ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश १ का ४० जना कोरोना संक्रमित डिस्चार्ज : किन लुकाउदै छ मन्त्रालय निको हुनेको संख्या ?


एबीसी न्यूज

काठमाडौं, ४ असार ।   प्रदेश १ बाट ४० जना कोरोना संक्रमित निको भएर बिहीबार डिस्चार्ज भएका छन् । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजको आइसोलेसनबाट ४० जना फूलगुच्छा बोकेर घर फर्किएका हुन् ।

पछिल्लो पटक गरिएको पीसीआर जाँचको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । कोरोना जितेर डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरङका ९ र भोजपुरका ४ जना छन ।

उनीहरु १५ देखि ४७ वर्ष उमेर समूहका छन् । गोठगाउँमा आइसोलेसन सञ्चालन भएपछि राखिएका मध्ये पहिलो पटक ४० जना डिस्चार्ज भएका हुन । ४० जना डिस्चार्ज भएपछि अस्पतालमा अब ८५ जना संक्रमित उपचाररत छन् । कोरोना जित्नेहरुलाई विदाई गर्दै प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरेले प्रदेश १ मा कोरोना नियन्त्रणमा आउने क्रममा रहेको दाबी गर्नुभयो । बिहीबार घर फर्किएकाहरु २२ जेठदेखि २६ जेठमा अस्पताल भर्ना भएका थिए ।

बिहीबार ४० जना डिस्चार्ज भएसँगै प्रदेश १ मा कोरोना जितेर घर फर्किनेको संख्या २ सय २४ पुगेको छ । संक्रमितको संख्या ४ सय १७ छ । उपचाररत मध्ये २९ जना कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर, ८५ जना पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ र ७८ जना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमति गर्ने पत्रकार सम्मेलनमा भने निको भएर जानेहरुको संख्या एकिन दिने गरेको छैन ।

आजमात्र निको भएर जानेहरुको सम्वन्धी अस्पतालहरुले जनाए अनुसार

विराटनगरबाट ४० जना कोरोना संक्रमित डिस्चार्ज

गण्डक कोभिड अस्पतालबाट ८ जना

बुधबार एकै दिन १५२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छ्न् । दैलेखको महाबु गाउँपालिकामा रहेको आइसोलेसन सेन्टरबाट १०६, नारायण क्याम्पसमा रहेको आइसोलेसन र जिल्ला अस्पताल दैलेखबाट ४३ जना, प्रदेश अस्पताल सुर्खेतबाट तीन जना निको भएर घर गएका हुन् । योसँगै कोरोनामुक्त भएर घर जानेको सङ्ख्या कर्णालीमा ४९४ पुगेको छ ।

रुपन्देहीको सैनामैना नगरपालिकाको आइसोलसनमा रहेका १७ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । नगरपालिकाका स्वास्थ्य प्रमुख हेमराज पन्थीले कोरोना संक्रमण देखिएका तर कुनै लक्षण नभएकालाई आइसोलेसनमा राखिएकाको परिक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताउनुभयो ।

सरकारले पिसीआर नेगेटिभ आएमा १५ दिन कटाएर पठाउन सक्ने निर्देशिका बनाए अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको पन्थीले बताउनुभयो । सैनामैनाले आइसुलेसनमा १७ दिन बसालेर अबको एक हप्ता घरमा सामाजिक दुरी सहित बस्ने शर्तमा उनीहरुलाई डिस्चार्ज गरेको हो ।

यि संख्या २ दिनको प्रतिनिधीमूलकमात्र हो अन्य जिल्लाबाट धेरै निको हुनुभएको छ तर मन्त्रालय दैनिक ९ जना निको भएको दावी गरेको छ । कोरोन संक्रमितको संख्या बढि देखाउदा अन्तराष्टि सहयोगको अपक्षा हो या जनमानसमा त्रास फैलाउन हो यो बारे मन्त्रालयले तत्काल सोच्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

स्तनपानका फाइदाहरू शिशुहरूमा मात्र होइन, क्यान्सर उपाचारमा उपयोगी

बीएमआईको सट्टा एक नयाँ विकल्प  शरीर गोलाई सूचकांक (BRI)

ओमान नामिबियासँग १०९ रनमै अलआउट

कोरोनाको नयाँ भेरियन्टबाट कसरी जोगिने ? विज्ञ के भन्छन् ?

वीर अस्पतालमा ७ सय शय्या निःशुल्क गर्ने सरकारको निर्णय

भारतबाट ल्याइरहेको सामान जाँच गर्दा प्रहरीमाथि आक्रमण, ४ जना घाइते, अस्थायी बिट ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com