ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छिमेकीसँग संवादबाट समस्याको समाधान गर्नुपर्छ – राजदूत पाण्डे


एबीसी न्यूज
जेष्ठ २५, २०७७ आईतबार  १० : ०४ बजे


काठमाडौं २५ जेठ । चीनका लागि नवनियुक्त नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले छिमेकी मुलुकसँगका सबै समस्या आपसमा बसेर संवादका साथ सार्वभौम र समानताका आधारमा समाधान गर्न सकिने बताउनुभएको छ । नुवाकोट सरोकार समाजले आज आफूलाई बधाई र शुभकामना दिन आयोजना गरेको कार्यक्रममा राजदूत पाण्डेले चीन र भारत दुवै छिमेकी तथा सबै मित्रराष्ट्रसँग सम्मानपूर्ण व्यवहार नेपालको प्राथमिकता रहेको उल्लेख गर्दै नेपालले राष्ट्रहित, राष्ट्रको आवश्यकता र जनताको भावनालाई सम्बोधन गर्ने गरी कूटनीतिक सम्बन्ध विस्तार गर्ने स्पष्ट गर्नुभयो ।

“कूटनीतिमा तथ्यमा आधारित भएर सत्य खोज्ने र वैज्ञानिक ढङ्गबाट समाधान गरिन्छ । त्यसकारण हामीले छिमेकीहरुसँग मित्रवत्रुपमा संवादबाट सबै समस्याको समाधान गरी ती मुलुकको आर्थिक प्रगतिबाट लाभ लिने योजना बनाउनुपर्छ ”, गत वैशाख ५ गते राजदूतमा नियुक्त पूर्वपरराष्ट्रमन्त्री पाण्डेले भन्नुभयो, “नेपाल कुनै पनि मुलुकको विरोधी होइन तर हामीलाई कसैले धक्का दिन खोजेमा पछि हट्नु हुँदैन । मुलुकको समृद्धिका लागि हामीले योजनामा मात्र नभई व्यवहारमा काम गरेर देखाउनुपर्ने बेला आएको छ ।”

कार्यक्रममा नुवाकोट क्षेत्र नं २ बाट निर्वाचित सङ्घीय सांसद नारायणप्रसाद खतिवडाले यसअघि नेपाल र चीनबीच भएका नेपालको हित हुने सम्झौताको कार्यान्वयनका लागि नवनियुक्त पाण्डेलाई भूमिका निर्वाह गर्न तथा नेपाल, भारत र चीनको त्रिदेशीय सीमाको समस्या समाधान गर्नका लागि पहल गर्न सुझाव दिनुभयो ।

नुवाकोट क्षेत्र १ बाट निर्वाचित सङ्घीय सांसद हितबहादुर तामाङले नेपाललाई दुई ढुङ्गाबीचको तरुल भनेर दिइने संज्ञा हीनताबोधी भएको जनाउँदै हामी आफ्नो हितका लागि कसैसँग झुक्न नहुने बताउनुभयो ।

बाग्मती प्रदेशसभाका सदस्यद्वय बद्री मैनाली र कल्पना नेपाली, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, नुवाकोटका जिल्ला समन्वय समितिका संयोजक सन्तमान तामाङ, सरोकार समाजका अध्यक्ष रामशरण प्याकूरेल, समाजका महासचिव अनुजकुमार श्रेष्ठ, सचिव विनोद न्यौपाने, सदस्य आरएम डङ्गोललगायतले राजदूत पाण्डेको कार्यकाल सफलताको कामना गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

सम्बन्धित

परराष्ट्रमन्त्रीलाई बेइजिङको शुभकामना सन्देश

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा

२१ सदस्यीय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन (नामावलीसहित)

अर्थमन्त्रीले भने– सेयर बजारमा आतंकित पार्ने काम भयो, आत्तिनु पर्दैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com