ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविभवनमा कर्णेलले चलाएको कार मोटरसाइकलसँग ठोक्कियो, मोटरसाइकल चालक मृत्यु


एबीसी न्यूज
बैशाख २६, २०७७ शुक्रबार  १२ : २७ बजे

काठमाडौं, २६ बैशाख । काठमाडौंको रविभवनमा आज बिहान सवा ७ बजे भएको दुर्घटना हो यो । सो दुर्घटनामा मोटरसाइकल चालक टिकाराम गेलालको ज्यान गयो । प्रहरीका अनुसार, बा २१ च ४३४७ का निजी कार चालक नेपाली सेनाको जंगीअड्डामा कार्यरत लेफ्टिनेन्ट कर्णेल शिखर जबरा हुन् । उनलाई अहिले महानगरीय प्रहरी बृत्त कालिमाटीमा राखिएको छ ।

कर्णेल जबरा काठमाडौंको स्युचाटार निवासी हुन् । उनी कलंकीबाट कालिमाटीतर्फ आइरहेका थिए भने मासु बोकेको मोटरसाइकल कालिमाटीबाट कलंकीतर्फ गइरहेका थिए ।

दुर्घटनामा घाइते टिकाराम गेलाललाई कलंकीस्थित नेशनल अस्पताल लगिएको थियो । गेलालको उपचारका क्रममा बिहान करिब साढे ८ बजे निधन भयो । मृतक गेलाल मासु पसलमा काम गर्दै आएका थिए । उनी कुखुराको मासु बोकेर कलंकीतर्फ जाँदै गर्दा सो दुर्घटना भएको थियो । प्रहरीका अनुसार चालकको मृत्यु भएकोले उनलाई ज्यान मुद्दा चलाइनेछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

सम्बन्धित

महान्यायाधीवक्ता कँडेलविरुद्धको रिटमा आज पेसी

आक्रामक शैली, छोटो कार्यकाल : विवादपछि गृहमन्त्री सुधन गुरुङको बहिर्गमन

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

राजीनामा बुझाएर प्रधानमन्त्री कार्यालयबाट बाहिरिए सुधन गुरुङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com