ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोसी अस्पतालमा उपचाररत आठ सङ्क्रमित कोरोनामुक्त


एबीसी न्यूज
जेष्ठ ७, २०७७ बुधबार  १ : ४९ बजे


विराटनगर, ७ जेठ  ।  विराटनगरस्थित कोसी अस्पतालअन्तर्गत कोभिड उपचार केन्द्रमा उपचाररत आठ जनाले कोरोना परास्त गर्नुभएको छ । उदयपुरको भुल्के क्षेत्रका तीन जना नागरिकसहित भुल्केस्थित मस्जिदमा सङ्क्रमित देखिएका पाँच जना भारतीय नागरिक कोरोना भाईरसमुक्त हुनुभएको हो ।

डिस्चार्ज हुनेहरूमा गत वैशाख ५ गते भर्ना गरिएका भारतीय नागरिक मो. सबिर, मो. सलौना, अहमद साइद, सलमान खान र मोरिस खान हुनुहुन्छ । यसैगरी उदयपुर भुल्केका इद्रीश मियाँ (५२), गुड्डु आलम (१८) र मुस्ताकी (६६) रहेको अस्पताल व्यवस्थापन संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।

उदयपुरका तीनजना नागरिकमा वैशाख ९ गते सङ्क्रमण पुष्टि भएको थियो । उहाँहरूको पछिल्लो परीक्षणमा लगातार दोस्रो रिपोर्ट नेगेटिभ आएपछि चिकित्सकको सुझाव अनुसार डिस्चार्ज गरिएको हो । डिस्चार्ज भएकाहरूमध्ये पाँचजना भारतीयलाई विराटनगरमा र उदयपुरका तीनजना नेपाली नागरिकलाई सम्बन्धित स्थानीय तहमा पठाइने भएको छ ।

कोभिड–१९ उपचार केन्द्रबाट यसअघि १७ जना डिस्चार्ज भइसक्नु भएको छ । बुधबार आठ जनासहित विराटनगरबाट कोरोना परास्त गरी डिस्चार्ज हुनेको सङ्ख्या २५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जबजका सामू लोकप्रियतावाद र अराजकतावादको चुनौति केही समयका पाहुना हुन्ः एमाले महासचिव

विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने :बढी भाडा लिए कारबाही गर्ने विभागको चेतावनी

सम्बन्धित

नेपालमा कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस आज

त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

तराईका विभिन्न ठाउँमा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्ने अनुमान : सतर्कता अपनाउन आग्रह

गृहमन्त्रीको विवादबारे रास्वपा केन्द्रीय समिति चुपचाप, उठेन कुनै प्रश्न

गृहमन्त्री गुरुङले लुकाए सेयर, स्पष्टीकरणमा पनि बोले झुट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com