ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकी प्रदेशमा कोभिड–१९ सङ्क्रमित १४५ पुगे


एबीसी न्यूज
जेष्ठ २८, २०७७ बुधबार  ९ : ०७ बजे

कास्की, २८ जेठ । गण्डकी प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या १४५ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान जारी गरेको विज्ञप्तिअनुसार पछिल्लोपटक थप एक जनामा कोरोना पुष्टि भएको हो ।

नवलपरासी ९बर्दघाट सुस्तापूर्व०, देवचुली नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष ४० का पुरुषमा सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि स्थापना गरिएको उच्चस्तरीय समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

सङ्क्रमितलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनकक्षमा लैजाने तयारी भइरहेको र यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १४५ पुगेको उहाँले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये १३९ पुरुष र छ महिला छन् । हालसम्म गण्डकीका मनाङ र मुस्ताङबाहेक अन्य नौ जिल्लामा कोभिड–१९ सङ्क्रमित फेला परेका छन् ।

स्याङ्जामा ३८, बागलुङमा ४०, नवलपरासी बर्दघाट सुस्तापूर्वमा ३५, गोरखामा ११, पर्वतमा नौ, कास्कीमा पाँच, तनहुँ र म्याग्दीमा तीनरतीन तथा लमजुङमा एक जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये स्याङ्जाका एक जनाको मृत्यु भएको छ । गत चैत १५ गते बाग्लुङका एक १९ वर्षीया किशोरीमा पहिलोपटक सङ्क्रमण फेला परेको थियो । सङ्क्रमितमध्ये तीन उपचार गराएर निको भएपछि घर फर्किएका हुन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

कास्कीमा पहिलोपटक कोभिड–१९ पुष्टि भएका ६० वर्षीय एक पुरुषको सम्पर्कमा आएका ३९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । गत जेठ २० गते पोखरास्थित आफ्नै निवासमा अचेत अवस्थामा फेला परेका ती पुरुषलाई यहाँस्थित गण्डकी मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि हेलिकोप्टरबाट काठमाडौँ लगिएकामा राजधानीमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो ।

पेशाले कानून व्यवसायी तथा प्राध्यापक रहेका सङ्क्रमितलाई अस्पताल लैजाँदा उनको सम्पर्कमा पोखराका धेरै प्रतिष्ठित व्यक्तिसमेत पुगेको र पछि उनमा कोभिड–१९ पुष्टि भएपछि त्रास फैलिएको थियो । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा तथा प्रदेश स्वास्थ्य निर्देशनालयले सङ्क्रमितको कन्टयाक्ट ट्रेसिङ गरी ३९ को पिसीआर परीक्षण गरेकामा मङ्गलबार साँझ सबैको रिपोर्ट नेगेटिभ आएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

सम्बन्धित

परराष्ट्रमन्त्रीलाई बेइजिङको शुभकामना सन्देश

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा

२१ सदस्यीय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन (नामावलीसहित)

अर्थमन्त्रीले भने– सेयर बजारमा आतंकित पार्ने काम भयो, आत्तिनु पर्दैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com