ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अलपत्र नेपालीलाई लिन सिमाना पुगे रुपन्देहीका २ नगरप्रमुख


sharan sharan

बुटवल । लकडाउनका कारण नेपाल भारत सिमाक्षेत्र सुनौलीमा अलपत्र परेका नेपालीहरुलाई लिन तिलोत्तमा नगरपालिकाका र सिद्धार्थ नगरनगरपालिकाका नगरप्रमुख तथा उप प्रमुखको टोली बेलहिया पुगेकाछन् । भारतीय क्वारेन्टाईनमा २१ दिन बिताएर नेपाल पठाईएका नेपालीहरुलाई लिन रुपन्देहीका २ जना नगर प्रमुख सिमा नाकाको बलहिया नै पुगेका थिए ।

उनीहरुलाई उद्धारगरी सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकाका बिभिन्न क्वारेन्टाईनमा राखिने ती नगरपालिकाले जानकारी दिएको छ ।

आज ५ सय १० जना नेपालीहरुलाई नेपाल ल्याईएको तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमीरेले बताउनु भयो ।

नेपाल ल्याईएका मध्ये २ सय ३३ जनालाई तिलोत्तमा नगरपालिकाका २ वटा क्वारेन्टाईनमा राखिने छ भने बांकी २ सय ७७ जनालाई सिद्धार्थ नगरपालिकाका २ वटा क्वारेन्टाईनमा राखिने छ ।

भारतका बिभिन्न स्थानबाट नेपाल फर्केर भारतीय सिमावर्ती सुनौलीमा १ हजार २ सय बढी नेपाली रहेपनि क्वारेन्टाईनको ब्यवस्थापन हुन नसक्दा अहिलेलाई ५ सय १० जना मात्र ल्याउन घिमीरेले बताउनु भयो।
तिलोत्तमा नगरपालिकामा ल्याईएका २ सय ३३ जना मध्ये शंकरनगर सारदा उच्च माध्यमिक बिद्यालयको क्वारेन्टाईनमा ३३ जना र मधवलिया स्थीत मधवलिया माध्यमिक बिद्यालयको क्वारेन्टाईनमा र २ सय जना राखिने नगरप्रमुख घिमिरेले बताउनु भयो ।

अन्य २ सय ७७ जनालाई सिद्धार्थनगर नगरपालिका वडा नं ८ मा रहेको रुपन्देही लिलाराम माध्यमिक बिद्यालय र वडा नं ५ मा रहेको भैरहवा माध्यमिक बिद्यालयको क्वारेन्टाईनमा राखिने सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमादेवी काफ्लेले जानकारी दिनुभयो ।

नेपाल ल्याईएका सबैको बुधवार बिहानबाट स्वाव संकलन गरिने बताईएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार उद्धार गरेर नेपाल ल्याईएका ५ सय १० जना कति अवधी क्वारेन्टाईनमा बस्ने भने उनीहरुको पिसिआर रिर्पोटका आधारमा निर्धारण हुने छ ।

मुम्बईबाट आई नौतनहवा स्थीत मोर्डन एकेडेमी स्कुलको क्वारेन्टाईनमा रहेका ८२ जनामध्ये एकजना २५ वर्षिय युवामा कोरोना पोजेटिभ देखिएको महाराजगंज जिल्लाका चिकित्सक उज्जवल कुमारले बताउनुभएको छ ।

त्यहां रहेका अधिकांश व्यक्तिहरु गुल्मी, पाल्पा अर्घाखाँची, स्याङजा, रुपन्देही लगायत जिल्लाका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com