ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्रिस्टलले चम्काउँदैछ महिला व्यवसायीको जीवन


admin

ललितपुर, १३ मंसिर ।  ललितपुर महानगरपालिका–१६ न्याखाचोककी सुचित्रा शाक्यलाई कुनै दिन आफू पनि व्यवसाय बन्न सक्छु भन्ने लागेको थिएन । तर आफूजस्तै महिलाले पनि विभिन्न व्यवसाय गरेर आर्थिक उपार्जनका साथै सामाजिक हैसियत बढाएको देख्दा भने उहाँलाई पनि भित्रैबाट व्यावसायिक भावना आएको थियो । उहाँ महिलालाई सीप, लगानी र प्रविधि दियो भने केही गर्न सक्छन् भन्ने उहाँमा आँट रहेको छ ।

उहाँ सानो उमेरदेखि नै कुनै न कुनै व्यावसाय गर्नुपर्दछ भन्ने संस्कारमा हुर्किएकाले सरकारी वा अन्य निकायमा जागिर खाने सोच कहिल्यै बनाउनु भएन । माइती घरमा तिब्बती, नेवारी संस्कृति झल्किने चाँदीका हस्तकलाका सामान बनाउने पुख्र्यौली व्यवसाय छ । सुचित्राका श्रीमान पनि चाँदीका विभिन्न देवीदेवताका मूर्ति बनाउने गर्नुहुन्छ । ती सामान पोखरा, मुस्ताङमा लगेर पनि बिक्री गर्ने गरिएको छ । केही वर्षयता यस व्यवसाय खस्केको उहाँ बताउनुहुन्छ ।

‘पाँच वर्षअघिसम्म हप्तैपिच्छेजसो सामान पठाउने, कहिले आफैंँ लिएर जाने गरिन्थ्यो तर अहिले चार–पाँच महिनामा एकपटक बिक्री गर्न जाने गरेका छौं’ उहाँँले भन्नुभयो । भूकम्पपछि भने यसखालको व्यापार ठप्प हुँदा उहाँको छ जनाको परिवारलाई गुजारा गर्न धौधौ बनेको उहाँ सुनाउनुहुन्छ ।

जापान सोसल डेभलपमेन्ट फन्डको वित्तीय सहयोग तथा विश्व बैंकको सञ्चालन-प्रबन्धमा ललितपुर महानगरपालिकाबाट कार्यान्वयन भइरहेको गरिबउन्मुख सहरी पुनरुत्थान नमूना परियोजनाको सहयोगमा सशक्तीकरण समाज नेपाल (स्टेप नेपाल)ले सञ्चालन गरेको सात दिनको क्रिस्टलको तालीम लिएपछि धेरै ज्ञान, सीप हासिल भएको छ । उहाँसँगै तालिम लिएका अन्य २४ जनाले पनि यसलाई व्यवसायको रुपमा अगाडि बढाउनुभएको छ । व्यावसायिक रूपमा अगाडि बढाउन बजारको सुनिश्चितता हुनुपर्नेमा उहाँहरूको सामूहिक आवाज छ ।

स्थानीय बेरोजगार, अर्धवेरोजगार युवा एवम् घरमै बस्ने गृहिणीहरूलाई यस प्रकारका कृयाकलापमा संलग्न गराउन उत्प्रेरित गर्ने र शहरी गरिबी न्यूनीकरण गर्न मद्दत पु¥याउने उद्देश्यले यो परियोजना मंगलबजार र वरिपरिका क्षेत्रहरु (तत्कालीन ललितपुर उपमहानगरपालिका वडा १६, १८, २१ र २२; हालका ११, १६ र २० वडाहरू) मा २०७३ चैत्रदेखि २०७४ भाद्रसम्म सञ्चालन गरिएको थियो ।

