
काठमाडौं, २९ जेठ । सरकारले सार्वजनिक यातायात तत्काल नचलाउने निर्णय गरेको छ । निजी सवारी साधान सञ्चालनमा भने सहज हुने भएका छ । उपत्यकाभित्र जोर विजोर लागू गरेर निजी सवारी सञ्चालन गर्न दिइनेछ । गाडीमा चालक बाहेक दुई जना बस्न पाइनेछ भने मोटरसाइकलमा चालक मात्र हुनुपर्ने र उपत्यका बाहिरको हकमा जिल्लाभित्र निजी सवारी सञ्चालन गर्न निणर्य भएको सरकारका प्रवत्ता युवराज खतिवडाले जानकारी दिनुभयो ।







प्रतिक्रिया दिनुहोस्