
काठमाडौं, २ असार । मंगलबार नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कुल संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको हो ।
पछिल्लो २४ घण्टामा थप ११७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ११५८ पुगेको छ।
कुल संक्रमितमध्ये १९ जनाको मृत्यु भएको छ। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ।








प्रतिक्रिया दिनुहोस्