पहिले त न्याखाचोककी कमला शाक्यलाई पनि व्यवसाय गर्न सकिएला भन्ने विश्वास थिएन, त्यसमाथि पनि पर्यटकका लागि लक्षित गरी सामान निर्माण गर्ने भन्ने कुरा मैले त सोच्न पनि सकेकी थिइनन् । अरुले बेचेको देख्दा कसरी बनाए होलान् जस्तो लाग्दथ्यो उहाँलाई ।

कमला भन्नुहुन्छ, ‘‘पहिले घरबाट बाहिर निस्कन सक्ने अवस्था थिएन तर अहिले बजारमा आफ्ना सामानहरू बिक्रीका लागि जान थालेको छु ।’’ साधारण लेखपढ मात्र गर्न जानेकाले व्यापारीहरूसँग कुरा गर्न र हिसाबकिताब राख्न केही कठिनाइ भएको उहाँ सुनाउनुहुन्छ । मैले तालीम लिएर काम थालेपछि कतिपय दिदीबहिनीहरू पनि मसँग आएर सिक्न थालेका छन् ।

तालीममा उहाँहरूलाई रानीहार, मोती र क्रिस्टलका चुरा, औंठी, रिङ बनाउने सीप सिकाएको थियो । यस्ता सामग्रीहरू पर्यटकका लागि पनि मन पर्ने भएकाले राम्रो आम्दानी गर्न सकिने सम्भावनालाई हेरेर नै परियोजनाले सीपमूलक तालीम प्रदान गरिएको स्टेप नेपालका अध्यक्ष दलबहादुर जीसीले बताउनुभयो । शहरी क्षेत्रमा विभिन्न संस्थाहरूले यस किसिमका तालीमहरू सञ्चालन गरेकाले क्रिस्टलका सामानहरू बनाउनेहरूबीच एकरुपकता आउन सकेको छैन ।

बजारमा अस्वस्थ्य प्रतिस्पर्धा नहुने हो भने यसमा मुनाफाको प्रतिशत राम्रै रहेको उहाँ बताउनुहुन्छ । यस कार्यमा श्रीमानबाट कमलालाई पूर्ण सहयोग मिलेको छ । उहाँ भन्नुहुन्छ, ‘कुनै पनि व्यवसाय गर्न परिवारको साथ र सहयोग भएन भने अगाडि बढ्न सकिंदैन ।’ कहिलेकाहीँ भनेको जस्तो सामान नपाउँदा मागअनुसारको सामान उत्पादन गर्न कठिनाइ हुने गरेको उहाँको अनुभव छ ।

व्यवसायबाट खासै कमाइ गर्न नसकेपनि फुर्सदको समयको सदुपयोग भएकामा उहाँ सन्तुष्ट हुनुहुन्छ । त्यतिकै घर बस्नुभन्दा केही काम गर्ने वातावरण बनेको छ । तालीमपछिको एक महिनाको अवधिमा झण्डै २०÷२५ हजारको त सामान बिक्री गरिसक्नुभएको छ । विस्तारै आयआर्जन हुन थालेपछि उहाँको दैनिक दिनचर्चा नै फेरिएको छ ।

न्याखाचोककी ललिता बज्राचार्यलाई पनि क्रिस्टलको व्यवसाय राम्ररी फापेको छ । घरधन्दा गरेर बचेको समय उहाँ क्रिस्टलको माला बनाउने काममा लाग्नुहुन्छ । तालिमपछिको दुई महिनाको अवधिमै उहाँले माला र चुरा बिक्री गरेर २०÷२५ हजार रुपैयाँ आम्दानी गरेको बताउनुहुन्छ । तालीमकै क्रममा पनि उहाँले काठमाडौँको महाबौद्धबाट कच्चा पदार्थ ल्याएर रु २० हजार जति त कमाउनुभएको थियो । अधिकांश महिलामा अहिले पोतेको मालाको सट्टा मोती, क्रिस्टलका गहनाहरूतर्फ आकर्षण बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com