ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हनुमन्ते खोलामा एक महिलाको टाउकोबिना विभत्स शव


एबीसी न्यूज

भक्तपुर, १८ चैत । मध्यपुरथिमि नगरपालिका गठ्ठाघर र सूर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको विभत्स हत्या गरी फ्याँकेको अवस्थामा टाउको नभएको शव भेटिएको छ ।

करिब एक साताअघि हत्या गरेर खोलामा फ्याँकेको हुनसक्ने अनुमान गरिएको शव प्रहरीले हिजो साँझ खोलामा भेटेपछि महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान र अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहसहितको नेतृत्वको टोलीले घटनास्थलको अनुसन्धान गरी राति शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ ।

गठ्ठाघरको नागरिक अस्पताल पछाडिबाट फलामे पुलतर्फ जाने हनुमन्ते करिडोर निर्माण भइरहेको खोलामा करिब २८ देखि ३० वर्ष उमेरकी नीलो सुरुवाल र कलेजी रङको कुर्था लगाएको, टाउको नभएको, तिघ्रा र खुट्टामा जनावरले खाएकोजस्तो कोतरेको र बायाँ हातको नाडीमुनिको भाग नभएको पहिचान खुल्न नसकेको एक महिलाको विभत्स अवस्थामा घाँटी काटेर फ्याँकिएको शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रधानले जानकारी दिनुभयो ।

घटनास्थलको अवस्था हेर्दा अन्य ठाउँमा हत्या गरी यहाँ ल्याएर फ्याँकेको हुनसक्ने अनुमान गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “शवको टाउको छैन, घटनास्थलको अवस्था हेर्दा अन्तै घटना घटाएर खोलामा ल्याएर शव फ्याँकेको हो कि भन्ने अनुमान गरेका छौँ, शवलाई प्लाष्टिकमा बेरेर, ठूलो झोलामा हालेर त्यसलाई पनि बोरामा हालेर ल्याएर फ्याँकेको अनुमान छ, शव हेर्दा घटना कम्तीमा एक साताअघिको  अनुमान गरेका छौँ ।”

घटनास्थलबाट प्रहरीले प्लाष्टिक, झोला, बोरा, बोरा बाँधेको तारलगायतका सामग्रीहरु बरामद गरेको छ । शव कसको हो भन्ने पहिचान हुन नसकेको जानकारी दिँदै उहाँले शव पहिचान गर्न र विभिन्न कोणबाट अनुसन्धान शुरु गरेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com