ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संखुवासभाका सबै मतपेटिका सदरमुकामा संकलन


admin

संखुवासभा, १२ मंसिर । पूर्वी पहाडी जिल्ला संखुवासभा जिल्लाको सबै मतपेटिका सदरमुकाम खाँदबारीमा संकलन गर्ने कार्य सकिएको छ ।

पहिलो चरणअन्तर्गत मंसिर १० गते सम्पन्न संघीय प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको जिल्लाभरिको मतपेटिका सदरमुकाममा संकलन गरिएको हो । जिल्लाको विकट दुर्गम क्षेत्र मानिने किमाथाङ्का, थुदाम, रिदाक, हटिया, चेपुवा, हुङगुङ र च्याम्ताङ लगायतका मतदान केन्द्रहरुको मतपेटिका सोमबार नै हेलिकपटर मार्फत ल्याउने प्रयास गरिएपनि मौसम खराब भएका कारण स्थगित भएका थिए ।

उक्त क्षेत्रको मतपेटिका हेलिकप्टर मार्फत मंगलबार बिहान सदरमुकाम खाँदबारी ल्याइएपछि जिल्लाभरका मतपेटिका संकलन कार्य सकिएको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिए । उनको अनुसार, विकट दुर्गम र सुरक्षा चुनौती देखिएका स्थानबाट नेपाली सेनाको हेलिकप्टरबाट मतपेटिका सदरमुकाम ल्याइएको हो । सुरक्षा चुनौती देखिएका भोटखोला गाउँपालिकामा रहेका किमाथाङका, थुदाम, रिदाक, हटिया, चेपुवा, हुङगुङ्र, च्याम्ताङ र सिलिचोङ गाउँपालिकामा रहेको खेम्पालुङ आधारभूत विद्यालय, गङथाला केन्द्र र मकालु गाउँपालिकामा रहेको दिपज्योती आधारभूत विद्यालय केन्द्र याफूको मतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट ल्याइएको बताए ।

संखुवासभामा १ सय ३ मतदान स्थलका १ सय ५३ मतदान केन्द्र रहेको छ । ति सबै मतदान केन्द्रहरुबाट मतपेटिका सदरमुकाम ल्याइसकिएको र मतपेटिका जिल्ला समन्वय समितिको सभाहलमा राखिएको छ । मतपेटिका र अन्य सामग्रीहरु सीसी क्यामराको निगरानीमा राखिएको छ ।

सुरक्षा जिम्मा सशस्त्र, नेपाल प्रहरीलाई, राजनितिक दलका कार्यकर्ताहले पनि निगरानी गर्ने
मतगणना नहुँदासम्म मतपेटिकालगायतका सामग्रीको सुरक्षा जनपथ र सशस्त्र प्रहरीले गर्ने निर्णय भएको छ ।

मुख्य निर्वाचन अधिकृत राउतले प्रहरीसँगै राजनीतिक दलका प्रतिनिधिहरुपनि सँगै रहने व्यवस्था मिलाइएको जानकारी दिए । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा संखुवासभामा ६५ प्रतिशत मत खसेको थियो । एक लाख ५ हजार ८५ मतदाता रहेको संखुवासभामा ६९ हजार १ सय जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सोमबार बसेको मुख्य निर्वाचन अधिकृत, राजनीतिक दल, उम्मेदवार, सुरक्षा निकायसहितको सर्वपक्षीय बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकका मतपेटिका छुट्टा–छुट्टै स्थानमा राख्ने निर्णय गरेको थियो ।

उच्च सुरक्षा सतर्कताका साथ मतपेटिकालाई राख्ने र मंसिर २१ गते बेलुका ५ बजेपछि मतगनणा सुरु गर्ने सर्वदलीय सहमति भएको छ । मतपेटिका राखिएका कोठामा राजनीतिक दलले समेत आ–आफ्नो ताल्चा लगाउन मिल्ने गरी सहमति गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com