ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छानविन गरौं छलफल गरौं तर भ्रामक कुरा नगरौं – अर्थमन्त्री डा. खतिवडा


एबीसी न्यूज
जेष्ठ २९, २०७७ बिहीबार  ६ : १२ बजे

काठमाडौं, २९ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट निर्माणका क्रममा करका विषयहरु चुहावट भएको भए छानविन गर्न सकिने बताउनुभएको छ ।

संघीय संसद प्रतिनिधिसभाको बुधबारको बैठकमा ‘आर्थिक विधेयक २०७७’ माथिको सामान्य छलफलका क्रममा सांसदहरुले उठाएका प्रस्नको जवाफ दिदै विद्युतिय सवारीको कर बढाउने विषयमा चुहावट भए नभएको छानविन गर्न सकिने बताउनुभयो ।

विधेयक माथिको सामान्य छलफलका क्रममा सांसदहरुले बजेट सार्वजनिक हुनुभन्दा पहिले नै विद्युतिय सवारी साधनमा कर बढाउने विषय चुहावट गरिएको भन्दै प्रश्न गरेका थिए । अर्थमन्त्री खतिवडाले जेठ १ गते देखि ७ गते सम्म ७५ वटा र १६ गते सम्म १९ वटा विद्युतिय गाडि भन्सारबाट छुटेको र कुनैपनि व्यवसायीक घरनाको प्रभावमा परी कर बढाउने विषय चुहावट नभएको स्पस्ट पार्नुभयो ।

उहाँले करको चुहावट गरी विद्युतिय गाडि छुटाइएको भन्दै अर्थमन्त्रालको व्यवसायीकता र व्यक्तिको चरित्रसँग जोडेर भ्रामक कुरा नगर्न आग्रह गर्नुभयो । उहाँले करको विषय कसैले चुहाएको रहेछ भने त्यसलाई छानविन गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो ‘जेठ १ देखि ७ गतेको बीचमा ७५ वटा गाडि आए, त्यसपछि १६ गते १९ वटा गाडि आएर समग्रमा ९३ वटा गाडि आए त्यहीबेला १ सय ७९ वटा पेट्रोलियमका गाडि पनि छुटे ।

यसलाई कुनै व्यक्तिको निष्ठासँग जोडेर अर्थमन्त्रालयको व्यवसायीकतासँग जोडेर व्यक्तिको चरित्रसँग जोडेर यसरी ब्याख्या गर्दा अन्याय पनि त हुँदो हो नी । यसको सबै विवरणहरु सिस्टममा छ अर्थमन्त्रालयको गाडिको विवरण सबै । माननिय सदस्यहरलाई म देखाइदिन्छु कुन कुन दिन कति गाडि छुटेका छन भनेर । भ्रम नफैलाऔं यथार्थ कुरा त्यही नै हो । यदि जेठ ७ गते अगाडि नै करको विषयमा कसैले चुहायो भने त्यो पनि छानविन गरौं छलफल गरौं तर भ्रामक कुरा नगरौं ।’

अर्थमन्त्री खतिवडाले करका अंकहरु परिवर्तन जेठ १४ गते राति मात्रै हुने भएकाले चुहावट हुने कुनै ठाउँ नरहेको बताउनुभयो । उहाँले आफ्नो दुई दशक लामो राजनीतिक जीवनमा कुनै व्यवसायीक घरानाको लागि काम नगरेको र अवपनि नगर्ने स्पस्ट पार्नुभयो । उहाँले बजेट आउनु भन्दा अघि पेट्रोलियम पदार्थबाट चल्ने गाडिहरु १ सय ७९वटा छुटेको बताउनुभयो । १४ गते दिउसो २ वटा विद्युतिय गाडि मात्रै छुटेकाले सयौं गाडि छुट्यो भन्ने भ्रममा नपर्न समेत अर्थमन्त्री खतिवडाले आग्रह गर्नुभयो ।

चक्लेटमा कर घटाइएको विषयमा पनि अर्थमन्त्री खतिवडाले प्रष्टिकरण दिुनएभएको छ । उहाँले अहिलेको संसद एमसीसी र चक्लेटमय बनेको भन्दै त्यस्तो प्रकारले बहस गर्न जरुरी नरहेको बताउनुभयो । उहाँले अघिल्लो वर्षहरुमा चक्लेटमा ३० प्रतिशत रहेको भन्सार दर चालु आर्थिक वर्षको बजेटमा ४० प्रतिशत गरिएको र अन्तशुल्क र भ्याट गर्दा इफेक्टिभ रेट ६६ प्रतिशत पुगेकोले यसपटक पुनः समायोजन गरिएको स्पस्ट पार्नुभयो । अहिले पनि ५४ प्रतिशत इफेक्टिभ रेट रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘चालु आर्थिक वर्षको बजेटमा हामीले ४० प्रतिशत गरेका थियौं ।

५ प्रतिशत अन्तशुल्क र १३ प्रतिशत भ्याट गर्दा इफेक्टिभ रेट ६६ प्रतिशत हुन गयो । खाद्य वस्तु हो ६६ प्रतिशत किन पुरानै दर ल्याऔं भनेर ३० प्रतिशतमा ल्याएको हो । अनि यो भन्दा अगाडि ३० प्रतिशतमा राख्ने सबै अर्थमन्त्रीले कुनै समूहसँग मिलेर गरेका हुन त ? यस्तो पनि प्रश्न गर्नुहुन्छ माननिय सदस्यहरुले । यो आफैमा के नगर्ने काम भयो मैले केहीपनि बुझेको छैन् । एमसीसी र चक्लेट मय बनेको छ यो संसद् यो नगरौं भन्ने मेरो अनुरोध हो ।’

अर्थमन्त्री खतिवडाले संसदमा उठेका सबै विषयहरु सरकारले ध्यान दिएर सुन्ने र करका दरहरुमा विकृति, समस्या वा चुहावट भए सुझाव स्वीकार हुने बताउनुभयो । उहाँले करका विषयहरुलाई व्यक्तिको निष्ठा र कुनै व्यवसायीक घरानासँग जोडेर हेर्ने काम नगर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

सम्बन्धित

New Politics, Old Habits: Balen Shah’s Kitchen Cabinet Fuels Cronyism Debate

इरानद्वारा खसालिएको अमेरिकी लडाकु विमानका बेपत्ता पाइलटको खोजी तीव्र

काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न निर्णय

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com