ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वार्ताका लागि कूटनीतिक कौशलता देखाऔँ – नेताहरु


एबीसी न्यूज
जेष्ठ ३१, २०७७ शनिबार  ८ : ०० बजे


काठमाडौं, ३१ जेठ ।  प्रतिनिधिसभाका सदस्यले दार्चुलाका लिपुलेक, कालापानी र लिम्पियाधुरासहित अद्यावधिक गरिएको नेपालको वास्तविक नक्शा निशान छापमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) २०७७ ’ मा इतिहासमै अभूतपूर्व एकता कायम भएको प्रतिक्रिया दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको दुई तिहाइभन्दा बढी मतले उक्त विधेयक पारित गरेको थियो ।

बैठकबाट बाहिरिने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राजनीतिक विषयमा विभिन्न माग राखे पनि राष्ट्रियताका विषयमा सबै राजनीतिक दल एक हुनु नेपालको मौलिक पहिचान भएको बताउनुभयो । उहाँले नेपालको यो एकतालाई विश्वले नै सिक्नुपर्ने विचार पत्रकारसमक्ष राख्नुभयो ।

“आज त्यस्तै खालको एउटा महत्वपूर्ण दिन कायम भएको छ, यसबाट सरकारले हालै बनाएको विज्ञ समूहले सङ्कलन गरेको प्रमाणका आधारमा भारतसँग दृढताका साथ वार्ताको टेबलमा उभिन सहयोग पुग्छ”, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य भट्टराईले भन्नुभयो ।

ऊर्जा, सिंचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनले आजको राष्ट्रिय एकताले भारतलाई वार्तामा बस्न दवाव पर्ने विश्वास व्यक्त गर्नुभयो । नेकपाका नेता पुनले नेपालले वार्ताको आवश्यक तयारी गरिरहेको स्मरण गराउँदै भारतलाई समेत वार्ताका लागि औपचारिक जानकारी दिइसकिएको जानकारी दिनुभयो ।

पत्रकारसँग कुरा गर्दै नेपाली काँग्रेसका नेता गगनकुमार थापाले आज एउटा सङ्कल्प गर्ने दिन भएको बताउनुभयो । सांसद थापाले सिङ्गो देश एक ठाउँमा उभिएका बेला यो एकताले भूमि फिर्ता ल्याउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “राष्ट्रिय मुद्दामा आज मात्रै होइन आगामी दिनमा पनि यस्तै एकता हुने सन्देश मिलेको छ”, उहाँले भन्नुभयो, “वार्ता गर्न तयार नभएको भारतलाई वार्तामा आउनका निम्ति अब कूटनीतिक कौशलताको खाँचो छ”, उहाँले भन्नुभयो ।

काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले सन् १८१६ को सुगौली सन्धिअनुसार नेपालको सम्पूर्ण भूमि नक्शामा अटाएकामा खुशी व्यक्त गर्दै अब तथ्य र प्रमाणका आधारमा दुवै देशबीचको सम्बन्ध सुमधुर कायम हुने गरी तत्कालै वार्ताको टेबलमा बस्नुपर्ने औँल्याउनुभयो ।
आजको प्रतिनिधिसभा बैठकले दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक आजको प्रतिनिधिसभा बैठकबाट दुई तिहाइभन्दा बढी मतले पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विज्ञापन बोर्ड र न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज हुँदै

नेपाल एयरलाइन्सको पश्चिम एसियामा आजदेखि तीन दिन विशेष उडान

सम्बन्धित

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै, बादलको अभिव्यक्तिबारे छलफल हुने

२२ वर्षीया युवतीको मृत्यु प्रकरण: घटना अनुसन्धान गर्न टोली गठन

त्रिभुवन विमानस्थलमा गृहमन्त्री सुधन गुरुङको छड्के अनुगमन

हनी ट्र्यापमार्फत ६ करोडभन्दा बढी असुलको आरोप : टिकटकर तुलसा अधिकारीसहित १० जनाविरुद्ध मुद्दा

ओली थप २ दिन हिरासतमा रहने

बादलको व्यंग्य : रास्वपाको ‘जितका लागि’ सेना, विदेशी शक्ति र सरकारी संरचना जलाउनेलाई बधाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com