ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेनालाई अनावश्यक आर्थिक कारोवारमा संलग्न नगर


ABC NEWS

विश्वव्यापी महामारी बनेको कोभिड–१९ विरुद्धका लडाईं नेपालमा राजनीतिक स्क्यान्डलका रुपमा परिणत भएको छ । यो भन्दा दुःखद अवस्था अर्को केही हुनै सक्दैन । २०१९ डिसेम्वर अन्तिम साता र मुख्यत ः २०२० जनवरी पहिलो हप्ताबाट छिमेकी देश चीनमा भयबाह बनेको क्रोना संक्रमणका बारेमा नेपाल सरकार भने मार्चको दोस्रो सातासम्म चीर निद्रामाजस्तै गरेर बस्यो भन्दा अन्यथा हुने छैन । त्यसमा विशेषगरी प्रधामनन्त्री केपी शर्मा ओलीको स्वास्थ्य र आकस्मिक जस्तै लाग्नेगरी गर्नु परेको दोस्रो मृगौला प्रत्यारोपण त्यही बेला गर्नु पर्यो । त्यो दुई हप्ता सरकारका अन्य झण्डावाल र अधिकारीहरु विश्व स्वास्थ्य संगठनले नेपाल क्रोनाको उच्च जोखिममा रहेको आधिकारिक चेतावनी दिंदा पनि विउ“झिन सकेन ।
जब विश्वभर दुई लाखभन्दा बढी मानिस संक्रमित र युरोपमा सन्त्रास फैलिएस‘गै भारतमा समेत युरोप तथा मध्यपूर्वबाट आएकाहरुमा क्रोना संक्रमण देखिएपछि नेपाल लकडाउनमा पुग्यो ।

यस पृष्ठभूमिमा कम्तीमा ७ वटा प्रदेशमा परिक्षण र आइसोलेशनको काम गर्नु पर्नेमा केही पनि भएको थिएन । त्यही बेला स्वास्थ्य मन्त्रालयले आवश्यक स्वास्थ्य सामग्री ल्याउनका लागि गरिएको टेण्डर आह्वान र त्यसको छनोटमा धेरै लामो समयदेखि पूर्व एमालेको कम्वलभित्र पन्पेको शैक्षिक माफिया ग्रुपको अकस्मात लाग्नेगरी सरकारमै बसेका व्यक्तिहरुको निहित स्वार्थमा प्रवेश तथा त्यसको पटाक्षेपले नेपालको शीर नै विश्व सामु निहुरिन पुगेको छ । स“गस“गै प्रधानमन्त्री केपी शर्मा ओलीका लागि स्वास्थ्य लाभभन्दा बढ्ता तीब्र तनावको अवस्था उत्पन्न भएको सहजै बुझ्न सकिन्छ ।

त्यही मेसोमा अघिल्लो आइतबार भएको मन्त्रिपरिषद्को बैठकमा नोकरशाहीतन्त्रका मुखियाले प्रम ओलीपछिका मुखियाको नियत पूरा गर्ने उद्धेश्यका साथ जिटुजी अन्तर्गत स्वास्थ्य उपकरण नेपाली सेनाले गर्ने निर्णय छिराइयो । यो प्रवृत्ति नै संसारका हाम्रो जस्ता देशका संसदीय व्यवस्थाको सवैभन्दा भद्धा विकृत रुप हो ।

नेपाली सेना राज्यको सवैभन्दा भरपर्दो निकाय हो । त्यो संस्थालाई संसदीय विकृतीका दैनिक झन्झटबाट अलग गरेर उच्च गरिमा कायम गराइरहनु पनि राज्यको नै कर्तव्य हो । राज्यमा संकट पर्दा सवैभन्दा अग्रमोर्चामा सेना रहन्छ भन्ने नाममा सत्ताधारीका विभागीय प्रमुखले आफ्नो कलुषित पाप ढाकछोप गर्न सेनाको महिमामण्डन गर्नु देश र जनताप्रतिको बेइमानीको पराकाष्ठा हो । के नेकपाको सरकार त्यसैदिशातिर उन्मुख हुन खोजेको हो ?

नेपाली सेनामार्फत जिटुजीमार्फत स्वास्थ्य उपकरण ल्याउने भनिएपनि एबीसीलाई प्राप्त भरपर्दो चिनिया सूचना अनुसार चीन सरकारले केवल बेइजिङले प्रमाणिकरण गरेका संस्था चिनाइदिने बाहेक अरु केही गर्न नसक्ने बताइदिइसकेको छ । यस्तो अवस्था आउनु भनेको नेकपाको सरकारले असल सम्वन्धको झ्याली पिटिरहेका बेला नराम्रो झापड हो । अर्को अर्थमा नेपालले चीनको पूर्णत विश्वास गुमाएको अप्रत्यक्ष सन्देश पनि हो ।

