ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकैदिन १०२ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या ४ सय ६७ पुग्यो


एबीसी न्यूज

काठमाडौं, २५ जेठ । देशका विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत १ सय २ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। २ महिला र एक सय जना पुरुषहरु डिस्चार्ज भएका हुन । निको हुनेहरुमा धरानबाट १२ जना व्यक्तिहरु डिस्चार्ज भएका छन्। सबै झापा ठेगाना भएका उनीहरु १०औँं दिनमा डिस्चार्ज भएका हुन्।

कलैया अस्पताल बाराबाट ३४ जना डिस्चार्ज भएका छन्। युनिफाइड कोभिड अस्पताल बलम्बु काठमाडौंबाट महोत्तरीका एक जना र गौर नर्सिङ होमबाट अस्पताल रौतहटबाट १८ जना डिस्चार्ज भएका छन्। सबै रौतहटका उनीहरु १८ देखि २० दिनमा संक्रमणमुक्त भएर घर फर्किएका छन्।

बुटवलबाट कपिलबस्तु र रुपन्देहीका २७ जना डिस्चार्ज भएका छन्। उनीहरु १३ देखि २७ दिनको अवधिमा संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन्।

दाङ कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० जना बाँके, बर्दिया, दाङ र कपिलबस्तुबाट संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

यसरी हालसम्म प्रदेश १मा ९१, प्रदेश २मा १८६, बागमती प्रदेशमा ३२ र गण्डकी प्रदेशमा ३ जनाले कोरोना संक्रमण जितेका छन्। त्यसैगरी, प्रदेश ५ मा १३३ र कर्णाली प्रदेशमा ९ मा सुदुरपश्चिम प्रदेशमा १३ जनाले कोरोना संक्रमण जितेका छन्।  जसमा हालसम्म ३९९ पुरुष र ६८ महिला गरी ४६७ जनाले कोरोना संक्रमण जितेका छन्।

आइतबार नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार २०९ जना पुरुष र ४ जना महिलामा संक्रमण देखिएको हो।

आज थपिएका २१३ सहित नेपालमा संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिए। जसमा ३ हजार २ सय १२ पुरुष र २ सय ३६ जना महिला छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com