ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ज्यानमार्ने धम्की आएपछि स्वास्थ्यकर्मीले प्रहरी गुहारे


sharan sharan
बैशाख २९, २०७७ सोमबार  १० : ४६ बजे

खजुरा, २९ बैशाख । कोरोना भाइरसको संक्रमणको बिरुद्ध जुधिरहेका बांकेको एक स्वास्थ्य चौकीका कर्मचारीहरुलाई ज्यान मार्ने धम्की आएपछि स्वास्थ्य चौकीमा त्रास फैलिएको छ । बांकेको खजुरा गांउ पालिका अन्तर्गतको स्वास्थ्य चौकीका कर्मचारीहरुलाई स्थानीय केहि ब्यक्तिहरुले ज्यान मार्ने धम्की दिएपछि कर्मचारीहरुले सुरक्षाको माग गर्दै प्रहरीमा उजुरी दिएकाछन् ।
गाउं पालिकाको सोनपुर स्वास्थ्य चौकीका स्वास्थ्य कर्मचारीहरुलाई स्थानीय रफि भाट सहितको समुहले कार्यालमा आएर ज्यान मार्ने धम्की दिएको भन्दै कर्मचारीहरुले प्रहरीसंग सुरक्षा मागेका हुन् । कर्मचारीहरुलाई कार्यालय बाहिर भेटे हात खुट्टा भांच्ने सम्मको गालीगलौज गरेको र भाट सहित वारिस खान र अस्लम भाट समेत कार्यालयमा आई कर्मचारीहरुमाथि अभद्र ब्यवहार गरेको स्वास्थ्य चौकी ईन्चार्ज सुदिप पौडेलले बताए ।
कार्यालय परिषरमै आएर ज्यान मार्ने धम्की दिएका कारण काम गर्ने वाताबरण नभएकाले सुरक्षाको प्रत्याभुति दिलाउन धम्कीदिनेहरुमाथि कानुनी कारवाहि गर्न उनीहरुले प्रशासनलाई आग्रह गरेकाछन् । ज्यानको सुरक्षा र काम गर्ने वाताबरणको माग गर्दै कर्मचारीहरुले स्थानीय इलाका प्रहरी कार्यालय धनौलीमा निबेदन दर्ता गराएकाछन्
स्वास्थ्य चौकीमा नजन्मेको बच्चालाई स्वास्थ्य चौकी मै जन्मेको प्रमाणीकरण गरिदिन भनेकोमा आफुले अस्विकार गर्दा धम्की दिएको स्वास्थ्य चौकी ईन्चार्ज पौडेलले बताए ।
बैशाख २६ गते प्रसुति गराउन आएकी रफि भाटकी श्रीमतीलाई स्वास्थ्य चौकीकी महिला कर्मचारीले सुत्केरी ब्यथा नलागेको भन्दै घर फर्काईदिएका थिए । कोरोना भाइरसको संक्रमणको आशंकामा स्वास्थ्यकर्मीहरुले धमाधम स्वाव संकलन गरिरहेका बेला धम्की आएपछि स्वास्थ्य चौकीको सेवा प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सम्बन्धित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

आज विश्व क्षयरोग दिवस

डोटीमा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु

दुई महामन्त्री लिएर ओलीलाई समवेदना दिन गुण्डु पुगे विश्वप्रकाश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com