यसले प्रधानमन्त्री ओलीले विउ“झाएको सपना र जनताका अकाङ्क्षामाथि गम्भीर ग्रहण लाग्न थालेको पूर्वाभास पनि हो । यो आफैंमा कति दुखद हुनेछ भन्ने कुरा अर्को चुनावमा नेकपाले बल्ल महसुस गर्नेछ ।
अव प्रश्न उठ्छ नेपाली सेना अर्थात् रक्षा मन्त्रालयले कहा“बाट जिटुजी गरेर उपकरण खरिद गर्दछ, जसले नेपाललाई भरपर्दो रुपमा सहयोग गर्न सकोस् । जब कि चीनले जर्मनीलाई पठाएका स्वास्थ्य उपकरण अमेरिकाले अपहरण गरेर लगेको समाचार भर्खरै सार्वजनिक भएको छ । छिमेकी भारत क्रोना विरुद्धको लडाईंका साम्रगीको अभावले छटपटाएको छ । चीनले जिटुजीको नेपाली प्रस्तावलाई नेपाल सरकारकै हर्कतका कारण अस्वीकार गरिसकेको छ । त्यसमाथि शैक्षिक माफियाको छबि कायम गरेकाहरुलाई आफ्ना मतियारका नाममा प्रधानमन्त्रको कमजोर स्वास्थ्यको फाइदा उठाएर भित्राएपछि तिनै पात्रलाई कसले विश्वास गर्ला ?

त्यही भएर हुनुपर्दछ सरकारका प्रवक्ताले स्वास्थ्य मन्त्रालयले गर्ने काममा कुनै असर पर्दैन भन्ने कूटनीतिक स्पष्टीकरण दिनु परेको छ । त्यतिमात्र होइन स्वास्थ्य उपकरण खरिद प्रकरण गरिएको अपराधको केवल टेण्डर रद्धबाट माफ हुन सक्दैन । त्यस प्रक्रियामा संलग्न जुनसुकै तहका भएपनि अधिकारीमाथि कारबाही गर्नु प्रधानमन्त्रीको न्युनतम कर्तव्य हो । तब मान ओलीको निष्ठा र नियतमा कुनै प्रश्न उठ्ने छैन ।
त्यसमाथि नेपालमा गणतन्त्र स्थापना भएको एक दशक पूरा भइसक्दा पनि नेपाली सेनाका बारेमा विभिन्न भ्रम, आशंका र संशय यथावत छ । त्यसमाथि पछिल्लो समय नेपाली सेना आफै व्यापारिक काममा रुचि देखाउन थालेपछि झन विवाद देखिंदै आएको छ । यस्तो पृष्ठभूमिमा नेपाली सेनालाई स्वास्थ्य उपकरण खरिद प्रकरणमा मुछ्ने सरकारी निर्णय यथाशिघ्र सच्याउनुको कुनै विकल्प छैन । अझ भनौं सरकारका प्रवक्ताको भनाई सत्य हो भने त्यसलाई भ्रमको तुफान उठाउनेहरुको चित्त फाट्नेगरी स्पष्ट पार्नु आवश्यक छ । तर जे भएपनि प्रधानमन्त्रीको कमजोर स्वास्थ्य अवस्थाको चौतर्फी फाइदा उठाउन खोज्ने प्रवृत्ति जति घातक छ । यस्ता एक पछि अर्काे स्क्यान्डल उदाङ्गो भइसक्दा पनि प्रधानमन्त्रीले दनक दिने फरक शैलीका नाममा मौनता सा“ध्नु कुनै पनि अर्थमा उचित छैन । बेलामौकामा प्रधानमन्त्रीले भन्ने गरेको उहा“ आफैमा चढिरहेको मुख्र्यांइको पारो हदै बढेको छ र त्यसलाई नियन्त्रण गर्न प्रम मौनव्रत हुनहुन्छ कि स्वास्थ्यले साथ दिएको छैन भन्ने गम्भीर प्रश्न उठेको छ ।
यस्तो अवस्थामा सर्वशक्तिशाली पार्टीेले पार्टी एकताको स्प्रिटमा नै सरकार र पार्टीलाई मात्र होइन जनताको आर्तनादमा मलम लगाउने काममा सक्रियता लिनै पर्दछ । त्यो कामको नेतृत्वका लागि पार्टी एकताका दुई जना पाइलटका बीमा अन्य विषयलाई तपसिलमा राखेर ढोकैमा खडा भएको क्रोना महामारीका विरुद्धको लडाईंमा एकतावद्ध भएर अघि बढ्नुको कुनै विकल्प छैन । त्यसको शुरुवाती विन्दु भनेको नेपालको सार्वभौमसत्ता संरक्षणको प्रमुख जिम्मेवारी बोकेको नेपाली सेनालाई विवादबाट मुक्त गराउने काम नै हो । आशा गरौं प्रम ओली र अध्यक्ष प्रचण्डले विवेक गुमाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com