ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ढुवानी सहज नहुदा नेपाली किसानले लगाएको तरकारी बारीमै कुहियो (भिडियोसहित)


एबीसी न्यूज
बैशाख १७, २०७७ बुधबार  ९ : ५८ बजे

काठमाडौं, १७ बैशाख । कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले लकडाउन लागू गरेपछि अत्यावश्यक वस्तु एवं कृषि उत्पादनको ढुवानी सहज बनाउने बताउँदै आएको छ । तर किसानहरु भने आफ्नो उत्पादन विक्री नभएर समस्यामा परेका छन् । एकातिर तरकारी आपूर्ति कम हुँदा उपभोक्ता महँगोमा खान बाध्य छन भने अर्कोतर्फ ढुवानी नहुँदा किसानहरुले लाखौंको नोक्सानी ब्यहोर्नुपरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको एक महिनाभन्दा बढी भइसकेको छ । देशभर जारी लकडाउनको कारण सवारी आवागमन ठप्प छ । सरकारले खाद्य वस्तु एवं अत्यावस्यक वस्तुको ढुवानीमा कुनै रोक नलगाएको बताउँदै आएको छ । तर किसानले भने आफ्नो उत्पादन बजार सम्म पु¥याउन नपाउँदा समस्यामा परेका छन् ।

किसानले उत्पादन गरेको तरकारी बिक्री नहुँदा कुहिएर गएको छ । चितवनको खैरहनी नगरपालिका वडा नम्बर २ का धनश्याम दासले २२ बिगाह जमिनमा तरकारी खेति गर्नुभएको छ । लकडाउनको कारण तरकारी विक्री नभएको भन्दै व्यापारीले तरकारी नलैजाँदा उहाँले गरेको उत्पादन बारीमै कुहिएको छ । तीन बिगाह क्षेत्रफलमा लगाएको पाटे घिरौंला प्रसस्त उत्पादन भएको छ तर विक्री नभएपछि सुकेर गएको छ । कुनै बेला एकसय रुपैयाँ प्रतिकिलो विक्री हुने पाटे घिरौंला अहिले सस्तोमा दिंदा समेत विक्री नभएको गुनासो उहाँको छ ।

यस्तै १० बिगाह क्षेत्रफलमा लगाएको गोलभेंडा र तीन विगाहमा लगाएको लौकासहित अन्य तरकारी पनि विक्री नहुँदा कुहिएर गएको दासको भनाई छ । उहाँले लकडाउन भएयता ५ ट्रक गोलभेडा कुहिएर नष्ट भएको र अझै १० ट्रक कुहिने अवस्थामा पुगेको बताउनुभयो । उहाँले अहिले गोलभेडा १० रुपैयाँ प्रति किलोमा विक्री गर्न खोज्दा समेत विक्री नभएको बताउनुभयो ।

लकडाउन हुनभन्दा पहिले नारायणगढ, पोखरा, काठमाडौंको बजारबाट अत्याधिक माग हुने गरेको र मूल्य समेत राम्रो पाउने गरेकोमा अहिले विक्री नभएर समस्यामा परेको कृषक दासले बताउनुभयो ।

उहाँले तरकारी विक्री नभएपछि कामदारलाई तलब खुवाउन र बैंकको किस्ता तिर्न समेत समस्या भएको बताउनुभयो । यसअघि तरकारी उत्पादनबाटै लाखौं आम्दानी गर्दै आएकोमा अहिले कामदारलाई तलब खुवाउन समेत ऋण खोज्नुपरेको छ । लकडाउनका कारण यो सिजनमा मात्रै २ करोड रुपैयाँसम्म नोक्सानी हुने गुनासो उहाँले गर्नुभयो । भारतीय तरकारीहरुको आयात बढिरहदा नेपाली किसानले लगाएको तरकारी भने बारीमै कुहिरहेको छ । यदि भारतीय तरकारी आयात कम गरेर स्वदेशी तरकारी ढुवानीमा सरकारले पहल गर्ने हो भने नेपाली किसानहरुलाई पनि राहात मिल्नेछ भने उपभोक्ताले पनि स्वस्थकर तरकारी खान पाउनेथिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

सम्बन्धित

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com