ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डिएपी मलको छैन अभाव


एबीसी न्यूज
असार ११, २०७७ बिहीबार  ११ : ५५ बजे

विराटनगर, ११ असार ।  पूर्व क्षेत्रमा किसानलाई वर्षे धानबाली लगाउन प्रारम्भमा चाहिने रासायनिक मल डिएपीको अभाव नरहेको बताइएको छ । प्रदेश नं १ का १४ जिल्ला तथा प्रदेश नं २ का सिरहा र सप्तरीका किसानलाई साल्ट ट्रेडिङ लि र कृषि सामग्री संस्थान कार्यालय विराटनगरले उपलब्ध गराउँदै आएको रासायनिक मलमध्ये साल्ट ट्रेडिङ कार्यालय विराटनगरमा अहिले १९ हजार ८२० बोरा डिएपी मौज्दात रहेको कार्यालय प्रमुख राधेश्याम चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार किसानले मागे जति डिएपी मल उपलब्ध गराइएको छ । केही दिनभित्र थप एक लाख बोरा डिएपी आउने भएकाले किसानलाई यो मलको अभाव हुँदैन । डिएपी मल किसानले धान रोप्ने समयमा खेत तयार गर्दा हाल्ने मल हो । यसको प्रतिबोरा मूल्य रु दुई हजार १५० निर्धारण गरिएको भए पनि किसानले केही छुट हुने व्यवस्था पनि गरिएको छ ।
यसैगरी किसानलाई आवश्यक पर्ने एसएसपी मल पनि १२ हजार ३०४ बोरा मौज्दात रहेको प्रमुख चौधरीले बताउनुभयो रासायनिक मल उपलब्ध गराउने कृषि सामग्री संस्थान विराटनगरमा डिएपी मल १७९ मेट्रिक टन, पोटास १४२ मेट्रिक टन र कृषि चुन तीन दशमलव ६५० मेट्रिक टन मौज्दात रहेको बताइएको छ ।
संस्थानका कर्मचारी नवरत्न सुवेदीले कार्यालयका लागि दुई हजार ५०० मेट्रिक टन डिएपी केही दिनभित्र प्राप्त हुने र थप दुई हजार मेट्रिक टन आउने भएकाले किसानलाई अभाव नहुने जानकारी दिनुभयो । कार्यालयले पूर्व क्षेत्रमा मोरङको विराटनगर, इलाम, झापाको बिर्तामोड, धनकुटा, सुनसरीको इटहरी, सप्तरीको राजविराज, सिरहाको लहान र उदयपुरको गाईघाट कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ ।
यस्तै कृषि सामग्री संस्थान विराटनगरमा मलखाद भण्डारण गर्ने दुई ठूला गोदाम वर्षात्का कारणले पानी प्रवेश गरी नष्ट हुने भएकाले स्तरोन्नति गर्ने काम तीव्र गतिमा भइरहेको छ । धरान –विराटनगरको छ लेनको सडक निर्माण भइरहेको र साविकमा निर्माण भएको गोदाम सडकभन्दा गहिरो पर्न गएकाले चौरमा पानी जम्ने समस्या पनि निर्माण सम्पन्न भएपछि समाधान हुने जनाइएको छ । अहिले दुवै कार्यालयमा युरिया मल छैन । बाली लगाइएको केही समयपछि मात्र किसानले धानबालीमा युरिया मल हाल्ने भएकाले यसको पनि अभाव नहुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरान युद्ध : इरानको इस्पात उद्योगमाथि आक्रमण, क्षेत्रीय तनाव तीव्र

ओली-देउवाको छत्रछायाँमा भट्टको ‘कमिशन साम्राज्य’ जगदम्बाको ४५ करोडबाट ३ अर्ब ८१ करोडसम्मको विरासत (विस्तृत)

सम्बन्धित

एसईई भोलिदेखि, एक महिनाभित्रै रिजल्ट

प्रधानमन्त्रीको अफिसियल फोटो एक दिनमा दुईपटक जारी , के हटाइयो ?

दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

प्रहरीले जाँच गर्दा भागेका युवा कालीगण्डकीमा हाम फालेर बेपत्ता

लेबननमा भएको आक्रमणमा तीन जना शान्ति सैनिकको मृत्यु

कांग्रेस विभाजनको बाटोमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com