ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डब्लुएचओ सदस्यहरू स्वतन्त्र छानवीनका लागि सहमत


एबीसी न्यूज


काठमाडौँ, ७ जेठ ।  विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०का सदस्य राष्ट्रहरू संयुक्त राष्ट्रसंघीय निकायद्वारा कोभिड–१९ बारे लिएको नीतिबारे स्वतन्त्र छानवीनका लागि मङ्गलबार सहमत भएका छन् ।

अमेरिकाद्वारा राष्ट्रसंघीय निकाय डब्लुएचओले महामारीविरूद्ध अख्तियार गरेको बाटोप्रति अमेरिकाले निरन्तर आलोचना गर्दै आएपछि यसका लागि स्वतन्त्र छानवीन गर्ने सहमति सदस्य राष्ट्रहरूबीच भएको हो ।

डब्लुएचओको वार्षिक सम्मेलनमा भाग लिने देहहरूले पहिलो पटक पूर्णरूपमा भेला भई कोरोनाभाइरस (कोभिड–१९) बाट सिर्जित सङ्कटबारे अन्तर्राष्ट्रिय प्रतिक्रियाको ‘निष्पक्ष, स्वतन्त्र र बृहत् मूल्याङ्कन’ को आह्वानमा सहमति गर्दै एक प्रस्ताव पारित भएको हो । जसमा डब्लुएचओले कोभिड–१९ को विश्वव्यापी महामारी नियन्त्रणका लागि गरेका कामको छानवीन र उनीहरूको सीमासमेत रहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेडरोज आध्यनोम गेब्रेयेसोसलाई संगठनमा महत्वपूर्ण परिवर्तन गर्न ३० दिनको अल्टिमेटमसहित पत्र पठाएको सार्वजनिक भएको केही घण्टापछि नै यो निर्णय आएको हो ।

उहाँले ३० दिनभित्र महत्वपूर्ण परिवर्तन नगरेमा अमेरिकाले डब्लुएचओलाई दिँदै आएको सहयोग स्थायी रुपमा बन्द गर्ने चेतावनी दिनुभएको थियो ।

कोरोना भाइरसको महामारी नियन्त्रणमा पर्याप्त काम गर्न नसकेको तथा चीनको पक्ष लिएको आरोप लगाउँदै ट्रम्पले डब्लुएचओलाई दिँदै आएको सहयोग अस्थायी रुपमा रोक्नुभएको छ ।

पत्रमा ट्रम्पले महामारी नियन्त्रणका लागि अत्यावश्यक काम नगरेको भन्दै डब्लुएचओको आलोचना गर्नुभएको बताइउको छ । गएको वर्षको डिसेम्बरमा चीनको वुहानमा कोरोना भाइरसको संक्रमण फैलिएकै बेला डब्लुएचओले सही र वास्तविक सूचना दिन नसकेको आरोप ट्रम्पको रहेको छ ।

लगातार चीनको प्रशंसा गरेको भन्दै ट्रम्पले डब्लुएचओको आलोचना गर्नुभएको हो भने उहाँले डब्लुएचओले आफूलाई चीनबाट स्वतन्त्र रहेको देखाउनु नै अबको एक मात्र विकल्प रहेको बताउनुभएको छ ।

त्यसका लागि डब्लुएचओ प्रतिबद्ध नरहेमा अमेरिकाले दिँदै आएको आर्थिक सहयोग सदाका लागि बन्द गर्ने सदस्यताबारे पनि पुनर्विचार गर्ने चेतावनी ट्रम्पको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com