ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा सङ्क्रमितको अवस्थामा सामान्य रहेकाले कोभिड– १९ को अणुवांशिक (जिन) को अध्ययन गरिने


एबीसी न्यूज
बैशाख २४, २०७७ बुधबार  ७ : १६ बजे


काठमाडौं, २४ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड– १९ को अणुवांशिक (जिन) को अध्ययन गर्ने भएको छ । यस सम्बन्धमा मन्त्रालयको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले  जिनसँग सम्बन्धित विभिन्न वैज्ञानिकसँग छलफलसमेत गरेको छ । कोभिड–१९ का विभिन्न जिन रहेकाले अध्ययनबाट नेपालमा रहेको कुन जिन हो भन्ने पत्ता लगाइने छ ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार पुष्पराज खनालले नेपालमा आएको जिन कस्तो प्रकारको रहेको भनेर अध्ययन गरिन थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार कोभिड–१९ का कारण अरू देशमा मानिसको ज्यान गइरहेको अवस्थामा नेपालमा भने सङ्क्रमितको अवस्थामा सामान्य रहेकाले जिनको अनुसन्धान गर्न थालिएको हो । उक्त अध्ययनका लागि नेपालमा रहेका भाइरोजीमा काम गरिरहेका जिनविज्ञ, संस्था र विदेशमा रहेका वैज्ञानिकसँग छलफल गरेको छ ।

अहिलेसम्मको अध्ययनले दोस्रो “यहाँ कोभिड–१९ को लक्षण बिना नै सङ्क्रमण देखिएको छ । कुन चाहिँ जिनले मानिसमा सङ्क्रमण भइरहेका छन्”, उहाँले भन्नुभयो, “त्यसैले भाइरसको कुन चाहिँ जिन नेपालमा बढी रहेको छ । त्यसको अध्ययन गर्न थालेका हाँै ।”

परिषद्ले सङ्क्रमितहरुकै स्वाब र रगतबाट जिनको प्रकार पत्ता लगाउने हो । अध्ययनबाट नेपालमा अमेरिका, चीन, भारत र अन्य देशमा रहेको जिन छ वा छैन भनेर पनि पत्ता लगाइने कोभिड– १९ सम्बन्धित प्रयोगशाला सल्लाहाकार समितिका सदस्यसमेत रहनुभएको खनालले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमित ८२ जनाको स्वाब सङ्कलन गरी जिन कुन प्रकारको रहेको भन्ने पत्ता लगाइने छ । उहाँले जिनको अध्ययन गरेर नेपालमा रहेको जिनको तहगत वर्गीकरण गरिनेसमेत बताउनुभयो ।

जिन पत्ता लगाएपछि कोभिड– १९ को उपचारका लागि आवश्यक भ्याक्सिन र औषधि पत्ता लगाउन सकिने उहाँको भनाइ रहेको छ । “इटाली, वुहान र अमेरिकामा सङ्क्रमण देखिएका मानिस मरिरहेका छन् तर यहाँ त मरेका छैनन,” उहाँले भन्नुभयो, “मानिसको मेडिकल लक्षण चिह्न (क्लिनिकल साइन सिन्ट्रोम) छैन । मान्छे देख्दा सामान्य छ तर सङ्क्रमण देखिएको छ । के रहेछ । यो जिनको कारणले हो ।”

मन्त्रालयले नेपालभित्रका वैज्ञानिकले नै ती जिनको वर्गीकरण गरिने छ । चीन, अमेरिका, भारतलगायत देशले पनि कोभिड–१९ को जिनबारे अनुसन्धान शुरु गरिसकेका छन् । उहाँले सङ्क्रमणले मानिसको रगतमा कुन कुन चीज उत्पन्न भएको छ त्यो पत्ता लगाउने बताउनुभयो । जिनको अध्ययनका लागि मन्त्रालयले काठमाडौँ विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)मा रहेका जेनेटिक ल्याबमा अनुसन्धान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकार गठनको एक महिना नबित्दै रवि–बालेनबीचको सम्बन्धमा देखिएको ‘क्र्याक’ !

अब सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार तिर्नुपर्ने

सम्बन्धित

सम्पत्ति छानबिनको दायरामा ज्ञानेन्द्र शाहदेखि वालेन्द्र शाहसम्म

कांग्रेस आधिकारिकता विवाद न्यायाधीशद्वय सुवेदी र निरौलाको इजलासमा पेसी

संसदीय समितिका सभापतिको निर्वाचन : आज मनोनयन दर्ता

इरानमा नियन्त्रणमा परेका नेपाली युवा अमृत झा मुक्त: स्वदेश फर्काउने तयारी सुरु

डिजेल र मट्टीतेलको भाउ बढ्यो, पेट्रोलको यथावत्

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो ७ दिने स्पष्टीकरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com