएको छ । उहाँले समी, तेजपात लगायत फलफूलका बोट रोप्नुभएकोे छ ।

राष्ट्रपतिबाट वृक्षरोपण काठमाडौँ, १४ असार : राष्ट्रपति विद्यादेवी भण्डारीबाट जननेता मदन भण्डारीको ६९औँ जन्मजयन्तीका अवसरमा आइतबार अपराह्न शीतलनिवास परिसरमा वृक्षरोपण । सो अवसरमा उहाँले समी, तेजपातलगायत फलफूलका बोट रोप्नुभएको थियो ।

जननेता मदन भण्डारीको ६९औँ जन्मजयन्तीलाई कोभिड १९ बाट सचेत हुँदै विभिन्न कार्यक्रम गरी साताव्यापी रुपमा मनाइँदै छ । विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि जनता बहुदलीय जनवादको कार्यक्रम प्रतिपादन गरी लोकप्रिय भएको भण्डारीको ३ जेठ २०५० मा दासढुंगा भएको जिप दुर्घटनामा परी निधन भएको थियो। भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो ।

राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन’ भन्ने भण्डरीको राजनीतिक दौडधूपकै क्रममा मृत्युवरण
आइतवार ‘मदन भण्डारी फाउण्डेशन’ले मध्यान्ह प्रधानमन्त्री निवास बालुवाटारमा एउटा कार्यक्रम सम्पन्न गर्यो । कार्यक्रममा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै देशभक्तहरुलाई जहिलसुकै चुनौति रहेको बताए ।

मदनको मार्गसिद्धान्त नेपाली राजनीतिको असाधारण उपयोगी भएको प्रधानमन्त्री ओलीको भनाइ ||Outlook PKG 1

जननेता मदन भण्डरीको जन्मजयन्तीको अवसरमा एबीस न्युज टेलिभिजननले असार ११ देखि १७ गतेसम्म साताव्यापी मदनको विचार र जीवनप्रति बहस तथा विशेष म्यागजीन कार्यक्रम र अन्तर्वार्ता मार्फत देश विदेशमा रहेका नेपालीलाई मदनको सम्झना गरको एबीसी मिडिया ग्रुपका अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कँडेलले बताए । कँडेलका अनुसार एबीसीले मदन भण्डारीका समकालीन योद्धा तथा सहयोगीहरुको अन्तर्वार्ता र मदनको जीवनी लगायतका विषयमा प्रधनमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता माधव नेपाल लगायतका नेता तथा विश्लेषकहरुसँग विशेष अन्तर्वार्ता प्रसारण गरिरहेको छ ।

यस वर्ष सार्वजनिकरुपमा बिभिन्न कार्यक्रम गर्न नसकेता पनि ६९ औ जन्मजयन्तीको अबसरमा कोभिडको कहरबाट जोगिदै विभिन्न कार्यक्रम गरियो । विश्व कम्युनिस्ट आन्दोलनले एकपछि अर्को धक्का खाइरहेको बेला चुनावी प्रक्रियाबाट कम्युनिस्ट पार्टीलाई लोकप्रिय बनाउने श्रेय, ‘जनताको बहुदलीय जनवाद’का प्रणेता भण्डारीलाई नै जान्छ ।

हो, त्यहीबेला विश्वप्रसिद्ध ‘न्युजविक’ ले लेख्यो, नेपालमा जन्मिए माक्र्स । पहिले राजनीतिमा प्रत्यक्ष जोडिन नचाहे पनि सांस्कृतिक एवं साहित्यिक गतिविधिमा मदन जोडिए । कलेज बिदामा मदन घरतिर लागे । त्यहीबेला मोदनाथ प्रश्रित मदनको घर खोज्दै मोरङ गए । त्यस पछिका दिनमा पटकपटक प्रश्रित मदनको घर पुगे । एकपटक जीवराज आश्रितसहित प्रश्रित मदनको घर पुगे । त्यो बेला मदनलाई राजनीतिक गतिविधिमा सक्रिय हुन आश्रित–प्रश्रितले आग्रह गर्दा, बुबाले जेठो छोरो जोगी बनेर हिँड्यो, लालाबाला धेरै छन् । यसैले घर हेर्नुपर्छ भने । मदन भण्डारीको अध्ययनशील, राजनीतिक चेतना र सामाजिक गतिविधिमा राखेको चासोले गर्दा स्थानीय साथीले पनि राजनीतिमा लाग्न प्रेरणा दिएका थिए ।

दार्शनिक चेत राख्ने भण्डारी इतिहासको गहिरो अध्ययनसहित समस्या समाधानको बाटो पहिल्याउने खुबी भएका नेता मानिन्छ । नेपाली राजनीतिमा चामत्कारिक ढङ्गले उदाएका मदनको भाषणमा जादुकला थियो । उखान टुक्का, लोककथा र वाक्पटुतापूर्ण भाषणकलाले युवा मन मस्तिष्कमा गहिरो छाप छाड्न सफल थिए । राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन’ भन्नुहुने मदन भण्डरीले राजनीतिक दौडधूपकै क्रममा मृत्युवरण गर्न पुगे ।

नेपाली शोषितपीडित जनता र नेपाल राष्ट्रको मुक्तिका निम्ति भण्डारी सक्रिय रहेको अबस्थामा उनलाई कम्युनिष्ट आन्दोलनबाटै विदा गर्ने षडयन्त्रको शिकार हुनु पर्यो ।
यतिखेर मदन आम नेपालीको माझ हुनुहुन्न, तर मदनको विचारले नेपाली कम्युनिष्ट आन्दोलनलाई रक्षा कवचको काम गर्दै मार्ग निर्देशन गरेको नेकपा अध्यक्षद्धयले नै बताएका छन्

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com