ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विषादी अवशेष परीक्षण केन्द्रलाई रु तीन करोड विनियोजन


एबीसी न्यूज
असार ४, २०७७ बिहीबार  ८ : ५७ बजे

दमौली, ४ असार ।गण्डकी प्रदेश सरकारले तनहुँको आँबुखैरेनी गाउँपालिका र स्याङ्जाको मालुङ्गामा स्थापना भएको दु्रत विषादी अवशेष परीक्षण केन्द्रलाई स्रोत साधन सम्पन्न बनाउन बजेट विनियोजन गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रस्तुत गर्नुभएको बजेट भाषणअनुसार ती दुई केन्द्रलाई रु दुई करोड ९९ लाख बजेट विनियोजन भएको छ ।

गत वर्ष स्थापना भएको परीक्षण केन्द्रलाई पशुपंक्षी रोग नियमन गर्ने प्रयोगशालाको रुपमा समेत सञ्चालन गर्ने गरी आगामी आर्थिक वर्ष २०७७र७८ मा बजेट विनियोजन गरिएको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

तरकारीलगायत खाद्यान्नमा हुने विषादी न्यूनीकरण गर्दै विषादीरहित तरकारी प्रदेशभित्र भित्र्याउने उद्देश्यले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशको नाकामा विषादी अवशेष दु्रत विश्लेषण प्रयोगाशाला स्थापना गरेको थियो । आँबुखैरेनीमा स्थापना भएको परीक्षण केन्द्रबाट प्रदेश भित्रिने तरकारीमा विषादी भएरनभएको परीक्षण गर्दछ ।

कार्यालयका निमित्त प्रमुख एवं प्राविधिक सहायक दिनाकर आचार्यले तरकारीको गाडी बढी मात्रामा रातिको समयमा चल्ने भएकाले रातिको समयमा प्रयोगशालामा काम हुने गरेको जानकारी दिनुभयो । “प्रदेश भित्रिने तरकारी गाडीलाई रोकेर नमूना लिई प्रयोगशालाबाट परीक्षण गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “प्राविधिक कर्मचारीको कमी हुँदा एक्लैले भने काम गर्न अप्ठ्यारो हुने गरेको छ ।”

उहाँका अनुसार प्रयोगशालाबाट २० मिनेटभित्रै रिपोर्ट आउने गरेको छ । “तरकारीमा विषादी नभेटिए २० मिनेटभित्रै रिपोर्ट दिएर तरकारी लैजानका लागि अनुमति दिन्छौँ, विषादीयुक्त तरकारी ढुवानीका लागि अनुमति हुँदैन”, उहाँले भन्नुभयो । परीक्षण केन्द्रमा स्थायीरुपमा जनशक्ति नभए पनि मन्त्रालयले केही कर्मचारी भने खटाएको छ । आँबुखैरेनीस्थित इलाका प्रहरी कार्यालय अगाडि भाडाको घरमा सञ्चालित प्रयोगशालामा गण्डकी प्रदेश भित्रिने कुखुरा, माछा, मासु तरकारीलगायतका खाद्य पदार्थ परीक्षण गर्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हर्मुज जलडमरू बलपूर्वक खोल्ने तयारीमा युएई : लडाइँमा सामेल हुन तयार

समानान्तर गतिविधि चलाउने समूहलाई कांग्रेसले गरायो सचेत

सम्बन्धित

रामबहादुर थापालाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयप्रति १४ संगठनको सामूहिक विरोध

गालीगलौज तथा बलात्कारको धम्की दिनेविरुद्ध अमिशा पराजुलीले दिइन् साइबर ब्युरोमा उजुरी

यस्तो छ एमालेको नजरमा चुनावी हारका २० कारण (पूर्णपाठ)

प्रहरी परिसरमा लेखकको बयान सुरू

एसईई भोलिदेखि, एक महिनाभित्रै रिजल्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com