ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संक्रमित बालिकाका अभिभावकमा कोरोना नेगेटिभ


एबीसी न्यूज
जेष्ठ ४, २०७७ आईतबार  ७ : ४५ बजे

काठमाडौं, ४ जेठ  । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा कोरोना संक्रमणको पुष्टि भएकी कपिलवस्तु बाणगङ्गाकी ६ वर्षीय बालिकाको अभिभावकमा कोरोना नेगेटिभ देखिएको छ । कपिलवस्तुबाट उपचारका लागि काठमाडौँै पु¥याइएकी बालिकामा संक्रमण अस्पतालबाटै भएको हुन सक्ने देखिएको छ ।

वाणगङ्गा–४ ठाकुरापुरकी कोरोना संक्रमित बालिकाका हजुरबुवा र हजुरआमाको रिपोर्ट कोरोना ‘नेगेटिभ’ आएको जानकारी प्राप्त भएको बाणगङ्गा नगरपालिकाका उपप्रमुख चक्रपाणि अर्यालले बताउनुभयो । बालिकाका हजुरबुबाले नातिनीको पुनः एक पटक परीक्षण गर्न अनुरोध गर्नुभएको छ ।

उहाँले भन्नुभयो,“हामी शुरुदेखि एउटै कोठामा सँगै बसेका छौँ तर उसमा मात्र कसरी कोरोनो पुष्टि भयो ।”
घाँटीको समस्या आएपछि बालिकालाई गत वैशाख २७ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यहाँ उपचारका क्रममा बालिकालाई कोरोना संक्रमण पुष्टि भएको थियो । बालिकाको स्वास्थ्यवस्था अहिले सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । यसअघि गत शुक्रबार साँझ मात्र अस्पतालका चिकित्सक र कर्मचारीको रिपोर्ट पनि नेगेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सर्वोच्चको निर्णयले कांग्रेस विवाद सकियो ः कांग्रेस नेता, उप्रेती

चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा

सम्बन्धित

धितोपत्र बजारको ‘अदृश्य खेल’: ५ अर्बको चलखेलदेखि अध्यक्षको राजीनामासम्म !

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

नेकपा स्थापना दिवस : च्यासलको कार्यक्रममा ओलीले सम्बोधन गर्ने

काठमाडौंमा अब बसपार्कबाट मात्र यातायात सञ्चालन गर्नुपर्ने

नेपाली क्रान्तिलाई अगाडि बढाउन वामपन्थी तथा कम्युनिष्ट शक्तिबीच एकता आवश्यकः प्रचण्ड

नेपालमा कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस आज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com