
काठमाडौं, १६ बैशाख । शंकर ग्रुपका मालिक सुलभ अग्रवालविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। तीन हजार मूल्य पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा उनी चैत २५ गते पक्राउ परेका थिए।
सरकारी वकिल कार्यालयले १ वर्ष ६ महिनासम्म कैद सजाय र १० लाख जरिमाना माग गर्दै मुद्दा दर्ता गरेको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका हरिप्रसाद रेग्मीले जानकारी दिनुभयो । ‘कालोबजारी ऐनअन्तर्गत उहाँलाई १ वर्षसम्मको कैद सजाय व्यवस्था हो, तर उहाँ सार्वजनिक पदाधिकारी भएकाले अर्को ६ महिना सजाय थपको माग गरिएको हो’ भन्नुभयो । अग्रवालको सम्वन्धमा थप ६ महिना पनि आकर्षित हुने भएकाले जिल्ला अदालतमा दर्ता भएको हो। अग्रवाल किर्गिस्तानका लागि नेपालका अवैतनिक वाणिज्यदूत हुन्। सामान्यतः १ वर्षसम्मको सजाय व्यवस्था रहेकाले कालोबजारीसम्वन्धी मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता हुन्छ।








प्रतिक्रिया दिनुहोस्