ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाबाट सार्क मुलुककति प्रभावित, सवैभन्दा भारतको अवस्था भयावह बन्दै


एबीसी न्यूज

काठमाडौं, ५ बैशाख  । सार्क क्षेत्रमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित भारतमा २४ घण्टामा १ हजार भन्दाबढी मानिस संक्रमित भएका छन् भने २६ जनाको मृत्यु भएको छ। योसँगै भारतमा संक्रमितको संख्या १३ हजार ४ सय ३० पुगेको छ भने ४ सय ४८ जनाको मृत्यु भएको छ। १ हजार ७ सय ६८ जना निको भएर घर फर्किसकेका छन्।

पाकिस्तान– 
पाकिस्तानमा संक्रमितको संख्या ६ हजार ९ सय १९ पुगेको छ भने १ सय २८ जनाको मृत्यु भएको छ। १ हजार ६ सय ४५ जना निको भएर घर फर्किसकेका छन्। पाकिस्तानमा एकै दिनमा १७ जनाको मृत्यु भएको छ भने ५ सयभन्दा बढी मानिस संक्रमित भएका छन्।

अफगानिस्तान–

अफगानिस्तानमा संक्रमितको संख्या ८ सय ४० पुगेको छ। ३० जनाको मृत्यु भएको छ। ४ जना निको भएर घर फर्किसकेका छन्। अफगानिस्तानमा एकै दिनमा ५ जनाको मृत्यु भएको छ भने ५६ जना संक्रमित भएका छन्।

बंगलादेश–

बंगलादेशमा १ हजार ५ सय ७२ संक्रमित भएका छन्। ६० जनाको मृत्यु भएको छ। ४९ जना निको भएर घर फर्किसकेका छन्। बंगलादेशमा एकै दिनमा १० जनाको मृत्यु भएको छ भने ३ सय भन्दाबढी मानिस संक्रमित भएका छन्।

श्रीलंका–

श्रीलंकामा २ सय ३८ जना संक्रमित रहेका छन्। ७ जनाको मृत्यु भएको छ। ६८ जना मानिस निको भएर घर फर्किसकेका छन्।

माल्दिभ्स–

माल्दिभ्समा संक्रमितको संख्या २५ पुगेको छ। निको भएर घर फर्किनेको संख्या १६ पुगेको छ।

भुटान–
भुटानमा ५ जना संक्रमित भएका छन्। २ जना निको भएर घर फर्किसकेका छन्।

नेपाल

नेपालमा संक्रमितको संख्या १६ पुगेको छ। एक जना निको भएर घर फर्किएका छन्।

वल्डोमिटर तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या १ लाख ४४ हजार २ सय ४३ पुगेको छ।

अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ। अमेरिकामा मृत्यु हुने संख्या ३४ हजारभन्दा बढी रहेको छ। २४ घण्टामा अमेरिकामा २ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। विश्वमा २४ घण्टामा २९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्। विश्वमा २१ लाख ५८ हजार २ सय ५० जना संक्रमित भएका छन्। ६ देशमा १ लाख भन्दा बढी मानिस संक्रमित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com