ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिरामीमैत्री कोरोना अस्पतालको ‘आइसोलेशन’


एबीसी न्यूज

काठमाडौं, २४ बैशाख । कोभिड–१९ सङ्क्रमितलाई उपचार गर्नका लागि खजुरामा बनाइएको आइसोलेशन बिरामीमैत्री देखिएका छन् । सरकारी मापदण्डानुसारकै साधनस्रोतसहित निर्माण गरिएका आइसोलेशन उपचारका लागि उपयुक्त छन् ।

कोरोना अस्पतालमा सरकारी मापदण्डानुसार नै बिरामीका लागि भोजन र आवाससहित अन्य मनोरञ्जनका साधनको समेत व्यवस्थापन गरिएको छ । आइसोलेशन शतप्रतिशत मापदण्डमा नभए पनि बिरामीका लागि सहज हुने गरी सेवामुखी रहेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा निर्माण गरिएको आइसोलेशन अस्पतालका समेत प्रमुख रहनुभएका भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाशबहादुर थापा बताउनुहुन्छ ।

आइसोलेशनमा रहेका सबै बिरामीका लागि सरकारले तोकेअनुसारकै सेवासुविधा शतप्रतिशत नभए पनि व्यवस्थापनमा अस्पतालले राम्रै प्रबन्ध मिलाएको उहाँको भनाइ छ । बिरामीका लागि आवश्यक सबै सेवा प्रदान गरिए पनि यहाँ उत्पादन हुने फोहोर विसर्जनमा भने निकै समस्या देखिएको छ । यसका लागि गाउँपालिकासँग पटकपटक छलफल भइरहेको भेरी अस्पतालका नर्सिङ अधिकृत तथा आइसोलेशन इन्चार्ज शिला शर्मा बताउनुहुन्छ ।

अस्पतालमा रहेका संक्रमितमा एकै परिवारका बाबुछोरीलाई एकै ठाउँमा राखिएको, उनीहरूको माग र आवश्यकतानुसार सामग्री, खानपान र समय बिताउनका लागि विभिन्न साधन उपलब्ध गराइएको उहाँले बताउनुभयो । उहाँका अनुसार उपचारमा रहेका बिरामीको अवस्था सामान्य छ । आइसोलेशनमा राखिएका बिरामीमध्ये एक गर्भवती छिन् ।

संक्रमण पुष्टि हुनेमा एकै परिवारका सदस्यसमेत छन् । त्यसअघि सात वर्षीयासँगै उनकी आमालाई समेत संक्रमण देखिएको भेरी अस्पतालले बताएको छ । आमा पनि पोजेटिभ भएपछि बाबु, आमा र छोरीलाई एउटै क्याबिनमा राखिएकाले पनि यहाँको व्यवस्थापन राम्रो देखिएको मुस्लिम आयोगद्वारा गठित जिल्लास्थित अनुगमन समितिका सदस्य मो अब्दुल कविले बताउनुभयो । उहाँहरुले अस्पतालको आइसोलेशनमा रहेका सबै बिरामीको अवस्थामा सामान्य रहेको बुझिएको बताउनुभयो ।

जिल्लास्तरीय अनुगमन समितिले यसअघि सरोकार पक्षसँग भेटघाट गरी नेगेटिभ आएकाहरुलाई रोजा बस्न घरमै सेल्फ क्वारेन्टाइन बस्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराएको थियो । ‘चिकित्सकहरुको सुझावका आधारमा सबै जना घरमै क्वारेन्टाइनमा बस्नुहुनेछ,’ अनुगमन समितिका सदस्य शाहिदा बानो शाहले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com