ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३२ जिल्लामा भएको निर्वाचनमा ६५ प्रतिशत बढी मत खस्यो


admin
मंसिर ११, २०७४ सोमबार  ११ : ३१ बजे

काठमाण्डौं, ११ मंसिर । निर्वाचन आयोगले पहिलो चरणअन्तर्गत ३२ जिल्लामा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मत खसेको जनाएको छ । निर्वाचन सकिएपछि निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले निर्वाचन ऐतिहासिक रुपमा सम्पन्न भएको बताउनुभयो । निर्वाचन आयोगले ६५ प्रतिशतभन्दा बढी मत खसेको जनाएको छ ।

प्रतिनिधिसभातर्फ ३७ र निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि भएको ७४ निर्वाचान क्षेत्रमा छिटफुट घटनाबाहेक सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा निर्वाचन भएको आयोगले जनाएको छ ।
मतदान सम्पन्न भएका उच्च पहाडी र हिमाली ३२ जिल्लामध्ये बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मत खसेको यादवले बताउनुभयो । निर्वाचन आयोगले मतपत्रले भरिएका अधिकांश स्थानका मतपेटिका हिजो नै जिल्ला सदरमुकाम ल्याएको छ भने उच्च हिमाली र विकट क्षेत्रका मतपेटिका आज हेलिकोप्टरबाट सदरमुकाम ल्याइने तयारी आयोगले गरेको छ । पहिलो चरणमा निर्धारण गरिएका ४ हजार ४६५ मतदान केन्द्रमध्ये दुई मतदान केन्द्रको मतदान सरेको छ । रूकुमको बाफीकोटको काडास्थित रत्न माविको क केन्द्र र रूकुमकै आठवीसकोट ११ गत्तसैनास्थित नेपाल राष्ट्रिय माविको ख केन्द्रको मतदान पुनः हुने आयोगले जनाएको छ । अन्य स्थानमा मतदाताको उल्लेखिय सहभागितासहित मतदान सकिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

सम्बन्धित

एमालेलाई जिताउन ‘आफू र आफ्ना’लाई सक्रिय बनाउन ओलीको निर्देशन

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेन–जीका मुख्य नेताले प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए हुने रहेछ भन्न थालेका छन्

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

कांग्रेस किन बोल्न डराइरहेको छ ? सिंहदरबार नजल्ने–गोली नचल्ने भन्ने गगनको अभिव्यक्तिमा लुकेको राजनीतिक दोधार

उनेपाको प्रतिबद्धतापत्र : स्थानीय निर्वाचन दलविहीन, ट्रेड युनियन खारेज, मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com