ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाकाली सम्झौता गर्दा प्रस्तावनामा सुगौली सन्धिको क्षेत्रअधिकार भन्दा पछाडी धकेल्ने बेइमानी भयो – नेता यादव


एबीसी न्यूज
जेष्ठ ३१, २०७७ शनिबार  ३ : २५ बजे

काठमाडौं, ३१ जेठ । । जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले नेपाल भारतको सीमा समस्या समाधानका लागि वार्तामार्फत् समस्याको समाधान गर्नुपर्ने बताउनुभएको छ ।

उहाले आज संविधान संसोधन विधेयकमाथिको दफावार छलफलका क्रममा महाकाली सम्झौता गर्दा प्रस्तावनामा सुगौली सन्धिको क्षेत्रअधिकार भन्दा पछाडी धकेल्ने बेइमानी भएको बताउनु भएको छ । सुगौली सन्धी अपमानजनक रहेको भन्दै काली नदि सीमा मानिएको र काली नदि भनेको महाकाली नदि नै भएको उल्लेख गरेको भन्दै पश्चिमतर्फ आफ्नो दाबी छाड्ने विषय उल्लेख बताउनुभयो ।

महाकाली सन्धीले महाकाली नदी साझा नदी भएको उल्लेख गरिएको भन्दै त्यसमा संलग्न सबैले माफी माग्नुपर्ने समेत उहाले बताउनुभयो ।
नेता यादवले सदनै प्रश्न गर्दै ‘ महाकाली सन्धी गर्दा नदीको मुहान किन टुंगो नलगाएको छ । नेपालको नक्सामा रहेको चुच्चो कसको पालामा किन गायव भयो । संसदलाई जानकारी चाहियो । नक्साको प्रमाण खोज्न सरकारले हिजोमात्रै कमिटि गठन गरेर उल्टो बाटो हिडेर कहाँ पुगिन्छ ।’उहाले भन्नुभयो । पहिलो राष्ट्रिय एकता यहाँ खोज्नुपर्छ । संक्रिणतावादी भावना त्याग्नुस । विगत ६० वर्षदेखि कालापानी क्षेत्रमा सैनिक व्यारेक राखिएको छ । चीन र भारतबीचमा समेत लिपुलेकका विषयमा समझदारी भएको छ । त्यसबेलादेखि बनेका सरकारले किन ध्यान नदिएको भन्दै उहाले प्रश्न गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शैक्षिक सत्र सुरू हुनुअघि भर्ना नलिन र चर्को शुल्क नअसुल्न मन्त्रालयको निर्देशन

आपतकालीन अवस्थामा सेनाबाट अपेक्षित सहयोग नभएपछि राजीनामा दिएँ– ओली

सम्बन्धित

इरानद्वारा खसालिएको अमेरिकी लडाकु विमानका बेपत्ता पाइलटको खोजी तीव्र

काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न निर्णय

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com