ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुन चरणमा पुग्यो कोरोना संक्रमण : कपिलवस्तुमा फैलिएको संक्रमणमा समस्या, दैलेखमा खतरा


एबीसी न्यूज

काठमाडौं, १५ असार ।   पछिल्ला साताहरुमा कोरोना संक्रमणको विस्तार तीव्र भएसँगै नेपालमा यसले समुदायस्तरमै महामारीको रुप लिन सक्ने जोखिम बढेको छ ।

स्वास्थ्य सतर्कता नअपनाउनु, क्वारेन्टाइन अव्यवस्थित हुनु र कन्ट्याक्ट ट्रेसिङ सही तरिकाले नहुनुले जोखिम बढाएको हो । संक्रमण यही क्रममा विस्तार हुने तर स्वास्थ्य सतर्कतामा कडाइ नगरिने हो भने समुदायमा फैलिने प्रबल सम्भावना रहेको विज्ञहरुले चेतावनी दिएका छन् । हालसम्म सरकारले कोरोना भाइरस संक्रमण समुदायमा नफैलिएको दाबी गर्दै आएको छ । केही विज्ञले भने यो संक्रमण विस्तारै समुदायमा फैलिने अन्तिम चरणमा रहेको बताएका छन् । सरकारी अधिकारी र जनस्वास्थ्य विज्ञहरूबीच नै फरक–फरक धारणा छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम कोरोना संक्रमण दोस्रो चरणमै रहेको बताउनु हुन्छ  ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वनिर्देशक डा. बाबुराम मरासिनी भने संक्रमण तेस्रो चरणमा गइसकेको हुन सक्ने बताउनुहुन्छ  । ‘सरकारले अहिलेसमेत दोस्रो चरणमै रहेको किन भन्छ, बुझ्न सकिएन,’ उहाँ भन्नु हुन्छ ‘केही समयपछि संक्रमण चौथो चरणमै जान सक्छ ।’ उहाका अनुसार चौथो चरण भनेको देशव्यापी महामारीका रूपमा कोरोना फैलिनु हो । बाहिरबाट कोरोना संक्रमित आएर घरका मान्छेमा सारे, त्यसपछि घरकाबाट छरछिमेकी र समुदायमा संक्रमण देखिन थाल्यो,’ डा. मरासिनीले भन्नुभयो, ‘हाल संक्रमण पकेट क्षेत्रमा गरी विभिन्न ठाउँमा देखिएको छ ।

उदयपुर, बाँकेमा देखिएको संक्रमण नियन्त्रण भयो । त्यसपछि कपिलवस्तुमा फैलिएको संक्रमणमा अझै समस्या देखिएको छ, दैलेखमा खतरा बढिरहेको छ ।’

‘क्वारेन्टाइनमा रहेकाको परीक्षण भएकाले बढी संक्रमण देखिएको हो,’ प्रवक्ता डा. गौतम बताउनुहुन्छ  । पहिला परीक्षण एकदमै कम र काठमाडौंमा मात्रै हुन्थ्यो । अहिले २३ ठाउँका प्रयोगशालामा परीक्षण भइरहेको छ । परीक्षण बढेकाले पनि संक्रमण धेरै देखिइरहेकोछ । अहिले मुलुकमा १२,७७२ जना कोरोना संक्रमित देखिए पनि समाजमा लुकेको केससमेत गरी यो एक लाखभन्दा बढी हुन सक्ने आशंकासमेत डा. ठाकुरले व्यक्त गर्नुभयो ।

डा. गौतमका अनुसार अहिले दिनहुँ भारतबाट २ हजारदेखि २ हजार ५ सय जनासम्म आइरहेका छन् भने अन्य देशबाट करिब १ हजारदेखि १ हजार ५ सय जना स्वदेश आइरहेका छन् । नेपालमा हाल संक्रमणको वृद्धिदर ८ प्रतिशत छ । विगत दुई साताको कोरोना परीक्षणमा एक सय नमुना जाँच्दा ८ देखि १० प्रतिशतसम्म पोजिटिभ केस देखिएको छ । कम परीक्षण गर्दा पनि संक्रमणको वृद्धिदर उल्लेख्य रहेकाले यो क्रम अझै बढ्ने चिकित्सकहरू बताउँछन् । ‘यसरी बढ्दै गयो भने साउन अन्त्यसम्म एक लाखभन्दा बढी संक्रमित हुन सक्छन्,’ डा. ठाकुरले भन्नुभयो । मुलुकमा कोरोना निको हुने दर हाल २३ प्रतिशत छ ।

विज्ञहरूले यो दर कम भएको बताउँदै आएका छन् । ‘हामीकहाँ बिरामीलाई निको बनाउने दर २३.५९ प्रतिशतमात्र छ, जुन धेरै कम हो, यसलाई न्यूनतम ५० प्रतिशतमा पुर्‍याउनुपर्छ,’ डा. ठाकुर भन्नुहुन्छ  । नेपालमा कोरोनाले हुने मृत्युदर ०.२२ प्रतिशत छ । कोरोनाका कारण सोमवारसम्म २८ जनाको मृत्यु भइसकेको छ । वृद्ध, दीर्घरोगी आदिमा कोभिड–१९ संक्रमण नदेखिएकाले मृत्यु दर खासै बढी नदेखिएको विज्ञहरूको तर्क छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले पनि देशभर लकडाउन छ । सरकारले हाल अत्यावश्यक नभएसम्म घरबाहिर ननिस्कन भनेको छ । यसमा पनि बूढापाका र कोरोना संक्रमणका जोखिममा रहेकाहरूलाई थप चनाखो हुन भनिएको छ । सार्वजनिक यातायात, स्कुल, कलेज आदि नखुलेकाले अहिले पनि संक्रमण अत्यधिक रूपमा बढ्न पाएको छैन । ‘चौथो चरणमा संक्रमण गएपछि नियन्त्रणको जतिसुकै प्रयास गरे पनि गाह्रो हुने देखिन्छ ।

त्यसैले सवैले जान्नुपर्ने कुरा के छ भने सवै सुरक्षित तरवले आफ्नो दैनिकलाई चलाउनु पर्छ र सार्वजनिक तथा निजी सबै संस्था र स्थानमा सरकारद्वारा निर्धारित जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को गाइडलाइन पालना गर्नुपर्छ । अनावश्यक आवागमन रोक्नुपर्छ । व्यक्ति–व्यक्तिबीच देखिएको संक्रमणको कडी तोड्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com