ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका, भारत र चीनसँग केही लिन्‍नौं भनेर हुँदैन’ – प्रधानमन्त्री ओली


एबीसी न्यूज
जेष्ठ ५, २०७७ सोमबार  ७ : ४३ बजे

काठमाडौँ, ५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै अन्तर्राष्ट्रिय शक्तिसँग झगडा गरेर केही उपलब्धि नहुने बताउनु भएको छ ।

रकारले शुक्रबार पेस गरेको नीति तथा कार्यक्रममाथि परामर्श र निर्देशनका लागि आइतबार बालुवाटार बोलाइएका सांसदहरुसँग प्रधानमन्त्री ओलीले नेपाल र अमेरिकी सहयोग नियोगबीच भएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता र भारतसँगको सीमा विवादको प्रसंग उठाउँदै यस्तो बताउनु भएको हो । ‘नीति तथा कार्यक्रममा पार्टीका साथीहरु एकढिक्का भएर प्रस्तुत हुनुपर्‍यो ।

विपक्षीले संशोधन प्रस्ताव राखिसकेको छ,’ भेटमा सहभागी एक सांसदले प्रधानमन्त्री ओलीले एमसीसीको विषय जोड्दै भनेको भनाइ उद्धृत गर्दै भने, ‘एमसीसी नलिँदा पनि हुन्छ । तर, भारतसँग पनि झगडा गर्ने, चीनसँग पनि झगडा गर्ने, अमेरिकासँग पनि झगडा गरेर बस्ने, अनि हामी तिमीहरुसँग केही पनि लिन्‍नौ भनेर हुन्न ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो । नीति तथा कार्यक्रममा एमसीसीका केही कार्यक्रम समेटिएकोमा नेकपाभित्र मतभेद सुरु भएको छ । भारतले नेपाल भूमि मिचेर सकड खनेपछि भारतसँगको सम्बन्ध पनि तनावपूर्ण भएको छ । यही बेला प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय शक्तिसँग झगडा गरेर केही उपलब्धि नहुने बताउनु भएको हो ।

शुक्रबार नीति तथा कार्यक्रम आएलगत्तै प्रधानमन्त्रीले शनिबारबाट परामर्श थालेका थिए । उनले शनिबार प्रतिनिधिसभामा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङ, राष्ट्रियसभाका संसदीय दलका नेता दीनानाथ शर्मा, प्रमुख सचेतक खिमलाल भट्टराईसँग नीति तथा कार्यक्रम र एमसीसीबारे छलफल गर्नुएभएको थियो । त्यसबाहेक प्रधानमन्त्रीले आइतबार र शनिवार केही सांसदसँग छलफल गर्नु भएको थियो ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारीका कारण सामाजिक दूरी कायम गर्नुपर्ने, विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय र चिकित्सकहरुको मापदण्ड पालना गर्नुपर्ने भएकाले संसद्‍मा पार्टीका तर्फबाट खेल्नुपर्ने भूमिकाबारे छलफल गर्न यस पटक संसदीय दलको बैठक आयोजना गर्न नसकिएको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकार आफनै ढंगले ढल्दैछ ः एमाले सांसद, साजिदा

कांग्रेस विवाद टुंगियो ः कांग्रेस नेता, धनराज भिडियो

सम्बन्धित

धितोपत्र बजारको ‘अदृश्य खेल’: ५ अर्बको चलखेलदेखि अध्यक्षको राजीनामासम्म !

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

नेकपा स्थापना दिवस : च्यासलको कार्यक्रममा ओलीले सम्बोधन गर्ने

काठमाडौंमा अब बसपार्कबाट मात्र यातायात सञ्चालन गर्नुपर्ने

नेपाली क्रान्तिलाई अगाडि बढाउन वामपन्थी तथा कम्युनिष्ट शक्तिबीच एकता आवश्यकः प्रचण्ड

नेपालमा कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस आज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com