ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा


एबीसी न्यूज
असार १२, २०७७ शुक्रबार  १० : ३७ बजे


काठमाडौं, १२ असार । गृहमन्त्री रामबहादुर थापाले लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसार रोक्न आमसमुदायको सहकार्य आवश्यक भएको बताउनुभएको छ । प्रत्येक वर्ष जुन २६ (आज) मनाइने लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै गृहमन्त्री थापाले लागुऔषध दुरुपयोग रोक्न आफ्ना सन्तान र प्रियजनको शीघ्र शुद्धीकरण र सुमधुर पारिवारिक पुनःस्थापनामा जोड दिनुभएको छ ।

कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार सँगसँगै लागुऔषध दुरुपयोग रोकथाम तथा नियन्त्रणको कार्यमा आआफ्नो क्षेत्रबाट गरिएका प्रयासको उहाँले प्रशंसा गर्दै धन्यवाद दिनुभएको छ । ‘लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरुद्ध सबै निकाय एवं आमसमुदायको साथ र सहयोगका लागि अपिलसमेत गर्दछु’, मन्त्री थापाले सन्देशमा भन्नुभएको छ ।

लागुऔषध दुरुपयोगको विश्वव्यापी रुपमा बढ्दो चुनौती सामना गर्न संयुक्त राष्ट्रसङ्घ महासभाबाट घोषणा भई विगत तीन दशकदेखि यो दिवस मनाउन थालिएको हो । आज सारा विश्व र मानव समुदाय नै कोभिड–१९ सङ्क्रमणको महामारीसँग जुधिरहेको छ । संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालयले तथ्य र साझा दायित्वमा आधारित समाधान खोज्नुपर्नेमा जोड दिएको छ ।

नेपालमा पनि वर्षेनि विविध कार्यक्रमको आयोजना गरी देशव्यापीरुपमा यो दिवस मनाउने गरिएकोमा कोभिड–१९ सङ्क्रमणबाट उत्पन्न जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्ने सन्दर्भमा यो वर्ष दिवसका औपचारिक कार्यक्रम गर्न नसकिएको गृहमन्त्रालयले जनाएको छ । यद्यपि कोभिड–१९ को सङ्क्रमणबाट लागुऔषध रोकथाम तथा नियन्त्रणको क्षेत्रमा संलग्नमा समेत ठूलो प्रभाव परेका कारण महामारीबाट सुरक्षित रहँदै लागुऔषध दुरुपयोग र यसको कारोवार नियन्त्रणका कार्य भइरहेको मन्त्री थापाले बताउनुभएको छ । मन्त्रालयबाट उपचार तथा पुनःस्थापना केन्द्र तथा अन्य सेवा केन्द्रबाट सेवा प्राप्त गरिरहेका व्यक्तिको दैनिक जीवनयापनमा कोभिडले पारेको प्रभाव न्यूनीकरणमा निरन्तर सहजीकरण भइरहेको सन्देशमा उल्लेख छ ।

मन्त्री थापाले सन्देशमा मन्त्रालयले प्रतिकूल अवस्थामा लागुऔषध कारोवारमा संलग्नले नयाँ मार्ग र विधिको प्रयोग गरी तस्करीका गतिविधि बढाउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यसको प्रभावकारी नियन्त्रणका लागि आवश्यक रणनीति अवलम्बन गरिरहेको उल्लेख गर्नुभएको छ । यसको अझ प्रभावकारी रोकथाम, नियन्त्रण र उपचार सेवाका लागि सबैको सामूहिक प्रयास भने अपरिहार्य छ ।

नेपालमा लागुऔषध दुरुपयोग रोकथाम र नियन्त्रण कार्यलाई प्रमाणमा आधारित एवं सूचित नीति र कार्यक्रममार्फत सम्बोधन गर्नुपर्ने कुरालाई मध्यनजर गरी नेपाल सरकारले यसै वर्ष नेपाल लागुऔषध प्रयोगकर्ताको सर्वेक्षण गरिसकेको छ । दिवसको अवसरमा लागुऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणको कार्यमा मन्त्रालय प्रतिबद्ध रहेको जनाउँदै यसको नियन्त्रणमा साझा जिम्मेवारी रहेकोसमेत उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com